इटहरी– सत्तारुढ दल र प्रमुख प्रतिपक्षी काँग्रेसकै योजनामा शुक्रबार इटहरीमा आयोजना गरिएको आफ्नो कार्यक्रम बिफल पार्न मञ्चमा आगजनी र त्यसपछि प्रदर्शन भएको संघीय गठबन्धनले आरोप लगाएको छ।
संघीय गठबन्धनले शनिबार इटहरीमा पत्रकार सम्मेलन गरी सत्तारुढ दल र काँग्रेसले बिखण्डनको बिजारोपण गर्ने सोचले युवाहरु परिचालन गरेर कार्यक्रम गर्न तयार गरेको मञ्च आगजनी गरेको र आफ्नो समूहबिरुद्ध प्रदर्शन गरेको आरोप लगाएको हो। मधेसी, लिम्बु, दलित र आदिवासी जनजातिको संघीय गठबन्धन समूहले शुक्रबार इटहरीमा आयोजना गरेको कार्यक्रममा स्थानीय युवाले मञ्च आगजनी गरी बिहानैदेखि सडकमा उत्रिएएर स्थिती तनाबग्रस्त भएपछि मधेसी मोर्चाका शीर्ष नेता आएनन्। सत्तारुढ दल र काँग्रेसको योजनामा शुक्रबार हामीबिरुद्ध जुन खाले प्रदर्शन गरियो त्यसको भत्र्सना र निन्दा गर्दछौं, संघीय समाजवादी फोरम नेपाल सुनसरीका सचिब ताजुक लिम्बुले भने,हाम्रो कार्यक्रम बिथोल्न केही सञ्चार माध्यमले समेत बढाईचढाई गरे।
सो क्रममा गठबन्धन समूहले सार्वजनिक गरेको विज्ञप्तीमा विद्यमान राजनीतिक अन्यौल, नाकाबन्दी र राष्ट्रबादी अन्यौलबारे स्पस्ट पार्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम विफल पार्न खोजे पनि सफल भएको उल्लेख छ। विज्ञप्तीमा भनिएको छ, यस्ता घटनाले लामो समयदेखि कायम रहेको सामाजिक सद्भावलाई बिथोल्ने र राष्ट्र विखण्डनको बिजारोपण गर्नेछ। पत्रकार सम्मेलनमा कार्यक्रममाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न र पीडितलाई क्षतीपूर्ति दिन माग गरियो। गठबन्धन समूहमध्ये लिम्बुवान मुक्ति मोर्चाका नेता पदम अधिकारीले आफ्ना दर्जनौ नेता तथा कार्यकर्तामाथि आक्रमण भएको बताए। उनले कार्यक्रम शुरु हुनुपूर्व, कार्यक्रम चलिरहँदा र सकिएपछि पनि आफ्ना नेता–कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाए।
गठबन्धन समुहले शुक्रबार आयोजना गरेको कार्यक्रममा स्थानीय युवा स्वतःस्फूर्त प्रदर्शनमा उत्रिएपछि संघीय समाजवादी फोरम केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका राजेन्द्र महत्तो सहभागी हुन सकेनन्। मधेसी मोर्चाका शीर्ष नेता उपस्थित हुन नसके पनि लिम्बुवान, दलित, आदिवासी र मधेसी मोर्चाका प्रतिनिधिले कार्यक्रमलाई सम्बोधन गरेका थिए। युवा समूहले मञ्च आगजनी गरेपनि नयाँ मञ्च बनाएर कार्यक्रम गरिएको थियो। कार्यक्रममा गठबन्धन समूहका नगन्य कार्यकर्ता सहभागी थिए।
No comments:
Post a Comment