२९ मंसिर, काठमाडौं । साझा यातायातका
अध्यक्ष कनकमणि दीक्षितले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाविरुद्ध
सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
अख्तियारले आफूलाई बोलाएर सम्पत्तिविवरण माग्ने कार्य विधि र कानूनसम्मत नरहेको भन्दै उनले सर्वोच्चको ढोका ढक्ढक्याएका हुन् । अकुत सम्पत्तिको आरोपमा दीक्षितसहित २९ प्रभावशाली व्यक्तिहरुलाई अख्तियारले बयानका लागि बोलाएको थियो ।

गत बिहीहबार आफू अख्तियारमा पुग्दा कुनै
आरोपबेगर एकाएक सम्पत्ति-विवरण फाराम थमाइएको उनले बताए । ‘देशको संवैधानिक
अंग भएको हिसाबले म अख्तियारलाई सम्मान गर्छु । तर, उसका क्रियाकलापहरु
पनि विधिसम्मत गर्नुपर्छ’ । उजुरीकर्ताको नाम नखुलाई उजुरीबारे
अख्तियारले जानकारी दिनुपर्ने उनको माग छ । उनले भने-कुनै आरोप नलाइकन
जोकसैलाई बोलाएर सम्पत्ति विवरण माग्ने अधिकार अख्तियारसित पनि छैन ।’
सर्वोच्चले अख्तियारको कदम विधिसम्मत
ठहर्याए तुरुन्तै सम्पत्ति विवरण उपलब्ध गराउन तयार रहेको पनि दीक्षितले
बताए । ‘मसित सम्पत्ति विवरण तयारै छ, कुनै पनि क्षण दिन सक्छु,’ उनले भने । वरिष्ठ पत्रकार दीक्षितलाई अख्तियारले
साझा यातायातको अध्यक्षका हैसियतमा पत्र काटेको हो । अख्तियारप्रमुख लोकमान
सिंहको नियुक्तिका बेला दीक्षित विरोधमा उत्रेका थिए ।
No comments:
Post a Comment