Friday, December 11, 2015

संविधानको चाँबी कांग्रेससँग छ–खड्का



उत्तम रिजाल
२५ मंसिर,दमक/नेपाली कांग्रेसका पुुर्व सह–महामन्त्री पूुर्ण बहादुुर खड्काले संविधानको चाँबी कांग्रेससँग भएको बताएका छन् । शुुक्रबार झापाको दमकमा नेपाली कांग्रेस झापा क्षेत्र नं ७ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुुन् । उनले केपी ओली प्रधानमन्त्री भएपनि कांग्रेस विना संविधान पारित गर्ने दुुईतिहाइ बहुुमत नभएको भन्दै संविधान पारीत गर्ने चाबी कांगेससँग भएको बताए । उनले एक व्यक्तीलेग गरेको गल्तिले पार्टीको शिर नझुुक्ने र शिर निहुराएर हिड्नुु नपर्ने बताए । कार्यकर्ताहरुले प्रधानमन्त्रीमा शुशील कोइरालाले पुन उमेद्धारी दिएकाले आँफूहरुको शिर निहुरिएको बताइरहेको बेला पुर्व सह–महामन्त्री खड्काले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसले  दोस्रो संविधानसभाको निर्वाचनको बेला कम्युनिष्टहरुले आफ्नो बहुमत हुँदापनि अघिल्लो संविधानसभाबाट संविधान दिन सकेनन हामीलाई भोट दिनुस हामी सविधान दिन्छौ भनेका थियौ , संविधान दिएका छौ,गर्व गर्दै संविधान लिएर जनता संग जानुस भन्दै शिर ननिहुरीएको बरु शिर झन ठाडोे भएको दाबी गरे । उनले एक प्रशंगमा केपी ओलीलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टी सभापती तथा तात्कालिन प्रम शुशील कोइरालासँग सहमती भएको पनि बताए । आँफु र महामन्त्री कृष्ण सिटौलाले पटक–पटक सहमति नतोड्न भनेपनि नमानेको उल्लेख गरे । अघिल्लो रात साँढे नौ बजे सम्म आँफु प्रधानमन्त्री पदको भोको नभएको बताउने कोइराला भोलिपल्ट अचानक परिवर्तन भएकाले राष्ट्रपती,उप–राष्ट्रपती,सभामुख लगायतका मुलुकका मुख्य पदहरु गुमाउनु परेको भन्दै सभापती कोइरालाले आफ्नो साख आँफै गुमाएको बताए । उनले पधानमन्त्रीका लागी पुन उमेद्धारी दिए त्यसले तपाइको इज्वत माटोमा मिल्ले छ भनि पटक–पटक भनेको र सहमति विपरीत चुनाब हार्नकै लागी उमेद्धारी दिनेभए आँफुले राजिनामा दिने भनी भनेको र उमेद्धारी दिएसँगै आँफुले सह–महामन्त्रीबाट राजिनामा दिएका उल्लेख गरे । खड्काले आगामी महाधिबेशन एकताको महाधिबेशन हुने भन्दै कार्यकर्ताहरुलाई भिजन भएकाहरुको पक्षमा उभिन अवहान समेत गरे । कार्यक्रममा सभासद केशब कुमार बुढाथोकी,महेन्द्रा सुब्बा,जिल्ला सभापती उद्धव थापा,युवा नेता विश्वप्रकाश शर्मा,सहासमिती सदस्य राजन ढुङ्गाना,सुरेश सुब्बा लगायतले बोलेका थिए । 

तीन पत्रकार संमानित

सोही कार्यक्रममा लोकतन्त्र र पार्टीका समाचारका पक्षमा कलम चलाई जनतालाई सुसुचित गरेको भन्दै अर्जुनधारा राष्ट्रिय दैनिकका सम्पादक कृष्ण हुमागाई ,पुर्वसन्देश दैनिकका सम्पादक गन्जबहादुर दाहाल र झापा पोष्टका कार्यकारी सम्पादक विष्णु सुब्बालाई सम्पानपत्र सहित सम्मान गरिएको थियो । तीनै जनालाई कार्यक्रमका प्रमुख अतीथी तथा कांग्रेस नेता पुर्ण बहादुर खड्काले  सम्मान गरेका थिए । कार्यक्रम क्षेत्रिय सभापति शेरबहादुर भट्टराईको सभापतित्वमा भएको थियो ।  

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...