३०भाद्र,काठमाण्डौ/ हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै आमरण अनशनमा बसेका राष्ट्रिय हिन्दु युवा मञ्चका चार युवाले आज १७ औं दिनको दिन आमरण अनशन तोडेका छन् । विश्वको एक मात्र हिन्दु राष्ट्र नेपाललाई पैसामा विक्री गरी राष्ट्र र राष्ट्रियता भन्दा पनि सत्ता प्यारो ठान्ने नेताहरुबाट पुनः हिन्दु राष्ट्र घोषणा हुने स्थिती नदेखिएको भन्दै उनीहरुले आज आमरण अनशन तोडेका हुन् । अनशन स्थलमा प्रधानमन्त्री सुशील कोइराला आउने र अनशन तोड्न आग्रह गर्ने भनि भनिएपनि प्रधानमन्त्रीको कार्यव्यस्थताको कारण देखाउदै कांग्रेस नेता तथा कानुन मन्त्री नरहरी आचार्य आएर सम्बोधन गरेपछि उपस्थित हिन्दुवादीहरुले ढुङ्गा प्रहार गर्दै नाराबाजी गरेका थिए । चारैतिरबाट ढुङ्गा प्रहार हुन थालेपछि मन्त्री आचार्य ज्यान जोगाउन हम्मे हम्मे गर्दै भागेका थिए । उनी भागेपनि हिन्दुवादीहरुले अब हिन्दु विरोधी नेताहरुलाइ नछोड्ने बताएका छन् । उनीहरुले अब हिन्दु राष्ट्र स्थापना नभएसम्म मोर्चा बनाएर शशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । प्रधानमन्त्री नआएपछि अनशनकारीहरुले अनशन धर्मगुरुबाट तोडेका छन् । अनशन तोडेसँगै उनीहरुले भदौ ३ गते सम्ममा हिन्दुराष्ट्र घोषणा नभए ४ गते देखी शशक्त आन्दोलन तथा धर्मयुद्ध गर्ने चेतावनी दिएका छन् । Wednesday, September 16, 2015
आमरण अनशनमा बसेका चार युवाले अनशन तोडे, मन्त्रीमाथी ढुङ्गा प्रहार
३०भाद्र,काठमाण्डौ/ हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै आमरण अनशनमा बसेका राष्ट्रिय हिन्दु युवा मञ्चका चार युवाले आज १७ औं दिनको दिन आमरण अनशन तोडेका छन् । विश्वको एक मात्र हिन्दु राष्ट्र नेपाललाई पैसामा विक्री गरी राष्ट्र र राष्ट्रियता भन्दा पनि सत्ता प्यारो ठान्ने नेताहरुबाट पुनः हिन्दु राष्ट्र घोषणा हुने स्थिती नदेखिएको भन्दै उनीहरुले आज आमरण अनशन तोडेका हुन् । अनशन स्थलमा प्रधानमन्त्री सुशील कोइराला आउने र अनशन तोड्न आग्रह गर्ने भनि भनिएपनि प्रधानमन्त्रीको कार्यव्यस्थताको कारण देखाउदै कांग्रेस नेता तथा कानुन मन्त्री नरहरी आचार्य आएर सम्बोधन गरेपछि उपस्थित हिन्दुवादीहरुले ढुङ्गा प्रहार गर्दै नाराबाजी गरेका थिए । चारैतिरबाट ढुङ्गा प्रहार हुन थालेपछि मन्त्री आचार्य ज्यान जोगाउन हम्मे हम्मे गर्दै भागेका थिए । उनी भागेपनि हिन्दुवादीहरुले अब हिन्दु विरोधी नेताहरुलाइ नछोड्ने बताएका छन् । उनीहरुले अब हिन्दु राष्ट्र स्थापना नभएसम्म मोर्चा बनाएर शशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । प्रधानमन्त्री नआएपछि अनशनकारीहरुले अनशन धर्मगुरुबाट तोडेका छन् । अनशन तोडेसँगै उनीहरुले भदौ ३ गते सम्ममा हिन्दुराष्ट्र घोषणा नभए ४ गते देखी शशक्त आन्दोलन तथा धर्मयुद्ध गर्ने चेतावनी दिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...
No comments:
Post a Comment