१६ कार्तिक,काठमाडौँ / सत्तारुढ दलहरु नेकपा
एमाले, फोरम (गणतान्त्रिक) र राप्रपा नेपालवीच दुई मन्त्रालय कस्ले लिने
भन्नेमा विवाद उत्पन्न भएको छ ।
स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कस्ले राख्ने भन्ने विषयमा नेकपा एमाले र मधेसी जनअधिकार फोरम नेपाल( लोकतान्त्रिक) वीच मतभेद भएको छ । फोरमले सो मन्त्रालय आफूले पाउनु पर्ने अडान राखेको छ ।
त्यस्तै सङ्घीय मामिला तथा स्थानीय निकाय मन्त्रालय बारेमा नेकपा एमाले र राप्रपा नेपाल वीच विवाद रहेको छ ।
दुबै दलले त्यो मन्त्रालयमा आ आफ्नो दावी गरेका छन । यी दुई मन्त्रालयको विवाद टुङगो नलाग्दा सरकार विस्तारमा ढिलाई भईरहेको बताईएको छ । यस विषयमा नेकपा एमालेले आज छलफल गर्दैछ । एमाले स्थायी कमिटीको आज बस्ने बैठकमा विकसित राजनीतिक परिस्थिति र समसामयिक विषय, सरकारका काम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने भएको छ ।

No comments:
Post a Comment