निर्वाचन आयोगमा धर्ना दिन गएका
बेला पक्राउ परेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सहितका
नेताले प्रहरी हिरासत मै धर्ना शुरु गरेका छन् । निर्वाचन आयोगको कार्यालय
अगाडी शान्तिपुर्ण धर्ना दिने क्रममा पुर्व–प्रधानमन्त्री भट्टराई सहितका
नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर पुलिस क्लवमा राखेको छ ।
प्रहरीले छोडेपनि संयोजक भट्टराईले
निस्कन अश्विकार गर्दै हिरासत मै धर्ना शुरु गरेको स्वकिय सचिव विश्वदिप
पाण्डेले जानकारी दिनुभयो । भट्टराई सहित प्रहरीले सांसद गंगा चौधरी,
क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, पुर्व-गृह राज्यमन्त्री रिजवान
अन्सारी, हिसिला यमी, परशुराम तामाङ लगायतलाई नियन्त्रणमा लिएर
महाराजगन्जस्थित २ नम्बर गणमा केहिवेर राखेर नेपाल पुलिस क्लबमा ल्याएको
थियो ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष
मोहन वैद्यले पुलिस क्लबमा गएर भट्टराई लगायतका नेतासँग भेट गर्नुभएको छ ।
नयाँशक्ति लगायतका पार्टीले स्थानीय तह निर्वाचनमा चुनाव चिन्ह माग गरेका
छन् । निर्वाचन आयोगमा विधिवत दर्ता भएका पार्टीलाई चिन्ह नदिइएपछि ति दलले
संघर्षका क्रममा आज धर्ना दिएका हुन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल,
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाए पनि सुनुवाई
नभएको भन्दै ती दलले आज विहान ९ देखि ११ बजेसम्म निर्वाचन आयोगमा धर्ना
दिने कार्यक्रम तय गरेको थिए ।
२० चैत्र, २०७३