काठमाडौं।
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको कार्यतालिका तय गर्न मन्त्रिपरिषद्को
वैठक आज बस्दैछ । भोलीदेखि सुरु हुने प्रधानमन्त्री पुष्पकमल दाहालको
साताव्यापी चीन भ्रमणका क्रममा उठाईने एजेण्डा तथा दुई पक्षीय भेटवार्तालाई
अन्तिम रुप दिन मन्त्रिपरिषद् वैठक बस्न लागेको भौतिक पूर्वाधार तथा
यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।
वैठक सिंहदरवारमा अपरान्ह ५ वजेपछि बस्दैछ
। प्रधानमन्त्रीको भ्रमणका क्रममा आधा दर्जन एजेण्डामा छलफल हुने भनिएपनि
कुनै सम्झौता भने नहुने मन्त्रिपरिषद् श्रोतले जानकारी दिएको छ । आगामी
शनिवार बोवाओ फोरमलाई सम्वोधन गर्न जान लागेका प्रधानमन्त्री दाहालले १४
गते सोमबार वेइजिङस्थित ग्रेट हल अफ द पिपलमा चिनियाँ राष्ट्रपति सि
जिनपिङसंग औपचारिक भेटवार्ता गर्दैहुनुहुन्छ । राष्ट्रपति जिनपिङसंग १५
मिनेटको भेटको समय मिलाईएको मन्त्रिपरिषद् श्रोतले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री दाहाल चीन भ्रमणबाट
फर्किएपछि मात्रै प्रहरी महानिरिक्षक नियुिक्त प्रक्रिया सुरु हुने भएको छ ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा गृहमन्त्रालयले कार्य मूल्याङ्कन
प्रतिवेदनलाई अन्तिम रुप दिने र उहाँ फर्किएपछि नियुिक्त प्रक्रियाले
अन्तिम रुप लिने मन्त्री लेखकले जानकारी दिनुभयो ।
यद्यपी गृहमन्त्रालयले
भने सर्वोच्च अदालतको परमादेशपछि नयाँ आईजीपी नियुक्तीका लागि आजैबाट
प्रक्रिया सुरु गर्दैछ । सर्वोच्चले कार्यसम्पादन र वरिष्ठताका आधारमा
आईजीपी नियुक्ती गर्न आदेश दिएपछि गृहले ४ डिआईजीबारे कार्यसम्पादन
मूल्याङ्कन सुरु गर्न लागेको गृहमन्त्रालय श्रोतले जनाएको छ ।
९ चैत्र, २०७३
No comments:
Post a Comment