भारतीय पक्षको आपत्तिका कारण प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको स्थिति थियोु, स्रोतले भन्यो, राजिनामा दिएर उहाँले पीएमलाई सहयोग गर्नुभएको हो। प्रधानको लेखमा संविधान निर्माणको विषयमा भारतीय दवाब र मधेस आन्दोलनमाथि विश्लेषणात्मक टिप्पणी थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयसंकरले नामै तोकेर प्रधानमन्त्रीका प्रेस सल्लाहकारको रुपमा आएका अभिव्यक्तिप्रति आपत्ति जनाएको यसअघि नै सार्वजनिक भएको थियो। जयशंकर फर्किए लगत्तै यो विषयलाई लिएर भारतीय पक्षले प्रधानमन्त्रीमाथि अझ दवाब बढाएको थियो।
वैचारिक स्वतन्त्रताको निरन्तरताका लागि प्रधानमन्त्रीको प्रेस सल्लाहकार पदबाट आजैदेखि लागू हुनेगरी राजिनामा गरेको छुु, सोमबार दिउसो ट्विट गर्दै उनले भनेका छन्।
नागरिक दैनिक, काठमाडौं पोस्ट, कारोबार दैनिकको प्रधान सम्पादक रहिसकेका प्रधान गत जेठ २२ गते प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त भएका थिए। उनी राज्यमन्त्री सरहको सुविधामा प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएका थिए। प्रधानमन्त्रीका सामाजिक सल्लाहकार बिजनदेव पन्तले पनि सोमबारै राजीनामा दिएका छन्।

No comments:
Post a Comment