Wednesday, March 22, 2017

राष्ट्रिय दल बन्न ३ प्रतिशत थ्रेसहोल्ड र १ सिट जित्नै पर्ने

काठमाडौं  संसदको राज्य व्यवस्था समितिले ३ प्रतिशत थ्रेसहोल्डको प्रावधान सहित राजनीतिक दलसम्बन्धी विधेयक पारित गरेको छ । समितिको आज बसेको बैठकले उपसमितिको प्रस्ताव अनुसार बिधेयक पारित गर्दै संसद बैठकमा लैजाने निर्णय गरेको हो । बिधेयकमा राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ तीन प्रतिशत मत र प्रत्यक्ष तर्फ कम्तीमा एक सिट जित्नु पर्ने प्रावधान राखिएको समिति सदस्य राजेन्द्र फुयांलले जानकारी दिनुभयो ।
sambidhan-sabha
बैठकमा नेकपा माले, मजदुर किसान पार्टी, जनमुक्ति पार्टी र जनजागरण पार्टीका सांसदले थ्रेसहोल्डको प्रावधानमा असन्तुष्टि जनाउदै बैठक बहिष्कार गरेका थिए । समितिले पारित गरेको बिधेयक आजै अपरान्ह बस्ने संसद बैठकमा पेश हुनेछ । 

नयाँ प्रावधान अनुसार कुनैपनि दलले राष्ट्रिय मान्यता प्राप्त गर्न कुल मतको ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नैपर्ने वाध्यता भएको छ । प्रत्यक्षमा सिट जित्ने तर ३ प्रतिशत मत प्राप्त नगरेको दलका सांसदले स्वतन्त्रको हैसियतमा संसदमा प्रतिनिधित्व गर्ने समिति सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।

प्रत्यक्षतर्फ सिट नजितेको तर ३ प्रतिशत वा बढी मत प्राप्त गरेको दलले पनि समानुपातिकमा स्वतन्त्रको हैसियतले प्रतिनिधत्व गर्न पाउने यादवको भनाइ छ । सिंहदरवारमा आज बिहान बसेको समिति बैठकमा मजदुर किसान पार्टीका प्रेम सुवाल, नेकपा मालेका अइन्द्रसुन्दर नेम्बाङ, जनजागरण पार्टीका लोकमणी ढकाल र जनमुक्तिका शिवलाल थापाले असहमति राख्दै सभापतिलाइ ज्ञापनपत्र बुझाएर बहिष्कार गरेका थिए । एमाले सांसद फुयालले नयाँ प्रावधान संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै जनताको चाहाना पुरा गर्न कोषे ढुंगा सावित हुने दावी गर्नुभयो ।

कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना संयोजकत्वको उपसमितिले बिहान लामो समयको छलफलपछि थ्रेसहोल्डको ब्यवस्थासहितको प्रतिवेदन तयार पारेको थियो । सरकारले प्रस्तुत गरेका निर्वाचनसँग सम्बन्धित अन्य चार वटा विधेयक यसअघि नै पारित गरेपनि दलहरुबीच सहमति हुन नसक्दा राजनीतिक दलसम्बन्धी विधेयक भने राज्य ब्यवस्था समितिमै अड्किएको थियो ।

९ चैत्र, २०७३

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...