Saturday, November 28, 2015

मोर्चाले जलायो वीरगन्जमा काँग्रेसको झण्डा

    pic_upy__neka11111111.jpgबारा– मधेस आन्दोलनको समर्थनमा नेपाली काँग्रेसको वीरगन्ज नगर कमिटीले निकालेको जुलुसमा संघीय समावेशी मधेशी गठबन्धनका नेता तथा कार्यकर्ताहरुले आक्रमण गरी काँग्रेसका झण्डा जलाएका छन्।
नेपाली काँग्रेस वीरगन्ज नगर कमिटीका अध्यक्ष महम्मद सहाबुद्दीनले पार्टीलाई मधेशी मोर्चाको मागप्रति गम्भीर हुनको लागि दबाब दिने उद्देश्यले निकालेका जुलुसमा आन्दोलनरत मोर्चाकै नेता कार्यकर्ताहरुले आक्रमण गरी व्यानर र झण्डा जलाउने कार्य राम्रो नभएको बताए। नगर सभापति महम्मद सहाबुद्दिनले मधेशी समुदायहरु पीडित भएको भन्दै तिनीहरुको हक अधिकारको लागि आवाज उठाउँदा पनि मोर्चाका केही नेताहरुले मधेश आन्दोलन आफ्नो हो भनेर अरुले गरेको कार्यमा अवरोध पुुर्याउनुु गैरलोकतान्त्रिक भएको बताए।

काँग्रेसका नगरस्तरका नेता कार्यकर्ताहरुले निकालेको दबाब र्याली वीरजन्ज नगरपालिका परिक्रमा गर्ने क्रममा माईस्थान क्षेत्रमा मोर्चाका नेता राजेशमान सिंह र शिव पटेलको नेतृत्वमा रहेकोहरुले कार्यक्रममा अवरोध पुुर्याई व्यानर र काँग्रेसको झण्डा खोस्दा केही बेर घण्टाघर क्षेत्र तनावमय भएको थियो। नेपाली काँग्रेसका नगर कमिटी वीरगन्जले मधेशको समर्थनमा दबाब रैली निकालेको भए पनि नेपाली काँग्रेसको झण्डा लिएको र नेपाली काँग्रेसको नारा लगाएको कारणले कार्यक्रममा अवरोध गरिएको मोर्चाका नेता शिव पटेलले बताए । कार्यक्रममा तनाव भएपछि पर्सा प्रहरीले बल प्रयोग गरि घटनालाई साम्य पारेको थियो। पर्सा प्रहरीका नायब उपरीक्षक होविन्द्र बोगटीले काँग्रेसका कार्यकर्ता र मोर्चाको कार्यकर्ताहरुको आपसमा विवाद भएपछि समयमै सुरक्षाकर्मी पुगेर साम्य पारेको बताए। बोगटीले काँग्रेस समर्थकहरुले पनि मधेसको माँग पूरा गर भनेर नारा लगाउँदै गएको अवस्थामा मोर्चासँग झडप नहुने सोचे पनि मोर्चाका कार्यकर्ताहरुले त्यसमा पनि अवरोध 
पुुर्याएर माहौललाई विगार्न खोजेको बताए ।

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...