२२ कात्तिक, काठमाडौं / विराट पेट्रोलियमले नेपाल आयल निगमसँग भएको सम्झौता एकपक्षीय रुपमा खारेज गरेको छ। बिराटले एक विज्ञप्ति जारीगरी नेपाल आयल निगमसँग भएको सम्झौता खारेज गरेको जनाएको हो। विराटलाई इन्धन आपूर्ति ठेक्का र त्यसबापत २० करोड रुपैयाँ अग्रिम भुक्तानी दिने नेपाल आयल निगमको निर्णय बारे व्यवस्थापिका संसदका दुई बेग्ला बेग्लै समितिले छानविन अघि बढाएपछि विराटले सम्झौता एकपक्षीय रुपमा तोडेको हो। तर विराटले भने निगमबाट लिएको अग्रिम रकम शतप्रतिशत बैंक ग्यारेन्टीमा भएकाले त्यसबाट आयल निगम सुरक्षित रहेको दाबी गरेको छ। आफ्नो मनशाय स्पष्ट हुँदाहुँदै पनि देशमा भएको इन्धनको चरम अभावलाई कम गर्नलागि गरिएको कार्मलाई बद्नियतपुर्ण तरिकाले विरोधाभाष बनाइ सो काम गर्न नदिएको दाबी गरेको छ। इन्धन आपूर्तिका लागि नेपाल आयल निगमले दिएको अनुमति विवादित बनेपछि बिराट पेट्रोलियम पछि हटेको छ ।
आयल निगमको निर्णय विवादित बनेपछि बिराट पेट्रोलियमले सम्झौता भंग गरेको घोषणा गरेको छ । सार्वजनिक सूचना निकालेर उसले भनेको छ-हामी आयल निगमसँग भएको सम्झौता खारेज गरी यो कार्यबाट अलग भएका छौं ।’
संसदीय समितिले नै छानविन थालेपछि आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले नै बिराटलाई एकतर्फी रुपमा सम्झौता खारेज गर्न दबाव दिएको स्रोतले जनाएको छ ।
डिजेल प्रतिलिटर १ सय ७८ र पेट्रोल १ सय ९९ रुपैयाँमा दिने गरी बिराट पेट्रोलियमले गरेको प्रस्ताव कार्यकारी निर्देशक खड्काको दबावमा स्विकृत भएपछि विवाद चर्किएको थियो । खड्कामाथि अनियमित रुपमा बिराटलाई इन्धन आपूर्तिको अनुमति दिएको आरोप लाग्दै आएको छ ।
उनले संसदीय समितिमा नै उपस्थित भएर अभावका बेला कानून मिचेर भएपनि तेल ल्याउने बताएका थिए ।
बिराट पेट्रोलियमको घोषणापछि इन्धन आपूर्तिको घसम्झौता तोडिने आयल निगमका अधिकारीहरु बताउँछन् । तर, बिराट पेट्रोलियमले आफ्नै च्यानलबाट इन्धन आपूर्ति गर्ने प्रयास भने जारी रहने बताएको छ ।
विराट पेट्रोले जारी गरेको विज्ञप्ति
No comments:
Post a Comment