४ असोज/ नयाँ संविधानको विरोध गर्दै झापाको बिर्तामोडमा असन्तुष्ट पक्षले आज पनि प्रर्दशन जारी राखेका छन् । बिर्तामोडस्थित मुक्तिचौकमा प्रर्दशनकारीले आज दिउँसो संविधान जलाउने तयारी गरेपछि त्यसलाई रोक्न खोज्ने प्रहरीमाथि ढुङ्गा प्रहार गरेको र त्यसको प्रतिकारमा प्रहरीले हवाई फायर गरेको हो ।
संविधान जारी भएको खुसियालीमा प्रमुख तीन दलसहित स्थानीय जनताले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिर्तामोडमा सयौं सर्वसाधारण आइरहेका बेला प्रर्दशनकारीले संविधानको प्रति जलाउन खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । सोही क्रममा प्रहरीमाथि आक्रमण भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
केही प्रदर्शनकारीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको प्रर्दशनकारीको नाम भने खुल्न सकेको छैन । संविधानको विरोध गर्दै आइतबारदेखि अरुण पूर्वका नौ जिल्लामा सङ्घीय लिम्बूवान पार्टी नेपाल सहित ३३ दलीय सङ्र्घष समितिले आम हडतालको आयोजना गरेको छ । आम हडतालका कारण पूर्वमा लामो तथा छोटो दूरीका कुनै पनि सवारीका साधन सञ्चालनमा आउन नसकेको अञ्चल प्रहरी कार्यालय मेचीले जनाएको छ । रासस

No comments:
Post a Comment