
पूर्व प्रधानमन्त्री तथा
सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले तराई क्षेत्रमा
रहेका एफएमहरुले उत्तेजना फैलाएको आरोप लाएका छन्। 'आन्दोलनकारीका पक्षमा
एकतर्फी प्रचार अभियान चलाएका छन्। एफएमहरुले उत्तेजक गीत बजाएर जनता
भड्काउने काम गरेका छन्,' सौराहामा सम्पनन पार्टीको विशेष भेलाको बारेमा
जानकारी दिन बुधबार बिहान भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले
भने ।
सरकारले त्यस तर्फ ध्यान दिनु पर्ने उनको आग्रह छ ।
'एफएमहरुले जातीय सद्भाव बढाउने र संविधानका सत्य कुराहरुका बारेमा जनतालाई
सुचना दिन सक्छन् । सरकारले यसतर्फ एफएमहरुलाई परिचालित गर्नु पर्छ ।
युद्धका गीत सुनाउने बेला होइन यो,' नेपालले भने । सौराहा भेलाको
बन्दसत्रमा बोल्दा मंगलबार साँझ नेता नेपालले आन्दोलन चर्किनुमा एफएमहरुको
ठूलो भूमिका रहेको बताए का थिए ।
No comments:
Post a Comment