९ भदौ, काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा भड्काउने र संविधान निर्माण प्रक्रिया असफल बनाउने षड्यन्त्र भएको बताएका छन् ।
संविधानसभामा संविधानको विधेयकमाथि सुरु
भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले कैलाली लगायतका स्थानमा भएको
घटना त्यसको उदाहरण भएको बताए । उनले भने-‘हिंसा भड्काउन खोजिएको छ । यो
दुःखद हो । संविधान निर्माण प्रक्रिया विथाल्ने, समाजिक सद्भाव खलबल्याउने र
विध्वंस मच्चाउने प्रयास भएका छन् ।’
एमाले अध्यक्ष ओलीले कैलालीमा धोकापूर्ण
ढंगले प्रहरीमाथि हमला भएर हत्या भएको बताए । उनले जातीय वा साम्प्रदायिकता
भड्काउन खोज्नेहरुबाट सजग रहनु पर्ने बताए । ‘घरमा सुतिरहेको बच्चालाई
गोली हानेर मारिएको छ’ एमाले अध्यक्ष ओलीले भने-‘यसले देखाउँछ परिस्थिति
विथोल्न खोज्नेहरुले मानवियता बाँकी नभएको अवस्थामा पुर्याएको छ । यस्तो
अमानवीय कुरासँग हामी होसियार हुनुपर्छ ।’
कुनै असहमति छन् भने सम्वाद गर्न सकिने
भन्दै उनले हतियारको भाषा बोल्ने गैरजिम्मेवार तरिकाप्रति आफूहरु सहमत हुन
नसक्ने बताएका छन् । उनले भने,-‘कहिँ कतै कमजोरी छन् भने संशोधन राख्न
सक्छौं । तर, हिंसा भड्काएर आगजनी गरेर कुनै कुरा पुरा हुँदैन ।’
एमाले अध्यक्ष ओलीले संविधान सम्झौतासहितको सहमतिको दस्तावेज भएको भन्दै सबैका कुरा सामेल गर्न नसकिने बताए ।
- See more at: http://www.onlinekhabar.com/2015/08/317107/#sthash.7fdms9g6.dpuf
No comments:
Post a Comment