आज चौधौं दिन पनी जारी रहेको छ । त्यसैबीच अनसनस्थल बाट एक टोली एमालेका वरिष्ठ नेता एवं सभासद माधव कु. नेपाललाई अनसनकारीको जीवन रक्षाको लागी पहल गरीदिन र हिन्दु राष्ट्रको मागबारे पार्टीको ध्यानआकर्षण गराउन अनुरोध गर्दौ ज्ञापन पत्र बुझाएको छ । हिन्दु राष्ट्र कायम नभए सम्म आफ्नो आमरण अनसन जारी राख्ने दृढ प्रतिज्ञा गरेका अनसनकर्ताहरुले भदौ २४ गते दिउँसोको १ बजे अनसनकर्ताको स्वास्थ्य स्थितीको बारेमा जानकारी लिन आएका नेता नेपाललाई आफ्नो अडान पूर्न दोहोराएका थिए । अनसनकारीको स्वास्थ्य स्थिती निकै नाजुक बन्दै जाँदा पनि सरकारले अनसनकारीको जीवन रक्षाको लागी कुनै पनि किसीमको सकरात्मक पहल
नगर्नु निकै दुःख दायक छ । के साच्चै नेपाल सरकारको नेतृत्व गर्ने नेताहरुमा नैतिकता र आफ्ना नागरीकहरु प्रतिको जिम्मेवारी खस्दै गएको हो त ? चौतर्फी सरकारको आलोचना सुरु भइरहेको छ ।
कार्यक्रममा डा. चिन्तामणी योगी, जनार्दन घिमिरेले आफ्ना विचारमा अनसनकारीहरुको अवस्था यती नाजुक भइसक्दा पनी यो समाज, यो सरकार जागेको छैन भन्दै सम्पूर्ण जनसमाजलाई साझा, समर्थन र एक्यबद्घताका लागी आग्रह गर्नुभयो । अनसनकारी परिवार सदस्य आरती पौडेल कटुवालका अनुसार अनसनकारीको स्वास्थ्य स्थिती एकदमै गम्भीर बन्दै शरीरमा ग्लुकोज र सोडियमको मात्रा घट्दै किड्नीलाइ असर गर्ने तत्व एसिटोन समेत देखापरेको जानकारी गराउनुभयो ।
No comments:
Post a Comment