पर्वत / नेपाली कांग्रेसका उपसभापति
रामचन्द्र पौडेलले आगामी
महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने बताएका छन्। पछिल्लो राजनीतिक घटनामा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा असफल भैसकेकाले पार्टी हाक्न सभापतिमा आफ्नो विकल्प नभएको बताए। नेपाल प्रेस युनियन पर्वतले बुधबार कुस्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले भने, 'सभापति र वरिष्ठ नेताले मलाई सभापतिमा समर्थन गर्नुपर्छ।' राष्ट्रिय राजनीतिमा कोइराला बिचार र अडान राख्न नसक्ने र देउवा कम्युनिष्टसँग बहकिएका कारण असफल भएको पौडेलको टिप्पणी छ।

'एउटा विचार र अडान राख्न नसक्ने,' उनले भने, 'अर्को बामपन्थीले जे भन्छन त्यसकै पछि बहकिने, त्यसैले दुबै नेता असफल भइसके।' १६ बुँदे सहमति पार्टीले मान्नु नै गलत रहेको भन्दै उनले सभापतिमा कोइराला र देउवाले उम्मेदवारी दिएपनि आफूले नछाड्ने दाबी गरे। 'म आफ्नो निर्णय गर्न आफै सक्षम छु,' उनले भने, 'कसले उम्मेदवारी दिन्छन भनेर मेरो उमेदवारी रोकिदैन।'
पौडेलले एकअर्को प्रसंगमा संविधान विश्वका संविधानमै राम्रो भएपनि मधेशी नेताहरुले इमोशनल ब्ल्याकमेलिङ गरेको आरोप लगाए। 'मधेशीले खोजे जस्तै पहिचान र सामाथ्र्य सहितको प्रदेश पाएका छन,' उनले भने,'तर नेताहरुले आफ्नो राजनैतिक आधार समाप्त भएको देखेर जनताको सेन्टिमेण्टमा खेलिरहेका छन्।'
उनले मधेशी जनतालाई बुझाउन नसक्दा नै अहिलेको समस्या आएको भन्दै अब कांग्रेसले नयाँ संविधानमा भएका प्रावधान बुझाउन मधेश जाने बताए। उनले मधेशवादी दलको आन्दोलनको मिलनबिन्दु नै कांग्रेस नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संसोधन प्रस्ताब रहेको पनि दाबी गरे ।
भारतीय नेताहरुले समेत नेपालको नयाँ संविधानका बारेमा बुझेर मधेशी नेताहरुलाई सम्झाएकोले मधेशी नेताहरु भारतबाट फर्केपछि आफै ठेगानमा आउने धारणा राखे ।
No comments:
Post a Comment