उत्तम रिजाल, दमक। नेकपा
एमाले दमकले नयाँ संरचना अनुसारको कमिटी गठनलाई तिब्रता दिएको छ । उसले आज
साबिकको दमक २,३ र ४ को कमिटी समायोजन गरि नयाँ सरचना अनुसार दमक २ को ३६
सदस्यीय वडा कमिटी गठन गरेको छ ।
जसको अध्यक्षमा पुस्प अधिकारी उपाध्यक्षमा
टीका प्रसाईं र सचिबमा डिल्ली दुलाल चुनिनु भएको छ । सदस्यहरुमा टंक गौतम,
गोपाल निरौला , धनकुमारी दाहाल , नेत्र कुमारी धिमाल , बुद्धि सिग्देल,
सान्ता भट्टराई , दुर्गा पौडेल , भेषराज काफ्ले ,कृष्ण बराल लगायत रहनु
भएको छ ।
भालुकुडी स्थित शिवालय मन्दिरमा भएको कार्यक्रमा प्रमुख अतिथी रोमनाथ ओली, भक्ता दाहाल, मन्जु थापा, प्रजापती सापकोटा अन्तलाल धिमाल, नेत्र पोख्रेल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वार्ड समायोजनका सहजकर्ता नेत्र दाहालको अध्यक्षतामा भएको थियो ।
७ चैत्र,२०७३
No comments:
Post a Comment