
थाम्सुहाङ्गले भने अहिले अध्यक्ष कुमार लिङ्गदेनको काँधमा चढेर मधेस
आन्दोलन झापा,मोरङ्ग र सुनसरीमा आउने प्रयास गरिरहेको छ ।
उनले भने यो हामीलाई कहिल्यै मान्य हुन सक्दैन् । किनकी हाम्रो माग
झापा,मोरङ्ग,सुनसरी सहितका नौ जिल्ला भएकाले यि जिल्लामा दाबी गर्दै आएको
मोर्चासँग आँफुहरुको एकता हुनै सक्दैन ।
उनले यस बिषयमा भएको फरक र यथार्थ कुरा बाहिर ल्याउन नेतृत्वले नसकेको
भन्दै चाँडै यस विषयमा गहन निर्णय गरिने बताए ।
यता पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष खगेन्द्र माखिमले भने मधेसको
विरुद्धमा आँफुहरुको आन्दोलन नभएको भन्दै प्रदेश नम्बर एकमा मात्र विमती
रहेको बताए ।
के पार्टी फुटको संघारमा पुगेकै हो त भन्ने पत्रकारहरुको जिज्ञासामा
उपाध्यक्ष माखिमले पार्टी एकीकरण प्रक्रिया अझै नटुङ्गिएकोले फुट भन्न
नमिल्ले भन्दै अध्यक्ष ज्युले मिटिङ्ग नबोलाएकाले मात्र विमति रहेको बताए ।
पत्रकार सम्मेलनमा पार्टीले आइतबार देखी घोषणा गरेको अनिश्चितकालिन चक्का
जाम भने जनताको ठूलो समर्थन पाएको भन्दै फिर्ता लिएको र लिम्बुवान
प्राप्तिकालागी कार्यक्रमको स्वरुप परिवर्तन गरेको जनाएको छ ।
No comments:
Post a Comment