चैत्र ४, दमक /
नयाँ शैक्षिक सत्रसंगै शैक्षिक जगतका लागि उपयोगी हुने प्रविधि सफ्टवेयर
बनेको छ । युनिभर्सल टेक्निकल (यूनिटेक) गु्रपले मोबाईलमा समेत प्रयोग हुन
सक्ने इजी एजुकेशन नामक शैक्षिक सफ्टवेयर बजारमा ल्याएको हो । सो सफ्टवेयर
जडानसंगै तीन वटा मोवाइल एप्स प्रयोग गर्न सकिने र यसले विद्यालय तथा
कलेजका शिक्षक, विद्यार्थी र तिनका अभिभावकका बिचमा कम्युनिकेशन हुने
युनिभर्सल टेक्निकलका प्रवन्ध निर्देशक भिष्म अधिकारीले जानकारी दिए ।
सफ्टवेयर जडान गरेका विद्यालय र कलेजहरुले यो सफ्टवेयरको प्रयोग सहज रुपमा
गर्न सक्ने छन भने प्रविधिमा एक फड्को मार्ने बिश्वास लिईएको छ, किनकी यस
सेवाले विद्यालयका हरेका क्रियाकलापहरुलाई कम्प्यूटराइज त गर्छ नै विद्यालय
र विद्याथीका हरेक क्रियाकलापलाई पनि अविभावक समक्ष जानकार गराउने हुँदा
यो अतिनै उपयोगी हुने र शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र
अभिभावकबिचको त्रिपक्षीय समन्वय जरुरी हुने भएका कारण यि तीन वटै पक्षबिच
समन्वयमा सहज बनाउने उदेश्यले तीन बटा एप्सको अवधारणा ल्याइएको प्रवन्ध
निर्देशक अधिकारीले बताए ।
अभिभावकहरुले आफ्नो छोरा छोरी स्कूल कलेजमा हाजिर भए नभएको, परीक्षाको
प्राप्ताङक लगायत सबै शैक्षिक गतिबिधी बारे घरमै बसि बसि मोवाइलमै प्राप्त
गर्न सक्ने छन् ।
विद्यार्थीले विद्यालयमा प्रवेश गरेपछि वा बाहिर निस्कने बखत विद्यालयको
गेटमा राखिएको फेस डिटेक्टरमा आफुलाई स्क्यान गराउनु पर्ने नियम राखिने छ र
उक्त मेसिनले स्क्यान गरेको डाटा विद्यालयको आफ्ने सफ्टेवेयरमा रजिस्टर
हुन्छ र सर्भर बाट ईन्टरनेटको माध्यमबाट म्यासेज वा नोटिफाई गर्दछ । यसका
लागी विद्यार्थीले अरु सफेटवेयरमा अतिरिक्त कार्डको आवश्यक्ता नरहेको
जनाईएको छ ।
यस प्रविधिको प्रयोगका लागी विद्यार्थीले म्यासेज शुल्क स्वरुप रु.८००
प्र्रति बर्ष तिर्नु पर्ने हुन्छ । जसमा विद्यार्थी र अविभावक दुबैले यस
प्रविधिको प्रयोगका लागी एउटा पर्सनल एकाउन्ट सहितको मोवाईल एप्स प्राप्त
गर्नेछन् ।
सफ्टवेयर बिराटनगरको कान्तिपूर कलेज र दमकको प्रजिता एजुकेशन एकाडेमीले
प्रयोगमा ल्याइसकेका र अन्य विद्यालयले समेत जडानका लागि कम्पनीसंग समन्वय
गरिरहेका यूनिटेकले जनाएको छ भने बाजारमा विधिवत रुपमा बैशाखको देस्रो
हप्ताबाट ल्याईदैछ ।
No comments:
Post a Comment