Wednesday, August 26, 2015

निषेधाज्ञा तोड्न खोज्दा परासीमा प्रहरीले गोली हान्यो, दुई घाइते


 भदौ ९ , नवलपरासी /   आन्दोलनकारीले निषेधाज्ञा तोड्न खोजेपछि नवलपरासीको परासीमा गोली चलेको छ । प्रर्दशनकारीले भूमही-भैरहवा वाइपास रोडको बाल गोविन्द पेट्रोल पम्पबाट निषेधाज्ञा तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो । झडपको क्रममा प्रहरीले गोली चलाएको हो । गोली लागेर दुई जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर नवलपरासीको सनई -९ का ५० वर्षका बिहड धोबी र रामग्राम-५ का ४५ वर्षकी मुना जयसवाल घाइते भएका छन् । भैरहवामा उपचारतर दुवैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । प्रहरीले निषेधाज्ञा नतोड्न आग्रह गर्दा नमानेकाले झडप भएको र अश्रुग्यास, हवाइफायर गर्दा पनि नभएपनि गोली चलाउनु परेको सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले बताए ।

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...