भदौ ९ / संविधानको अन्तिम विधेयमाथिको सैद्धान्तिमक छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले रमिता देखाएको बताएका छन् । केसीले संघीयताप्रति व्यंग गर्दै गीत नै गाएका छन्। आज विहान ८ बजेदेखि सुरु भएको छलफलमा भाग लिँदै अध्यक्ष केसीले सघीयता मुलुकका लागि गलपासो भएको टिप्पणी समेत गरे । अहिले मुलुकका लागि संघीयता गलपासो भएको छ, केसीले भने,हुन त यो संघीयता तपाइहरुले आफ्नो रहरले बोक्नु भएको होइन्। तपाइहरुलाई तराइका जनताको मुक्तिको नाममा संघीयताको गलपासो भिराइयो । उनले ०६२/६३ को आन्दोलनमा जनताले संघीयताको कुरै नगरेको प्रसंग उल्लेख गर्दै अरुले भिराएको भारी अहिले गलपासो भएको टिप्पणी गरे । चौतारीमा बर होइन स्वामी छ, संघीयताले देखायो रमिता,केसीले भने,काँचो सुन्तला नखाँदै यो चाला, खाँदा कुन चाला । संघीयताको भारी अरुले नै बोकाएको भन्दै त्यसमा नेताहरु फसेको बताए । तपाइहरुले त्यो भारी नबेको चुनाव हार्ने डर थियो, उनले भने,भारी त बोक्नु भयो तर आज त्यो गलपासो भएको छ ।
Subscribe to:
Post Comments (Atom)
समाजसेवामा रमाउने उप्रेती
दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...
-
४ श्रावण , २०७३ / आज मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यास...
-
काठमाडौं, २३ मंसिर , २०७३ / राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने विभागीय टिम एपीएफमा आबद्ध भएका छन् । अन्डर १९ राष्ट्रि...
-
२५ साउन/ अखण्ड मध्यपश्चिमको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाएको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ...
No comments:
Post a Comment