२७ भदौ,काठमाण्डौ/ गत १४ गते देखी आमरण अनशनमा बसेका राष्ट्रिय हिन्दु युवा मञ्च नेपालका चार आमरण अनशनकारीहरुको अबस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री शुशिल कोईरालाले संबन्धित पक्षलाई बार्ताका लागी लिखित पत्र पठाएका छन् । अनशनकारीलाई पठाएको प्रधानमन्त्री शुशिल कोेइरालाद्धारा हस्ताक्षरीत पत्रमा मञ्चका संयोजक प्रेमनिधि भारद्धाजलाई सम्बोधन गरिएको छ । गएराति अबेर पठाइएको पत्रमा कोइरालाले आज कुनै निश्चित स्थानमा बार्ता बस्ने भन्दै पत्र पठाएपनि वार्ता स्थल भने खुलाइएको छैन् । पत्रमा देशको विभिन्न स्थानमा हिंसात्मक घटना घटिरहेको यस विषम परिस्थतिमा त्यसलाई मध्यनजर गर्दै वार्ताबाट नै समस्याको समाधान खोज्न भन्दै बार्तामा आउन भनिएको छ । अनशनकारीको तर्फबाट पनि बार्तामा जाने तयारी गरिएको छ । यस विषयमा कसरी अगाडी बढ्ने भन्ने बारे अहिले छलफल भइरहेको छ । ढिलै भएपनि सरकारले वार्तामा बोलाएकाले आन्दोलन हिंस्रक नहुने देखिएको छ । हिजो हजारौको संख्यामा संविधानसभाको निषेधित क्षेत्र तोडेर प्रदर्शन भएपछि सरकारको तर्फबाट औपचारीक पत्र आएकोले यसलाई सरकारले गंभिर रुपमा लिएको बताइएको छ । अनशनमा बसेका कम जोशीको अबश्था गंभिर रहेको छ भने अर्का अनशनकारी खेम आचार्यको पनि अबस्था नाजुक बन्दै गएको छ । गंभिर अबस्थामा रहेका जोशीको अहिले वीर अस्पतालमा उपचार भैरहेको छ । अबस्था गंभिर भएपनि जोशीले हिन्दु राष्ट्र लेख्ने प्रतिबद्धता नआए सम्म अनशन नतोड्ने बताएका छन् । उनले बरु आँफु आफ्नो प्राण त्याग गर्न सक्ने तर हिन्दु राष्ट्र हुने ग्यारेण्टि नभए सम्म अनशन नतोड्ने भन्दै राष्ट्र बचाउने यस अभियानमा साथ दिन आवहान समेत गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...

No comments:
Post a Comment