भदौ ६,काठमाडौं/ सद्भावना पार्टीका ४ सभासदले राजिनामा दिएका छन्। सभामुख सुवाषचन्द्र नेम्वाङ समक्ष आइतबार उनीहरुले राजिनामा दिएका हुन्। राजिनामा दिनेहरुमा लक्ष्मणलाल कर्ण, विमलकुमार केडिया, शैलकुमारी देवी र सञ्जयकुमार साह छन् । जनकपुर बमकाण्डका मुख्य अभियुक्तको रुपमा पक्राउ परी कारागारमा रहेका साह संसदमा निलम्बित छन्। राजिनामा बुझाउन उनी बाहेक तीन सांसद उपस्थित थिए।
संसदमा सद्भावना पार्टीका ६ सदस्य छन्। माधवी रानी र नर्सिङ चौधरी जिल्लामा भएका कारण अनुपस्थित भएको सांसद लक्ष्मणलाल कर्णले बताए। सभामुखले बसिराखे राम्रो हुन्छ नछोड्नोस् भन्नुभयो हामीले राजिनामा बुझायौुं, कर्णले भने। संघीयताको सिमाङ्कन र ६ प्रदेशप्रति असहमति जनाउँदै सद्भावनाले व्यवस्थापिका संसद तथा संविधान सभा त्याग्ने घोषणा गरेको हो।
विज्ञप्तिको पूर्ण पाठ
No comments:
Post a Comment