
निम्तो दिएपछि अध्यक्ष नेम्वाङले सञ्चारकर्मीलाई भने-"असोज ३ गते आइतबार ५ बजे संविधान जारी गर्ने समारोहमा उपस्थित हुनका लागि मैले राष्ट्रपति डा यादवलाई औपचारिक रुपमा लिखित निम्तो दिएँ ।" उनले संविधानसभाले संविधानको धारा पारित गर्नेक्रम जारी रहेको र भदौ मसान्तभित्रमा यो क्रम पूरा हुने जानकारी दिए। जवाफमा राष्ट्रपति डा यादवले संविधान जारी हुने भव्य समारोहमा आफू उपस्थित हुनका लागि चाँडै खबर गर्ने जानकारी दिनुभएको अध्यक्ष नेम्वाङले बताए। सञ्चारकर्मीको एक जिज्ञासामा अध्यक्ष नेम्वाङले भने-"मलाई पूर्ण विश्वास छ राष्ट्रपति सो समारोहमा उपस्थित हुनुहुनेछ ।" रासस
No comments:
Post a Comment