Saturday, November 28, 2015

एमाले र कांग्रेसको योजनामा आक्रमण भएको गठबन्धनको आरोप

इटहरी– सत्तारुढ दल र प्रमुख प्रतिपक्षी काँग्रेसकै योजनामा शुक्रबार इटहरीमा आयोजना गरिएको आफ्नो कार्यक्रम बिफल पार्न मञ्चमा आगजनी र त्यसपछि प्रदर्शन भएको संघीय गठबन्धनले आरोप लगाएको छ।
संघीय गठबन्धनले शनिबार इटहरीमा पत्रकार सम्मेलन गरी सत्तारुढ दल र काँग्रेसले बिखण्डनको बिजारोपण गर्ने सोचले युवाहरु परिचालन गरेर कार्यक्रम गर्न तयार गरेको मञ्च आगजनी गरेको र आफ्नो समूहबिरुद्ध प्रदर्शन गरेको आरोप लगाएको हो। मधेसी, लिम्बु, दलित र आदिवासी जनजातिको संघीय गठबन्धन समूहले शुक्रबार इटहरीमा आयोजना गरेको कार्यक्रममा स्थानीय युवाले मञ्च आगजनी गरी बिहानैदेखि सडकमा उत्रिएएर स्थिती तनाबग्रस्त भएपछि मधेसी मोर्चाका शीर्ष नेता आएनन्। सत्तारुढ दल र काँग्रेसको योजनामा शुक्रबार हामीबिरुद्ध जुन खाले प्रदर्शन गरियो त्यसको भत्र्सना र निन्दा गर्दछौं, संघीय समाजवादी फोरम नेपाल सुनसरीका सचिब ताजुक लिम्बुले भने,हाम्रो कार्यक्रम बिथोल्न केही सञ्चार माध्यमले समेत बढाईचढाई गरे।

सो क्रममा गठबन्धन समूहले सार्वजनिक गरेको विज्ञप्तीमा विद्यमान राजनीतिक अन्यौल, नाकाबन्दी र राष्ट्रबादी अन्यौलबारे स्पस्ट पार्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम विफल पार्न खोजे पनि सफल भएको उल्लेख छ। विज्ञप्तीमा भनिएको छ, यस्ता घटनाले लामो समयदेखि कायम रहेको सामाजिक सद्भावलाई बिथोल्ने र राष्ट्र विखण्डनको बिजारोपण गर्नेछ। पत्रकार सम्मेलनमा कार्यक्रममाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न र पीडितलाई क्षतीपूर्ति दिन माग गरियो। गठबन्धन समूहमध्ये लिम्बुवान मुक्ति मोर्चाका नेता पदम अधिकारीले आफ्ना दर्जनौ नेता तथा कार्यकर्तामाथि आक्रमण भएको बताए। उनले कार्यक्रम शुरु हुनुपूर्व, कार्यक्रम चलिरहँदा र सकिएपछि पनि आफ्ना नेता–कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाए। 



गठबन्धन समुहले शुक्रबार आयोजना गरेको कार्यक्रममा स्थानीय युवा स्वतःस्फूर्त प्रदर्शनमा उत्रिएपछि संघीय समाजवादी फोरम केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका राजेन्द्र महत्तो सहभागी हुन सकेनन्। मधेसी मोर्चाका शीर्ष नेता उपस्थित हुन नसके पनि लिम्बुवान, दलित, आदिवासी र मधेसी मोर्चाका प्रतिनिधिले कार्यक्रमलाई सम्बोधन गरेका थिए। युवा समूहले मञ्च आगजनी गरेपनि नयाँ मञ्च बनाएर कार्यक्रम गरिएको थियो। कार्यक्रममा गठबन्धन समूहका नगन्य कार्यकर्ता सहभागी थिए।

मोर्चाले जलायो वीरगन्जमा काँग्रेसको झण्डा

    pic_upy__neka11111111.jpgबारा– मधेस आन्दोलनको समर्थनमा नेपाली काँग्रेसको वीरगन्ज नगर कमिटीले निकालेको जुलुसमा संघीय समावेशी मधेशी गठबन्धनका नेता तथा कार्यकर्ताहरुले आक्रमण गरी काँग्रेसका झण्डा जलाएका छन्।
नेपाली काँग्रेस वीरगन्ज नगर कमिटीका अध्यक्ष महम्मद सहाबुद्दीनले पार्टीलाई मधेशी मोर्चाको मागप्रति गम्भीर हुनको लागि दबाब दिने उद्देश्यले निकालेका जुलुसमा आन्दोलनरत मोर्चाकै नेता कार्यकर्ताहरुले आक्रमण गरी व्यानर र झण्डा जलाउने कार्य राम्रो नभएको बताए। नगर सभापति महम्मद सहाबुद्दिनले मधेशी समुदायहरु पीडित भएको भन्दै तिनीहरुको हक अधिकारको लागि आवाज उठाउँदा पनि मोर्चाका केही नेताहरुले मधेश आन्दोलन आफ्नो हो भनेर अरुले गरेको कार्यमा अवरोध पुुर्याउनुु गैरलोकतान्त्रिक भएको बताए।

काँग्रेसका नगरस्तरका नेता कार्यकर्ताहरुले निकालेको दबाब र्याली वीरजन्ज नगरपालिका परिक्रमा गर्ने क्रममा माईस्थान क्षेत्रमा मोर्चाका नेता राजेशमान सिंह र शिव पटेलको नेतृत्वमा रहेकोहरुले कार्यक्रममा अवरोध पुुर्याई व्यानर र काँग्रेसको झण्डा खोस्दा केही बेर घण्टाघर क्षेत्र तनावमय भएको थियो। नेपाली काँग्रेसका नगर कमिटी वीरगन्जले मधेशको समर्थनमा दबाब रैली निकालेको भए पनि नेपाली काँग्रेसको झण्डा लिएको र नेपाली काँग्रेसको नारा लगाएको कारणले कार्यक्रममा अवरोध गरिएको मोर्चाका नेता शिव पटेलले बताए । कार्यक्रममा तनाव भएपछि पर्सा प्रहरीले बल प्रयोग गरि घटनालाई साम्य पारेको थियो। पर्सा प्रहरीका नायब उपरीक्षक होविन्द्र बोगटीले काँग्रेसका कार्यकर्ता र मोर्चाको कार्यकर्ताहरुको आपसमा विवाद भएपछि समयमै सुरक्षाकर्मी पुगेर साम्य पारेको बताए। बोगटीले काँग्रेस समर्थकहरुले पनि मधेसको माँग पूरा गर भनेर नारा लगाउँदै गएको अवस्थामा मोर्चासँग झडप नहुने सोचे पनि मोर्चाका कार्यकर्ताहरुले त्यसमा पनि अवरोध 
पुुर्याएर माहौललाई विगार्न खोजेको बताए ।

Sunday, November 22, 2015

संघीयता तत्काललाई स्थगित गर्न बुद्धिजिवीहरुको सुझाव

संघीयता तत्काललाई स्थगित गर्न बुद्धिजिवीहरुको सुझाव

नक्कली नागरिकता छानविन गर्न आयोगको माग


Lialamani, Surendra, Buddhi naaryana पूर्व मुख्यसचिव लिलामणी पौडेलदेखि सीमाविद बुद्धिनारायण श्रेष्ठसम्मका बुद्धिजिवीहरुको समूहले भारतीय नाकाबन्दीबाट उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्रीलाई पाँच बुँदे सुझावसहितको ज्ञापनपत्र दिएको छ ।
ज्ञापनपत्रमा संघीयता तत्कालका लागि स्थगित गर्न तथा तराईमा बाँडिएका नक्कली नागरिकता छानविनका लागि शक्तिशाली आयोग बनाउनुपर्ने लगायतका माग गरिएको छ ।
भारतबाट आपूर्तिमा अवरोध भएपछि सरकारले चीनको सहयोग लिन गरेको ठोस प्रयत्नको उनीहरुले प्रशंसा गरेका छन् । यद्यपि देशको समग्र अवस्था दिन प्रतिदिन बिग्रिरहेको भन्दै उनीहरुले औषधि र पेट्रोलियम पदार्थको आपूर्तिलाई प्राथमिकता दिएर पहल अघि बढाउन सुझाव दिएका छन् ।
नाजायज मागमा नझुक्न सुझाव
प्रतिनिधीमण्डलले ज्ञापनपत्र बुझाउँदै मधेसी मोर्चाले राखेका नाजायज मागहरुसँग नझुक्न प्रधानमन्त्रीसित आग्रह गरेको थियो । प्रधानमन्त्रीले ज्ञापनपत्रमा उल्लेखित सुझावहरुबाट आफू प्रभावित बनेको भन्दै राष्ट्रहितमा आघात पुग्ने गरी आफूले कसैसित कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाएका छन् ।
ज्ञापनपत्रमा लिलामणी पौडेल, बुद्धिनारायण श्रेष्ठ, दिपक ज्ञवाली, हिरण्यलाल श्रेष्ठ, साध्यबहादुर भण्डारी लगायत दुई दर्जन बुद्धिजिवीहरुलेउ हस्ताक्षर गरेका छन् ।
अंग्रेजी भाषामा लेखिएको ज्ञापनपत्रका मुख्य बुँदाहरु यस्ता छन् :
पेट्रोलियम उत्पादन र औषधिको आपूर्ति
सरकारले प्राथमिकताका आधारमा यी दुई क्षेत्रमा समस्या समधान गर्न आफ्नो प्रयत्नलाई थप जोड दिनुपर्छ । सर्वप्रथम सबै सम्भाव्य कुटनीतिक संयन्त्रहरु मार्फत भारतीय नाकाबन्दी खुलाउनका लागि विशेष प्रयास गर्नुपर्छ । दोस्रो यसको सम्भाव्य विकल्पका रुपमा नेपालले चीनसित सबै सम्भाव्य माध्यमबाट पेट्रोलियम पदार्थको उल्लेख्य परिमाणमा आपूर्तिका लागि विशेष अनुरोध गर्नुपर्छ ।
औषधिको सन्दर्भमा पनि सरकारले चीनसित केहि आधारभूत औषधिहरु आपत्कालिन रुपमा हवाई मार्गबाट आपूर्ति गर्नका लागि आग्रह गर्नुपर्छ । दक्षिण एशियाली राष्ट्र बंगलादेशबाट पनि हवाई मार्गबाट औषधि ल्याउन पहल गर्नुपर्छ ।
संघीयताको स्थगन
अहिले देशको उत्पन्न समस्याहरुको जड भनेको नयाँ संविधानमा व्यवस्था गरिएको संघीयता नै हो । पहिलो कुरा, संघीयता कहिल्यै पनि यो देशका जनताको माग होइन र दुई ठूला पार्टीहरु कांग्रेस र एमालेले पनि बाध्यात्मक रुपमा संघीयता स्वीकार गरेका हुन् ।
दोस्रो कुरा, कुनै पनि प्रजातान्त्रिक व्यवस्थामा राज्य पुनर्संरचना सम्वन्धि विषयवस्तुमा जनमतसंग्रहबाट निर्णय लिनु वाञ्छनीय हुन्छ । संविधान जारी हुनुअघि गरिएको जनमत संकलनमा जनताले संघीयताको विरोधमा अभिमत प्रकट गेका थिए । तर, त्यसलाई ध्यान दिइएन । सबैभन्दा महत्वपूर्ण कुरा नेपालको भौगिलिक अवस्थिति र सांस्कृतिक अन्तरघुलनको कारणले संघीयता यो देशका लागि सुहाउँदो पद्दति होइन । त्यसैले हामी संघीयताको प्रक्रियालाई तत्काल स्थगित गर्दै भविष्यमा यसका लाभ हानीबारे अध्ययन-अनुसन्धान गरेर मात्रै निर्णय लिन माग गर्छौं ।
नाकाबन्दीको अन्तर्राष्ट्रियकरण
भारतले अन्तर्राष्ट्रिय ऐन-कानूनहरु मिचेर नेपालमाथि नाकाबन्दी लगाएको विषयमा सरकारले संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय मजदुर संगठनजस्ता निकायहरुलाई सूचित गर्नुपर्छ । नेपालको समस्याको अवलोकन गर्न तिनीहरुका मिसनलाई नेपालमा निम्त्याउनुपर्छ । विश्वका ती शक्ति राष्ट्रहरुसित नाकाबन्दीविरुद्ध लविङ गर्नुपर्छ, जो राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्य बन्ने भारतीय महत्वांकाक्षामा निर्णायक हुन्छन् ।
चीनसित दुरगामी सम्झौता
भारतले बारम्बार नेपालमा नाकाबन्दीको अष्त्र प्रयोग गरेर आफ्नो स्वार्थसिद्ध गर्ने सम्भावनालाई मध्यनजर गर्दै नेपालले चीनसित नयाँ र दूरगामी शान्ति तथा मैत्री सम्झौता गर्नुपर्छ । इतिहासदेखि नै नेपालको असल छिमेकीका रुपमा रहेको चीनसित बहुआयामिक आर्थिक तथा सांस्कृतिक सम्वन्धलाई बढावा दिँदै सरकारले उत्तरी सिमामा बढीभन्दा बढी नाकाहरु खोल्ने अग्रसरता देखाउनुपर्छ ।
नागरिकता छानविन आयोग निर्माण
विगतमा नागरिकता सम्वन्धी खुकुलो प्रावधानका कारणले तराईबाट ठूलो संख्यामा भारतीयहरुले नेपाली नागरिकता लिए । उनीहरुमध्ये केहिले आफ्नो नागरिकतालाई अपराधि कार्यमा प्रयोग गरिरहेका छन् जुन दुवै देशको हितमा छैन । त्यसैले विगतमा यसरी बाँडिएका नक्कली नागरिकताहरुलाई खारेज गर्न विज्ञहरुसहितको उच्चस्तरीय शक्तिशाली आयोग गठन गर्नुपर्छ ।
दक्षिणी सीमाको व्यवस्थापन
भारतसितको खुला सीमाको कारणले नेपालका सिमावर्ती क्षेत्रहरुमा अपराधिक क्रियाकलापहरुलाई मलजल भइरहेको छ । त्यसैले भारतसितको सीमालाई नियमन गर्नुपर्ने आवश्यकता छ । स्थानीय व्यक्तिहरु सीमा वारपार गर्न समस्या नहुने गरी सीमा क्षेत्रमा आवतजावत गर्नेहरुको सूचना नेपाल सरकारसँग रहने गरी प्रवन्ध मिलाउनुपर्छ ।
तराईको आन्दोलन नियन्त्रण
आन्दोलन वा विरोध प्रदर्शनका नाममा तराईमा कानून उल्लंघन हुने गरी विभिन्न अपराधिक क्रियाकलापहरु भइरहेका छन् । सुरक्षाकर्मीहरुमाथि घातक हमला गर्ने क्रम बढेको छ । आफ्ना सुरक्षाकर्मीहरुको संरक्षण र जनताको जिउधनको सुरक्षाका लागि सरकारले यस्ता अपराधिक गतिविधिहरुमाथि कडा कारवाही गर्नुपर्छ । तराईमा सुरक्षा प्रवन्ध बढाउनुपर्छ ।
आत्मर्निभरता र विकास
नेपालको अर्थतन्त्र अत्यधिक परनिर्भर भएकाले पनि आज यो संकट उत्पन्न भएको भन्ने चेत खुलिसकेपछि अब आत्मनिर्भरताको यात्रा सुरु गर्नुपर्छ । जलविद्युतलाई केन्द्रमा राखेर देश विकासको गति अघि बढाउनुपर्छ । जलविद्युतको विकास गर्दा सर्वप्रथम आफ्नो देशको आवश्यकता परिपूर्ति गरेर मात्रै विदेशमा निकास गर्ने नीति अपनाउनुपर्छ ।

संचारकर्मी रिजाल सम्मानित

संचारकर्मी उत्तम रिजाल सम्मानित भएका छन् । उनलाई सोलमारी दुई किनारा युवा क्लब तोपगाछीले सम्मान गरेको छ । २०७२ सालको देउसी भैलो समापन कार्यक्रमको अबसर पारेर प्रमुख अतिथी समेत रहेका संचारकर्मी रिजाललाई क्लबले सम्मान गरेको हो । उनले राष्ट्रिय स्तरमा तोपगाछीको गौरव बढाएको भन्दै क्लबले सम्मान गरेको क्लबका संरक्षक पुन्य दाहालले जानकारी दिए । । रिजालले सहियौ देखिको जातीय एकता मित्रता सद्भाव कायम गरौ,शान्त संमृद्ध र स्वाभिमान नेपालका लागि बन्द निषेधित राष्ट्र घोषणा गरौ भन्दै गत २०६९ भदौ १० गते देखी ३५ दिने मेची–महाकाली नेपाल साइकल यात्रा समेत गरी तोपगाछीको गौरव बढाएको दाहालको भनाइ थियो । दौरा–सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाइएपनि रिजालले सट पाइन्ट नलगाइ विगत १९ बर्ष देखि निरन्तर दौरा–सुरुवाल मात्र लगाइरहेका छन् । रिजालले झापा दमकको पाथीभरा एफ.एममा स्थापना काल देखी दश बर्ष सम्म कार्य गरिसकेका छन भने दमककै रेडियो झापाका संस्थापक समाचार प्रमुख भई विश्वकप फुट्बल,विश्वकप क्रिकेट र इण्डियन प्रिमियर लिग क्रिकेको प्रत्यक्ष प्रशारण गरिसकेका छन् । कार्यक्रममा अतिथी तथा संचारकर्मी अशोक विष्ट,केदार भण्डारी,कृष्ट विष्ट,पुन्य प्रसाद दाहाल,मोहन बाबु शेर्मा लगायतले बोलेका थिए । सोहि कार्यक्रममा क्लबले आफ्नो आय–व्यय समेत प्रस्तुत गरेको थियो । क्लबले देउसी बाट ४२ हजार रुपैया बचत समेत गरेको जनाएको छ । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष मोहन बाबु शेर्माले गरेका थिए । सोहि अबसरमा संचारकर्मी अशोक विष्टले क्लबको प्रगतिको कामना गर्दै आफ्नो तर्फबाट नदग पाँच हजार एक सय एकाउन्न रुपैयाको चेक हस्तान्तरण समेत गरेका थिए । कार्यक्रमा देउसीमा सहभागी ४२ जनालाई प्रमुख अतिथी रिजाल र अतिथी विष्टले प्रशंसा पत्र प्रदान गरेका थिए ।
 

निर्वाचन क्षेत्रको स्थलगत अनुगमन गर्ने विकास समितिको निर्णय




व्यवस्थापिका संसदको विकास समितिले निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत संचालित कार्यक्रमहरुको स्थलगत अनुगमन गर्ने भएको छ ।
समितिले आफूले यसअघि दिएको निर्देशनको कार्यान्वयन सम्बन्धमा पाँच दिनभित्र बुँदागत रुपमा जानकारी गराउन स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
स्थानीय विकास मन्त्रालय अन्तर्गत संचालित चालु आर्थिक वर्षका कार्यक्रम र तिनको प्रगतिबारे स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीसँग आइतबारको बैठकमा छलफल गरिएको थियो ।
छलफल पछि समितिले झापा, भोजपुर, सप्तरी, रौतहट, कास्की, कैलाली, डडेल्धुरा दार्चुला लगायतका १२ जिल्लामा संचालित निर्वाचन क्षेत्र विकास कोष अन्तर्गतका कार्यक्रमहरुको अनुगमनको व्यवस्था मिलाउन स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।
पुनर्निमाणको काम तत्काल अगाडि बढाउन निर्देशन
समितिले टुक्रे आयोजनाका सट्टा जिल्लाको विकासमा योगदान पुग्ने आयोजनालाई प्राथमिकता दिन तथा भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणको काम तत्काल अगाडि बढाउन पनि स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले स्थानीय निकायको निर्वाचनको सम्बन्धमा सरकारको धारणासमेत माग गरेको छ ।
बैठकमा समितिका सदस्यहरुले स्थानीय निकायमा काम गर्ने तल्लो तहका स्थानीय कर्मचारीले कार्यालय प्रमुखलाई अटेर गर्ने गरेको र त्यसले विकास निर्माणका काम प्रभावित हुने गरेको भन्दै स्थानीय विकास राज्यमन्त्री शाहीको ध्यानाकर्षण गराएका थिए ।

Saturday, November 7, 2015

तिहारमा फूलको अभाव नहुने

भारतबाट फूल आपूर्ति नभएपनि यसवर्ष तिहारमा फूलको अभाव


नहुने भएको छ । बजारमा फूलको माग नै कम भएकाले आन्तरिक उत्पादनले नै माग धान्ने फ्लोरिकल्चर एशोसियसन नेपालले छ ।
एशोसियसनका अध्यक्ष लोकनाथ गैरेले आन्तरिक उत्पादन नै पर्याप्त रहेका कारण तिहारमा अभावको अवस्था नहाउने बताए । भारतबाट पनि निकै थोरै परिमाणमा फूल आउने भएको छ ।
‘बैशाखको भूकम्पपछि घटेको फूलको माग अझै पुरानो अवस्थामा फर्केको छैन । दसैंमा पनि अघिल्लो वर्षजति फूल खपत भएन,’ गैरेले भने- ‘तिहारमा पनि पहिलेका वर्षमा जत्तिकै माग हुँदैन । त्यसैले आन्तरिक उत्पादनले नै बजारको माग थेग्छ ।’

नाकाबन्दीका कारण हरेक क्षेत्रमा भएको मूल्यवृद्धिका कारण अधिकांश उपभोक्ता फूलमा धेरै खर्च गर्ने मानसिकतामा देखिएका छैनन् । अघिल्ला तिहारमा धेरै फूल किन्ने उपभोक्ता पनि यसवर्षको बजारको असहज परिस्थतिका कारण सोखका सामग्रीमा खर्च गर्ने स्थितिमा नदेखिएको गैरेको पनि अनुभव छ ।
अघिल्ला वर्षहरुमा तिहारमा भारतबाट २ लाख सयपत्रीका माला नेपाल भित्रिने गरेको थियो । बजारका फूल पसलहरुबाट ४ लाख माला खपत हुने गरेको थियो । तर, यसवर्ष मागमा निकै कटौति हुने देखिएको छ ।
यसवर्ष कात्तिक अन्तिममा तिहार परेकाले अधिकांश स्थानमा सयपत्री, गोदावरी र मखमली फूल फूलिसकेको छ । त्यसैले मागअनुसार बजारमा फूलको आपूर्ति हुने फ्लोरिकल्चर एशोसियसनले जनाएको छ ।
तर, तेल अभावले फूलको ढुवानीमा किसानले समस्या भानेगिरहेका छन् । गाउँमा उत्पादित फूल बजार ल्याउन कृषकलाई गाडीको समस्या भएको छ । ‘मूल्यको विषयमा भने अहिले नै भन्न सकिँदैन । फूल धेरै खपत हुने दिन आपूर्ति कसरी हुन्छ भन्ने कुरमामा निर्भर हुन्छ,’ अध्यक्ष गैरेले भने-‘तेलको अभावका कारण गाउँ-गाउँका फूल ढुवानी गरेर बजारमा लाउन समस्या पर्न सक्छ । त्यसो भएमा आपूर्ति घट्दा मूल्य बढ्न सक्छ ।’

बजारमा फूलको आपूर्तिका आधारमा कुनै स्थानमा सस्तो भएको फूल अन्य ठाउँमा महंगो पनि पर्न सक्ने उनले बताए । 

बिहार चुनावमा मोदीलाई धक्का, नीतिश-लालु गठवन्धनलाई बहुमतको संकेत

२२ कात्तिक काठमाडौं / भारतको बिहार विधानसभा चुनावको मत गणना चलिरहेको छ । र, प्रारम्भिक मत परिणाम अनुसार भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलो धक्का खाने संकेत देखिएको छ ।
Bihar
नीतिशकुमार र लालु यादवको महागठवन्धनले १२५ सिटमा अग्रता लिएको छ । यहि अग्रता अन्तिमसम्म कायम रहे बिहारमा उनीहरुकै सरकार बन्नेछ । २४३ सिट भएको विधानसभामा सरकार बनाउन १२२ भए पुग्छ ।
बिजेपी गठवन्धन भने ९९ सिटमा अगाडी छ । सुरुवातमा बिजेपीले अग्रता लिएको थियो । प्रारम्भिक मतगणनामा अग्रता लिएसँगै बीजेपीका कार्यकर्ताले खुसीयाली मनाउन सुरु गरिसकेका थिए ।
तर, यो धेरैबेर टिकेन । तर, अहिले महागठवन्धन अगाडि गएको छ । र, उनीहरुका कार्यकर्ताले खुसीयाली मनाउन थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मतगणनाअघि भारतमा धेरैजसो ‘एक्जिट पोल’ले सत्तारुढ भाजपा गठबन्धनले बहुमत ल्याउने आँकलन गरेका थिए । केही सर्वेक्षणले चाँहि नीतिश-लालु गठबन्धनले बहुमत पाउने देखाएका छन् ।
बिहारमा १२ अक्टोबरकाट सुरु भएको पाँच चरणको चुनाव ५ नोभेम्बरमा सकिएको थियो । यो चुनावमा लामलुप्रसाद यादवका दुई भाइ छोरा समेत सहभागी छन् । महा दलित नेता जितन राम माझी दुईवटा सीटमा लडेका छन् ।
बिहारमा ६ करोड ६८ लाख अर्थात् ५६.८० प्रतिशतले मतदानमा भाग लिएका छन् । २७२ महिलासहित ३४ सय ५० उम्मेद्वार उठेका छन् ।
सम्पूर्ण क्षेत्रमा विद्युतीय मतदान भएकाले मतगणना केही घण्टामै सम्पन्न हुने छ ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...