Saturday, November 7, 2015

तिहारमा फूलको अभाव नहुने

भारतबाट फूल आपूर्ति नभएपनि यसवर्ष तिहारमा फूलको अभाव


नहुने भएको छ । बजारमा फूलको माग नै कम भएकाले आन्तरिक उत्पादनले नै माग धान्ने फ्लोरिकल्चर एशोसियसन नेपालले छ ।
एशोसियसनका अध्यक्ष लोकनाथ गैरेले आन्तरिक उत्पादन नै पर्याप्त रहेका कारण तिहारमा अभावको अवस्था नहाउने बताए । भारतबाट पनि निकै थोरै परिमाणमा फूल आउने भएको छ ।
‘बैशाखको भूकम्पपछि घटेको फूलको माग अझै पुरानो अवस्थामा फर्केको छैन । दसैंमा पनि अघिल्लो वर्षजति फूल खपत भएन,’ गैरेले भने- ‘तिहारमा पनि पहिलेका वर्षमा जत्तिकै माग हुँदैन । त्यसैले आन्तरिक उत्पादनले नै बजारको माग थेग्छ ।’

नाकाबन्दीका कारण हरेक क्षेत्रमा भएको मूल्यवृद्धिका कारण अधिकांश उपभोक्ता फूलमा धेरै खर्च गर्ने मानसिकतामा देखिएका छैनन् । अघिल्ला तिहारमा धेरै फूल किन्ने उपभोक्ता पनि यसवर्षको बजारको असहज परिस्थतिका कारण सोखका सामग्रीमा खर्च गर्ने स्थितिमा नदेखिएको गैरेको पनि अनुभव छ ।
अघिल्ला वर्षहरुमा तिहारमा भारतबाट २ लाख सयपत्रीका माला नेपाल भित्रिने गरेको थियो । बजारका फूल पसलहरुबाट ४ लाख माला खपत हुने गरेको थियो । तर, यसवर्ष मागमा निकै कटौति हुने देखिएको छ ।
यसवर्ष कात्तिक अन्तिममा तिहार परेकाले अधिकांश स्थानमा सयपत्री, गोदावरी र मखमली फूल फूलिसकेको छ । त्यसैले मागअनुसार बजारमा फूलको आपूर्ति हुने फ्लोरिकल्चर एशोसियसनले जनाएको छ ।
तर, तेल अभावले फूलको ढुवानीमा किसानले समस्या भानेगिरहेका छन् । गाउँमा उत्पादित फूल बजार ल्याउन कृषकलाई गाडीको समस्या भएको छ । ‘मूल्यको विषयमा भने अहिले नै भन्न सकिँदैन । फूल धेरै खपत हुने दिन आपूर्ति कसरी हुन्छ भन्ने कुरमामा निर्भर हुन्छ,’ अध्यक्ष गैरेले भने-‘तेलको अभावका कारण गाउँ-गाउँका फूल ढुवानी गरेर बजारमा लाउन समस्या पर्न सक्छ । त्यसो भएमा आपूर्ति घट्दा मूल्य बढ्न सक्छ ।’

बजारमा फूलको आपूर्तिका आधारमा कुनै स्थानमा सस्तो भएको फूल अन्य ठाउँमा महंगो पनि पर्न सक्ने उनले बताए । 

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...