Saturday, August 8, 2015

कैलाली र कञ्चनपुरको विषयमा जनमत संग्रह गर्न सिचाई मन्त्री साउदको प्रस्ताव

२३ साउन,काठमाडौ/  सिचाई मन्त्री
एनपी साउदले कैलाली र कञ्चनपुरलाई कुन प्रदेशमा राख्ने भन्ने विषयमा विवाद नगरी त्यहीका जनताको भावना बुझ्न जनमत संग्रह गर्नु पर्ने प्रस्ताव गरेका छन । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले यस्तो प्रस्ताव राखेका हुन। उनले भने–बाहिरको मानिसहरुलाई कैलाली र कञ्चनपुर कहाँ बस्ने भन्ने निर्णय गर्ने अधिकार कस्ले दियो रु यो कसैको राजनीतिक विर्ता होईन । त्यहीका जनतालाई निर्णय गर्ने अधिकार दिऔ । बाहिरको मानिसले त्यहाँको निर्णय गर्नु उपनिबेश हो । मन्त्री साउदले आफू कञ्चनपुरको थारुबाहुल्य क्षेत्रबाट विजय भएर आएको सभासद भएकोले त्यहाँका जनताले पनि सेती र महाकालीमै रहनु पर्ने जनमत दिएको भन्दै राना थारुहरुको लागि संविधानमै ब्यवस्था गर्नु पर्ने र आरक्षणको ब्यवस्था गर्नु पर्ने माग गरे ।

उनले सुदुरपश्चिमका नौ जिल्ला एकै ठाँउमा हुनु पर्ने दावी गर्दै भने–सुदुरपश्चिममा थप्न सकिन्छ तर घटाउन सकिदैन । त्यो हामीलार्ई स्विकार्य छैन । कैलाली र कञ्चनपुर पहिचान र सामथ्र्यको दृष्टिकोणले पनि एक ठाँउमा छन ।

संविधान आई हाल्ने स्थिति भयो भनि त्यसलाई रोक्ने विभिन्न समूहले विवाद खडा गरेको आरोप लगाउँदै अब छिटो संविधान आउने विश्वास ब्यक्त गरे ।

नेकपा एमालेका नेता प्रकाश ज्वालाले सीमांकनको नाममा संविधान नल्याउने खेल भईरहेको दावी गर्दै सीमांकन अहिले टुङग्याउन नसकिने भएकोले आयोग बनाएर संविधान जारी गर्नु पर्ने धारणा राखे ।

उनले भने– एउटा सानो विषयको मुल्यमा संविधान नल्याउने कुरा स्विकाय नहुने भन्दै यस्तो यो घातक हुने टिप्पणी गरे ।

मधेसले पहाडलाई छुनै नहुने अतिवाद मुलुकको लागि बेठिक भएको भन्दै हिमाल, पहाड र तराईलाई छुट्याएर प्रदेश बन्नै नसक्ने ठोकुवा गरे ।

उनले सीमांकन चार दलका शिर्ष नेताले नभई विज्ञहरुले टुङग्याउने विषय भएको भन्दै छिटो सीमांकन गर्ने नाममा काम गरे कालान्तरमा यसले समस्या ल्याउने ठोकुवा गरे ।

ज्वालाले आफूहरु सीमांकनसहितको संविधान जारी गर्ने पक्षमा रहेपनि अहिले सम्भव नभए विवादित पाँच जिल्लाको विषय विज्ञलाई दिने गरी बाँकी मिलेका सीमा सहित संविधान जारी गर्न सकिने धारणा राखे ।

एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले अखण्डताले संघीयताको भावनालाई नसमेटने भएकोले आफू अखण्डको पक्षमा नरहेको भन्दै संविधानसभाले अनुमोदन गरेको पहिचान र सामथ्र्यको आधारमा संघीयता बनाउँदा १३ प्रदेश बनाउन उपयूक्त हुने बताए ।

उनले कैलाली कञ्चनपुर थारुबाहुल्य भएको थरुहट र सुनसरी मोरङ झापा मधेसमा हुनु पर्ने भन्दै पूर्व र पश्चिममा क्लस्टर छुट्याएर प्रदेश निर्माण गर्नु पर्ने बताए ।

रायमाझीले पहिचान र सामथ्र्यको नयाँ परिभाषाको आवश्यकतामा जोड दिदै अखण्ड सुदुरपश्चिम हुने भए लुम्बिनी अन्चललाई पनि अविभाजित राख्नु पर्ने माग गरे ।

उनले भने–अवध, मगरात र तमुवान एकै ठाँउमा बनाईयोस । बाँके बर्दिया, कैलाली र कञ्चनपुरलाई एकै ठाँउमा राख्नु पर्छ । हामीले भने अनुसारको प्रदेश भएन भने निरन्तर छलफल र बहसमा रहन्छौ तर संविधान छिटो आउनु पर्छ भन्ने पक्षमा छौ ।

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...