झापाको तीन बेग्लाबेग्लै स्थानमा राखिएको तीन वटा बममध्ये दुई वटा विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयबाट प्राप्त जानकारीअनुसार बम गौरादहको चर्च, दमकको चर्च र सुरुङ्गाको चर्चमा राखिएको थियो। दमकको चर्चमा राखिएको बम गएराति ११ः३० बजे विष्फोट भएको थियो । विष्फोटबाट चर्च र मानवीय क्षति नभएको उपरीक्षक ज्ञवालीले जानकारी दिए। यसैगरी सुरुङ्गाको चर्चमा राखिएको बमलाई निस्क्रिय गर्ने क्रममा सुरुङ्गा प्रहरी चौकीकै परिसरमा मंगलबार बिहान ७ः४० बजे भएको विष्फोटबाट प्रहरी सहायक निरीक्षक बेदनाथ यादव, प्रहरी हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल सामान्य घाइते भई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ। घाइते खतरामुक्त रहेको प्रहरी उपरीक्षक ठाकुरप्रसादज्ञवालीले जानकारी दिए। घटनाका विषयमा र बम कसले राखेको हो त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बताएको छ। रासस
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
काठमाडौं, २३ मंसिर , २०७३ / राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने विभागीय टिम एपीएफमा आबद्ध भएका छन् । अन्डर १९ राष्ट्रि...
-
२५ साउन/ अखण्ड मध्यपश्चिमको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाएको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ...
No comments:
Post a Comment