२३ साउन/ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार
विष्टले क्रिकेट एशोसियसन अफ नेपाल क्यानलाई आन्तरिक विवाद समाधान गर्न तीन महिनाको समय दिएका छन् । उनले तीन महिना भित्र विवाद आफैं नमिलाए हस्तक्षेप गर्ने चेतावनी समेत दिएका छन् ।
पोखराको सहारा क्लवद्वारा सञ्चालित सहारा एकेडेमीको अवलोकनपछि सदस्य सचिव विष्टले राज्यको ढुकुटीबाट तलब खाएर काम नगर्ने खेलकुद संघसंस्थाका कर्मचारी तथा पदाधिकारीलाई कार्वाही गर्ने चेतावनी समेत दिएका छन् । उनले भने ‘पदमा बसेपछि दायित्व पूरा गर्नुपर्छ, त्यहाँ बसेर राजनीति गर्न पाईंदैन, म राम्रो गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्छु, कसैले पदमा बसेर काम नगर्ने अनि राजनीति गरेमा मलाई सहृय हुँदैन ।’ उनले एकेडेमीको दिगो व्यवस्थापनका लागि सहयोग गर्ने आश्वासन दिए । उनले भने,‘सहारा क्लवको कामबाट म निकै प्रभावित भएको छु, यो राज्यले गर्ने कार्य हो तर तपाईंहरुले गरिरहनुभएको छ, यसको दिगो व्यवस्थापनका लागि म दिल खोलेर सहयोग गर्न तयार छु ।’एकेडेमीमा हाल १५ जिल्लाका २६ जना वालकहरु छन् । भूकम्पबाट प्रभावित थप ४ जना वालकहरु लाई एकेडेमीमा राख्ने क्लवले जनाएको छ ।
No comments:
Post a Comment