कञ्चनपुर / भारतीय एसएसबीले गोली हानी एक साताअघि हत्या गरेको कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारका गोविन्द गौतमको परिवारलाई नेकपा एमालेले ५ लाख सहयोग उपलब्ध गराएको छ ।

सरकारले शहीद गौतमका छोराछोरीलाई उच्चशिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकोबारे ओलीले शहीदका छोराछोरीलाई कसैले नहेरे एमालेले हेर्ने दावी गरे । सीमा विवाद उत्कर्षमा पुग्दा गत बिहीबार भएको झडपमा भारतीय एसएसबीले गोली प्रहार गर्दा गोविन्द गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको थियो ।
चैत ३ ,२०७३
No comments:
Post a Comment