काठमाडौं।
संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ वटा मुलुकमा सिफारिस राजदुतको
नाम अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सुनुवाइ सकेपछि
१२ जनाकै नाम अनुमोदन गरेको हो ।
समितिले लगातार तीन दिन सुनुवाई गरेको
थियो । समितिले बंगलादेशका लागि प्रस्तावित चोपलाल भुषाल, बहराईनका लागि
प्रस्तावित पदम सुन्दास, म्यानमारका लागि प्रस्तवित भीमकृष्ण उदास,
श्रीलंकाका लागि प्रस्तावित विश्वम्भर प्याकुरेल र साउदी अरेबियाका लागि
प्रस्तावित महेन्द्रप्रसाद सिंह राजपुतको आज सुनुवाई गरेको हो ।
समितिले हिजो ओमानका लागि प्रस्तावित
शर्मिला पराजुली ढकाल, इजरायलका लागि प्रस्तावित निरञ्जनकुमार थापासँग
सोधपुछ गरेको थियो । यस्तै कतारका लागि प्रस्तावित रमेश कोईराला, गणतन्त्र
कोरियाका लागि प्रस्तावित अर्जुन जंगबहादुर सिंह, डेनमार्कका लागि
प्रस्तावित युवराज लम्साल र जापानका लागि प्रस्तावित प्रतिभा राणाको पनि
सुनुवाइ गरेको थियो । अस्ती सोमबार पहिलो दिन अष्ट्रेलियाका लागि
प्रस्तावित राजदूत लक्की शेर्पाको सुनुवाई भएको थियो ।
अनुमोदन भएका १२ जनाले नै आफ्नो
कार्यकाल सफल बनाउन योग्यता र क्षमताले भ्याएसम्मका प्रयास जारी राख्ने
बताएका थिए । संसदीय समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदुत नियुक्त
गर्ने संवैधानिक व्यवस्था छ ।
९ चैत्र, २०७३
No comments:
Post a Comment