काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहालले भोलिबाट गर्ने चीन भ्रमणका कुनै पनि सन्धि
सम्झौता र समझदारीमा हस्ताक्षर नहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज
पत्रकार सम्मेलन गरी भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध र सहायतामा सम्झौता
गर्न नेपालले आवश्यक तयारी पूरा गरेको र निकट भविष्यमा हुने अन्य भ्रमणमा
सहमति भई हस्ताक्षर हुने विश्वास व्यक्त गरेको छ ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले
चीनका राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट गर्ने पक्का भएको
परराष्ट्रले जनाएको छ । यद्यपि भेटको मिति भने परराष्ट्रले जारी गरेको
विज्ञप्तिमा उल्लेख छैन । प्रधानमन्त्री दाहालले बोआओ मञ्चको उद्घाटन
समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै चैत १३ गते प्रधानमन्त्री दाहालले
बेइजिङ फरेन स्टडिज युनिभर्सिटी मा व्यवसायी, शिक्षाविद् र
विद्यार्थीहरुलाई सम्बोधन गर्नुहुने भएको छ । त्यसपछि चीनको तिब्बत
स्वशासित क्षेत्रको भ्रमण गरी दाहाल चैत १६ गते स्वदेश फर्किने कार्यक्रम छ
। प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्री, परराष्ट्रका सचिव र
प्रधानमन्त्री कार्यालय र परराष्ट्रका अन्य उच्च अधिकारीहरु समेत सम्मिलित
हुनु हुनेछ ।
९ चैत्र, २०७३
No comments:
Post a Comment