१० भदौ / कैलालीको टीकापुर दुर्गौलीमा सुरक्षाकर्मीको गोली लागेर बिहीबार एक व्यक्ति घाइते भएका छन्। सुरक्षाकर्मीको गोली लागेर सुगरखाल गाविस १, फल्लेबिसौनीका २० वर्षीय जगतराज देवकोटा घाइते भएका छन्। गस्तीमा खटिएको सुरक्षाकर्मीले कर्फ्यूको समयमा मोटरसाइकल चलाएका देवकोटालाई रोक्न नमानेपछि गोली चलाएको बताइएको छ। उनको पेट र घुँडामा गोली लागेको छ। टीकापुर अस्पतालमा उपचार हुन नसकेपछि देवकोटालाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरेको डा. लालसिंह टमट्टाले जानकारी दिएका छन्। उनको अवस्थामा चिन्ताजनक नरहेको डा.टमट्टाले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
३ कार्तिक , २०७३ । आफ्नै साथीको हत्या गरेको अभियोग पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दि...
-
१ कार्तिक २०७३ संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता डा. बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा द...
No comments:
Post a Comment