व्यवस्थापिका संसदको
विकास समितिले निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत संचालित कार्यक्रमहरुको
स्थलगत अनुगमन गर्ने भएको छ ।
समितिले आफूले यसअघि दिएको निर्देशनको
कार्यान्वयन सम्बन्धमा पाँच दिनभित्र बुँदागत रुपमा जानकारी गराउन स्थानीय
विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
स्थानीय विकास मन्त्रालय अन्तर्गत संचालित
चालु आर्थिक वर्षका कार्यक्रम र तिनको प्रगतिबारे स्थानीय विकास
राज्यमन्त्री कुन्तीकुमारी शाहीसँग आइतबारको बैठकमा छलफल गरिएको थियो ।
छलफल पछि समितिले झापा, भोजपुर, सप्तरी,
रौतहट, कास्की, कैलाली, डडेल्धुरा दार्चुला लगायतका १२ जिल्लामा संचालित
निर्वाचन क्षेत्र विकास कोष अन्तर्गतका कार्यक्रमहरुको अनुगमनको व्यवस्था
मिलाउन स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति रविन्द्र
अधिकारीले जानकारी दिए ।
पुनर्निमाणको काम तत्काल अगाडि बढाउन निर्देशन
समितिले टुक्रे आयोजनाका सट्टा जिल्लाको
विकासमा योगदान पुग्ने आयोजनालाई प्राथमिकता दिन तथा भूकम्पबाट क्षतिग्रस्त
संरचनाहरुको पुनर्निमाणको काम तत्काल अगाडि बढाउन पनि स्थानीय विकास
मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले स्थानीय निकायको निर्वाचनको
सम्बन्धमा सरकारको धारणासमेत माग गरेको छ ।
बैठकमा समितिका सदस्यहरुले स्थानीय
निकायमा काम गर्ने तल्लो तहका स्थानीय कर्मचारीले कार्यालय प्रमुखलाई अटेर
गर्ने गरेको र त्यसले विकास निर्माणका काम प्रभावित हुने गरेको भन्दै
स्थानीय विकास राज्यमन्त्री शाहीको ध्यानाकर्षण गराएका थिए ।
No comments:
Post a Comment