विश्व ११ सँग नेपाली टोली ३७ रनले पराजित
ब्याट फर नेपाल क्रिकेट म्याचमा नेपाल विश्व ११ सँग ३७ रनले पराजित भएको छ।

यसअघि मलेसियाको राजधानी क्वालालम्पुरको किनरारा ओभल मैदानमा टस जितेर
पहिले ब्याटिङ गरेको विश्व ११ ले १९
दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन जोडेको थियो । विश्व ११ का
लागि स्टाइनिसले ८ चौका र एक छक्काको मद्दतमा सर्बाधिक ४८ रन बनाए ।
वेणुगोपाल रावले २३, अहमद फैजले १८ तथा अब्दुर रज्जाकले १६
रन जोडे । बलिङ्गतर्फ नेपालका राजेश पुलामी मगर, शरद भेषवाकर,अभिनाष कर्ण र
सिद्धान्त लोहनीले दुई दुई विकेट लिए । विभिन्न देशका खेलाडी सम्मिलित
विश्व–११ टोलीको कप्तानी श्रीलङ्काली पूर्व कप्तान सनथ जयसूर्याले गरेका
थिए भने नेपाली टोलीको नेत्तृत्व नियमित कप्तान पारस खड्काले गरेका
थिए।नेपालले केहिदिन अघि सम्पनन टी - ट् वान्टि विश्वकप क्रिकेटको छनोट
खेलमा पनि कम्जोर प्रदर्शन गरेको थियो।
No comments:
Post a Comment