
संविधान घोषणाका क्रममा बाहिरिएको मधेसी मोर्चा प्रधानमन्त्री निर्वाचनमा संसदमा फर्किएको थियो । तर, त्यसपछिका चुनावमा भाग लिएन । मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी पार्टीका संसदीय दलका नेता अशोक राईले सडक र सदनमा संघर्ष गर्ने आफूहरुको नीति भएको अनलाइनखबरलाई बताए । सदन अवरुद्ध हुन सक्ने संकेत गर्दै उनले भने(अधिकारका लागि हामी सडकमा संघर्षरत छौं । अब सदनलाई पनि प्रयोग गर्छौं ।’मोर्चामा आवद्ध तमसपाका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोली सदस्य रामेश्वर रायले पनि सडकमा आन्दोलन गरिरहेकाले सदनमा पनि गर्ने बताए । यद्यपि आइतबारको बैठकमा नै अवरुद्ध गर्ने नगर्नेबारे मोर्चाका नेताहरुले प्रष्ट पारेका छैनन् । राईले भने(‘हामी मधेस आन्दोलनबारे आफ्ना कुरा राख्छौं । सरकार र सदनको मुड हेर्छौ र त्यही निर्णय हुन्छ ।’
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि मधेसको समस्या समाधानका लागि एमाले नेतृत्वको सरकारलाई दबाव दिने तयारी गरेको छ । उसले आफ्नो नेतृत्वको अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक ल्याउन दबाव दिने तयारी गरेको छ ।
No comments:
Post a Comment