Thursday, October 8, 2015

विश्व दृष्टि दिवसः परिचय तथा महत्व


                                                              
 बिनोद दहाल (तुलसी)       /      “विश्व दृष्टि दिवस”एउटा अन्तराष्ट्रिय महत्व राख्ने दिवस हो जुन विश्व भर विविध कार्यक्रमहरुको आयोजना गरि मनाउने गरिन्छ । हरेक साल अक्टुबर महिनाका दोश्रो बिहिबार मनाउने गरिएको यो विश्व दृष्टि दिवस यस पटक ८ अक्टोबर (२१ आश्विन) मा परेको छ। सन १९९८ मा विश्व स्वास्थ्य संगठन (WHO),अन्धोपन निवारण सम्बन्धी अन्तराष्ट्रिय संस्था (IAPB)  तथा लायन्स क्लब अफ    ईन्टरनेशनलको अगुवाईमा पहिलो पटक “विश्व दृष्टि  दिवस” मनाएर यो परम्पराको थालनी गरिएको हो । हरेक बर्ष अलग अलग नारा दिएर मनाउँदै आएको यो दिवसले यस पटक भने “सबै का लागि आँखा उपचार” (EYE CARE FOR ALL),भन्ने नारा अघि सारेको हो । “अन्धोपन तथा न्यून दृष्टि”को समस्या नेपाल जस्तो अल्पविकसित राष्ट्रमा मात्र नभइ विश्वका सबै ठाँउहरुमा बिकराल समस्याको रुपमा अघि आईरहेको छ । तिन दशक अघि र अहिलेलाई तुलना गरेर हेर्दा अन्धोपन तथा न्यून दृष्टि गराउने कारणहरुमा धेरै ठूलो परिवर्तन आएको देखिन्छ । तिन दशक अघि यानी बि.स.२०४०को आसपासमा हाम्रो देशमा किटाणुबाट हुने संक्रमित रोग तथा पोषण यूक्त खानाको कमिले हुने रोग हरुका कारण दृष्टि विहिन तथा न्यून दृष्टि हुने हरुको संख्या उल्लेखिय थियो । सरसफाईमा कमी, जनचेतनाको अभावका कारण आखाँमा लाग्ने खस्रे रोग (Trachoma)  त्यो समयमा एउटा बिकराल समस्या थियो । बालबालिका देखि बयस्क तथा बृद्घहरु समेत यो रोगबाट ग्रसित थिए । त्यसै गरी पोषण युक्त खानाको अभावले गर्दा बालबालिकाहरुमा भिटामीन–ए को कमीले हुने रतन्धो तथा अन्धोपनको समस्या (Xerophthalmia)  समेत त्यो बेलाको प्रमुख चुनौती थियो । तर ,आज आएर नेपालीहरुको जिवन स्तरमा आएको क्रमिक सुधार, स्वास्थ्य सँस्थाहरुको सेवामा विस्तार, साथै शारिरिक स्वास्थ्यमा आएको सुधार  संगसगै  अन्धोपन तथा न्युनदष्टि को प्रकृतिमा समेत ठूलो परिवर्तन आएको छ । संक्रमणका कारणले गर्दा हुने खस्रे रोग, जुन तिन दशक अगाडी हाम्रा अगाडी विकराल रुपमा खडा थियो, आज आएर नेपालमा पूर्ण रुपमा निर्मुल भएर गएको छ । हालै मात्र मेची अञ्चलमा गरिएको सर्वेक्षणले एउटा पनि खस्रे रोगका विरामी फेला नपरेको सुखद समाचार हाम्रा सामु ल्याइदिएको छ । त्यसै गरी पोषणयुक्त खानाका कमिले हुने रोग “रतन्धो तथा आखाँको नानीमा आउने समस्या” (Xerophthalmia) पनि हाम्रो देशबाट उन्मुलन हुदै गईरहेको अवस्था छ । एकातिर माथि उल्लेखित समस्याबाट हामीले छुटकारा पाउदै गएको मा हर्षित हुने अवस्था त छदैछ, अर्को तर्फ अन्धोपन तथा न्यून दृष्टिका नयाँ कारणहरु हामी माझ चुनौती पूर्ण रुपमा अघि आइरहेका छन् । “मधुमेह (Diabetes) आँखाको चाप (प्रेसर) संग प्रत्यक्ष सम्बन्ध राख्ने रोग जलविन्दु (Glaucoma), उमेर वढ्दै जाँदा आँखाको पर्दामा आउन सक्ने परिवर्तनहरु ARMD जस्ता रोगहरुले पहिले देखा परेका रोगहरु खस्रे तथा संक्रमणहरुलाई विस्थापित गरिरहेको अवस्था छ । उपचार तथा रोकथाम गर्न यी समस्याहरु तुलनात्मक रुपमा कठिन साथै खर्चिला हुनाले यी रोगहरुमा नियन्त्रण पाउन अहिले निकै चुनौती थपिएको छ । सबै भन्दा हेक्का राख्नु पर्ने कुरा त के छ भने मधुमेहका कारणले आँखामा आउने असर (Diabetic Retinopathy) तथा आँखाको चाँपसंग प्रत्यक्ष सम्बन्ध राख्ने रोग जलविन्दु (Glaucoma ) का बिरामीहरुले प्रारम्भिक अवस्थामा कुनै लक्षण तथा चिन्हहरुको अनुभव नै गर्दैनन् । भन्नुको मतलव यी रोगहरुले हाम्रो आँखालाई  थाहै नपाई असर गर्दै जान थाल्छन् । जव विरामीले दृष्टि कम भएको महसुस गर्न थाल्दछन् तब उपचार गरेर पुनः दृष्टि प्राप्त गर्न निकै कठिन हुन जान्छ । यस्ता आँखाका रोगीहरु अरु कुनै समस्या भएर अस्पतालमा आई जाँच गर्दा मात्र पत्ता लाग्ने भएको हुदा धेरै ढिलो मात्र रोगको निदान  हुने गरेको पाईएको छ । यो सत्यतालाई दृष्टिगत गर्द यसपटकको दृष्टि दिवसले आफ्नो आँखा जाँच गराऔं (GET YOUR  EYES TESTED) भन्ने नारा अघि सारेको छ । 

तसर्थ विश्व दृष्टि दिवसले अघि सारेको यस नारालाई सफल पार्न हामी सबैले निम्न कुराहरुमा ध्यान पु¥याऔं । 
क)विद्यालय जानु अघि र गईरहेका बालबालिकाहरुको अनिवार्य रुपमा आँखा जाँच गराऔं । 
ख) चालिस बर्ष उमेर नाघेका सबैले हरेक बर्ष आँखा जाँच गर्ने बानी बसालौं । 
ग) मधुमेह (Diabetes)  तथा उच्च रक्तचाप(High Blood Pressure) जस्ता समस्या भएका सबैले नियमित रुपमा आँखा जाँच गराऔं । 
घ) परिवारका सदस्यहरु कसैमा जलविन्दु भएमा अन्य व्यक्तिहरुले समेत आँखा जाँच गराऔं ।


                                                                                                                                 बिनोद दहाल (तुलसी)
                                                                                                                                       (नेत्र अधिकृत)                                                                                                                                   बिर्तामोड आँखा अस्पताल

घटस्थापनादेखि दशैंको पूर्णिमासम्म बिदा दिन गृहको प्रस्ताव




काठमाडौं–पेट्रोलियम पदार्थको चरम अभाव सुरु भएको भन्दै
गृहमन्त्रालयले हिन्दुहरुको महान चाड घटस्थापनादेखि विजया दशमीको पूर्णिमासम्म सरकारी बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ।

सरकारी कार्यलयलाई बिदा दिएर सरकारीस्तरमा खपत हुने इन्धन सार्वजनिक यातायातलाई दिन गृहले प्रस्ताव गरेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए। उनले मधेसमा अहिले पनि कर्मचारीले काम गर्न नसकेको र बाँकी ठाउँमा इन्धन अभावमा काम प्रभावित भएको भन्दै १४ दिने सरकारी बिदा दिने प्रस्ताव गरेको ढकालले बताए।

सरकारी कार्यालयलाई विदा दिएर पेट्रोलियम पदार्थ सार्वजिनक यातायातलाई दिने तयारी भइरहेको छ,उनले नागरिकन्युजसँग भने,दशैंमा घर जाने सर्वसाधारणलाई पठाउन सार्वजनिक यातायातलाई पेट्रोल दिन यो प्रस्ताव गरिएको हो।गृहको प्रस्तावमा बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ।

गृहले कार्यलय आउ जाउ गर्नसमेत इन्धनको अभावमा समस्या हुन थालेपछि घटस्थापनादेखि पूर्णिमासम्म विदा दिने प्रस्ताव गरेको हो। यसैगरी केही दिनपछि सरकारी नम्बर प्लेटका गाडीलाई इन्धन नदिइ सार्वजनिक यातायातका साधनलाई इन्धन दिने तयारी भइरहेको प्रवक्ता ढकालले जनाए।

Monday, October 5, 2015

आपूर्ति सहज नपारे उद्योगीहरुले सरकारलाई चाबी बुझाउने



काठमाडौ, १९ असोज । उद्योगी ब्यवसायीहरुले अघोषित नाकाबन्दीका कारण मुलुकको उद्योग ब्यवसाय धरासायी भएको भन्दै दुई तीन दिनभित्र आपूर्ति सूचारु नभए आफूहरु सम्पूर्ण उद्योग बन्द गरेर चावी सरकारलाई बुझाउने चेतावनी दिएका छन ।
नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वमा चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका प्रतिनिधिहरुले आज प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री डा. रामशरण महतलाई भेटेर ज्ञापनपत्र बुझाउँदै त्यस्तो चेतावनी दिएका हुन । ज्ञापनपत्र बुझाउँदै उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले अघोषित नाकाबन्दीका कारण मुलुकका उद्योग ब्यवसायहरु धारासायी बनेको भन्दै तत्काल आपूर्ति सहज गराउन सरकारले पहल नगरे उद्योगहरु पूर्ण रुपमा बन्द हुने स्थितिमा पुगेको बताए ।
उनले मधेसमा आन्दोलनरत मधेसी दलहरुसँग तत्काल बार्ता गरेर उनीहरुको माग संबोधन गरेर बातावरण सहज पार्ने र भारतसँग पनि कुटनीतिक च्यानलबाट आपूर्ति सहज बनाउन ठोस पहलगर्नु पर्ने भन्द अन्यथा आफूहरु उद्योग बन्द गरेर सरकारलाई चावी बुझाउन बाध्य हुने चेतावनी दिए ।
प्रधानमन्त्री कोइरालाले आपूर्ति सहज बनाउन पहल जारी रहेको र आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधै कुरा गर्ने प्रयास गरिरहे पनि उहाँको ब्यस्तताले कुराकानी हुन नसकेको बताए । उनलेभने –केही समय मोदीजी अमेरिकामा हुनु हुन्थ्यो । अहिलेपनि सम्पर्ककोलागि पहल गरिरहेको छु तर विहारको निर्वाचनको कारण उहाँ ब्यस्त हुनु हुन्छ । अरु अधिकारीहरुसँग कुरा भईरहेको छ ।
प्रधानमन्त्रीले मधेसी दलहरुसँग बार्ता रहेको जानकारी दिदै केही दिनमा समस्या समाधान गर्नु पर्ने बताएका थिए ।
सँगै रहेका अर्थमन्त्री डा. रामशरण महतले विराटनगरबाट आपूर्ति भईरहे पनि रक्सौलनाका सञ्चालन नहुँदा संकट पूर्ण अवस्था आएको भन्दै बाटो खुलाउन र विकल्पको बारेमा कुराकानी भईरहेको बताएका थिए ।

फास्ट ट्रयाकमा राष्ट्रघात






काठमाडौं/  राजनीतिक दलदेखि सर्वसाधारण समेतले विरोध गरेपछि

काठमाडौं–तराई फास्ट ट्र्याकको ठेक्का रोख्न आइतबार संसदीय समितिले सरकारलाई निर्देशन दियो । तर, तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले प्रस्तावित भारतीय कम्पनीलाई ठेक्का दिँदा राष्ट्रघात हुने भन्दै त्यतिबेलै रोक्न आग्रह गरेका थिए ।



पौडेलले ६ महिनाअघि अर्थात २०७१ चैत ३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ४ पृष्ठ लामो ध्यानाकर्षण पत्र लेख्दै यो प्रक्रियामा सडक बनाउँदा राज्यलाई खर्बौं रुपैयाँ व्ययभार पर्ने दाबी गरेका थिए । तत्कालीन भौतिक सचिव तुलसीप्रसाद सिटौलालाई ध्यानाकर्षण गर्दै लेखिएको पत्र ुपूरै बेवास्ताु गरियो ।

पौडेलले अवगतार्थका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ र भौतिक मन्त्रालयलाई समेत यसको जानकारी गराएका थिए । सिटौलालाई लेखेको पत्रमा जोखिम सबै राज्यले बेहोरेर व्यवसायीलाई नाफा मात्रै खान दिने फास्ट ट्र्याक निर्माणको मोडल ठिक नभएको उल्लेख छ । भारतीय आइएल एन्ड एफएस कम्पनीलाई आयोजना बनाउन दिँदा पुस्तौंसम्म राज्यले उसलाई क्षतिपूर्ति तिर्नुपर्ने पौडेलको ठहर थियो ।

ुराजस्व प्रत्याभूति वा न्यूनतम सवारी प्रत्याभूतिमा सडक बनाउने गरी सम्झौता हुँदैन भन्ने सार्वजनिक भएपछि नीति, व्यापार÷सञ्चालन र काबुबाहिरको परिस्थिति ९फोर्स मेजर० सबै जोखिम राज्यले बेहोरेर व्यवसायीलाई नाफा मात्र खान दिने मोडल यो सडकका लागि ठिक नभएकाले त्यसो नगर्न तपाईंलाई आग्रह गरिएको हो,ु पत्रमा भनिएको छ ।

सिटौलाको ध्यानाकर्षण गर्दै उनले लेखेका छन्, तपाईंले भायबिलिटी ग्याप फन्डिङु भिजिएफ राजस्व र सवारीको प्रत्याभूतिजस्तै हो भन्नुभएको र मैले उदाहरण दिएर हामीले भनेको भिजिएफमा निर्माणका चरणमा एकपटक पुँजीगत अनुदान दिएपछि सञ्चालन जोखिम व्यवसायीले बेहोर्ने हो । तर, न्यूनतम ट्राफिक÷राजस्व प्रत्याभूतिको मोडलमा व्यवसायीले गरेका सबै खराब कर्मको फलस्वरूप हुने दैनिक व्यापार घाटासमेत सरकारले बेहोर्नुपर्ने दुवै एउटै होइन भनेको थिएँ ।

बिहारका मुख्यमन्त्रीले सन् २०१२ मा त्यहाँ भिजिएफमार्फत सडक बनाउन प्रस्ताव गरेकोमा शून्य भिजिएफमा थप राजस्व राज्यलाई बुझाउने गरी निर्माण प्रस्ताव आएको जानकारी तपाईंसँग सेयरु गरेको थिएँ । न्यूनतम राजस्व प्रत्याभूति गरी सडक निर्माण गर्ने सार्वजनिक निजी साझेदारी पिपिपी मोडल थाइल्यान्ड, मलेसिया, दक्षिण कोरियालगायत देशमा असफल भएको जानकारी गराएको थिएँ,पत्रमा भनिएको छ ।

भारतको महालेखा परीक्षकले समेत सडक निर्माणमा यस्तो मोडालिटी अवलम्बन नगर्न सरकारलाई सल्लाह दिएको उल्लेख गर्दै पौडेलले विश्वमा असफल भएको मोडल नअपनाउन त्यतिबेला सचिवलाई निर्देशन दिएका थिए । तर, सिटौला उच्च आर्थिक प्रलोभनमा परेर भारतीय कम्पनीलाई नै ठेक्का दिन लागिपरे ।

दु्रतमार्ग निर्माणको अहिलेको प्रक्रिया कुनै हालतमा उचित नभएको औंल्याउँदै पौडेलले पत्रमा ६ वटा बुँदा किटान गरेर प्रक्रिया अगाडि नबढाउन आदेश दिएका थिए । पूर्वाधार लगानीका क्षेत्रमा पिपिपी मोडलको अन्तर्राष्ट्रिय अनुभव मिश्रित छ । टेलिकम, ऊर्जा, बन्दरगाह, विमानस्थलजस्ता आयोजनाको तुलनामा सडक आयोजनाको पिपिपी मोडल सफल छैन ।

यस दु्रत मार्गमा निजी कम्पनीले प्रक्षेपण गरेको राजस्वका लागि आवश्यक सवारी संख्या नपुग्ने प्रस्ट छ । सडकको क्षमता पूर्ण उपयोग नभएको अवस्थामा अझ उच्च महसुल लगाउने हो भने सवारी संख्या झन् घट्ने र त्यसले रणनीतिक महत्वको सडकले ल्याउन सक्ने सम्भावित आर्थिक गतिविधिमा संकुचन आउनेछ । अर्कोतर्फ कम सवारी भएवापत सरकारले कम्पनीलाई क्षतिपूर्ति तिर्नुपर्नेछ ।

भन्सार नाकामा अझै कडाइ

 १९ असोज,काठमाडौं/  अघोषित नाकाबन्दी लगाएर नेपाललाई अप्ठ्यारो पार्दै आएको भारतले जोगबनी र रुपैडिहाबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ ल्याउन रोक लगाएको छ। विराटनगरको जोगबनी र नेपालगन्जको रुपैडिहाबाट सोमबार साँझसम्म पेट्रोलियम पदार्थ बोकेका ३९ ट्यांकर मात्र नेपाल भित्रिएका छन्। जोगबनी नाकाबाट पेट्रोलका १०, डिजेलका २० र ग्यासका दुई गरी ३२ ट्यांकर भित्रिएका छन्। एसएसबीले सोमबार अबेर रुपैडिहाबाट पाँचवटा डिजल ट्यांकर र दुईवटा ग्यास बुलेट गरी ७ वटा ट्यांकर छाडेको छ। काँकडभिट्टा, वीरगन्जको रक्सौल, भैरहवाको बेलहिया र धनगढीको गौरीफन्टा नाकाबाट केही मालवाहक ट्रक भित्रिए पनि इन्धन ट्यांकर भने आएनन् । झापा संवाददाता राजु अधिकारीका अनुसार पूर्वी नाका काँकडभिट्टाबाट आइतबार चार बुलेट खाना पकाउने ग्यास पठाएको भारतीय पक्षले सोमबार त्यसमा पनि रोक लगाएको छ। नाकाबन्दी खुलेको छनक दिन उसले थोरै इन्धन काँकडभिट्टा पठाउने तयारी गरेको छ। तर, यस्तै शैलीले झुक्याउँदै नाकालाई अझै नियन्त्रित गर्ने उसको नियत प्रस्टिएको छ। नेपाली ट्यांकरहरूलाई तेल भर्नै रोक लगाइरहेको इन्डियन आयल कर्पोरेसनले सोमबार पाँच ट्यांकर डिजेल र एक ट्यांकर हवाई इन्धन भने भरिदिएको छ। पश्चिम बंगालको सिलिगुढीस्थित कर्पोरेसनको डिपोमा इन्धन भरेपछि ती साधन पूर्वी नाका काँकडभिट्टातिर आउने क्रममा छन्। काँकडभिट्टा प्रहरीप्रमुख डिएसपी श्यामकृष्ण अधिकारीका अनुसार ११ दिनयता तेल भर्न पालो कुरेर बसेका नेपाली ट्यांकरलाई बल्ल डिजेल र हवाई इन्धन थोरै भए पनि दिइएको हो। तर, पेट्रोल र मट्टीतेल भने अझै भरिएको छैन। 'तेल थोरै भए पनि भरिएको जानकारी आएको छ ', मेची भन्सारका एक अधिकृतले भने, 'तर, अब नाकामा एसएसबीले के गर्छ, हेर्नु छ।' इन्धनबाहेकका गाडीचाहिँ सोमबार काँकडभिट्टा नाकामा ठूलो संख्यामा भित्रिएका छन्। मेची भन्सारप्रमुख भीमप्रसाद अधिकारीका अनुसार तेस्रो देशबाट आएका १६ वटा सहित जम्मा १ सय २८ वटा ट्रक तथा गाडी सोमबार एकै दिन नेपाल भित्रेका छन्। जोगबनीबाट ३२ ट्यांकर भित्रिए विराटनगर संवाददाता विनोद सुवेदीका अनुसार भारतीय पक्षस"ग सहमतिसँगै १२ दिनपछि जोगबनी नाका सञ्चालनमा आएको छ। सोमबार जोगबनीबाट पेट्रोलका १०, डिजेलका २० ट्यांकर, ग्यासका दुई बुलेट र मार्बल, स्याउ, औद्योगिक कच्चा पदार्थ बोेकेका ५८ वटा गाडी नेपाल प्रवेश गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ। कार्यालयप्रमुख कृष्ण बस्नेतका अनुसार भारतीय पक्षसँग सहमतिपछि आइतबार राति प्रहरीले धर्नाकारीलाई नाकाबाट हटाएको थियो। सोमबार बिहानैदेखि नाका खुले पनि दिउ"सो ३ बजेदेखि जोगबनीस्थित भारतीय कस्टमले इन्टरनेटमा समस्या आएको जनाउ"दै गाडी जा"चपास बन्द गरेको छ। सीमापारि जोगबनीआसपासका सडकमा १२ दिनदेखि रोकिएका सयभन्दा बढी इन्धन ट्यांकर र हजारभन्दा बढी मालवाहक ट्रक अलपत्र अवस्थामा छन्। नाका सञ्चालन भएसगै विलम्ब शुल्क तिर्नुपर्ने डरले जोगबनीस्थित भारतीय कस्टममा नेपालका व्यवसायीको भीड बढेको भन्सार स्रोतले बताएको छ। स्रोतका अनुसार भारतीय कस्टममा नेपालका व्यवसायी, भन्सार एजेन्टहरूले आफ्नो सामान पहिले पठाइदिन दबाब दिन लर्को लाग्दा सामान जा"चपासमा पनि समस्या उत्पन्न भएको छ। आयातकर्ताले प्रतिट्रक दैनिक दुई हजारदेखि पा"च हजार रुपैया"सम्म विलम्ब शुल्क तिर्नुपर्ने हुन्छ। बेलहियामा झन् कडाइ बुटवल संवाददाता शेरबहादुर केसीका अनुसार नेपालबाट गएका इन्धनका गाडीलाई आइओसीको डिपोबाटै लोड गर्न नदिने र अरू गाडीको अवरोध पनि नहटाउने रबैया भारतीय पक्षले कायमै राखेको छ। सोमबार बैतालपुरस्थित आइओसी डिपोमा इन्धनका ३५ ट्यांकर गए पनि पेट्रोल र डिजेलका दुई–दुई ट्यांकर मात्र लोड गरिए। 'भारतीय अधिकारी सुरक्षा प्रबन्ध ठीक रहेको प्रतिक्रिया दिन्छन् तर पनि इन्धन भने लोड गरिदिँदैनन्,' रुपन्देहीका प्रजिअ विष्णुप्रसाद ढकालले भने। भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्र प्याकुरेलका अनुसार सोमबार दिउ"सो १ बजेसम्म ३७ गाडी नेपाल भित्रिएका थिए। त्यसलगत्तै आन्दोलनकारीले सीमाक्षेत्रमा प्रदर्शन गरे। केही बेरमै प्रहरीले स्थिति साम्य पारेपछि थप आधा दर्जन गाडी भित्रिए। त्यसपछि भने भारतले कुनै गाडी पठाएन। 'सुरक्षा प्रबन्धमा कुनै समस्या छैन, भारतीय पक्षले असुरक्षाको कारण देखाइरहेको छ, बु‰न सकिएको छैन,' उनले भने। यसैबीच भरतलाई नाका खुलाउन दबाब बढेसँगै शान्तिपूर्ण प्रदर्शन र धर्नामा रहेका आन्दोलनकारी उत्तेजित हुन थालेका छन्। उनीहरू सीमापारिबाट गुलेलीले प्रहरीलाई ढुंगा र गुच्चा हान्न थालेका छन्। आन्दोलनकारीको गुलेली प्रहारबाट सोमबार जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीसहित नौ प्रहरी घाइते भएका छन्। सीमापारि कामविशेषले पुगेका बुटवल, देवीनगरका गणेश थापा निर्घात कुटिएको बेलहिया प्रहरी चौकीले जनाएको छ। अन्य दुई युवालाई पनि लछारपछार गर्दै नेपालतिर लखेटिएको थियो। अवरोध हटाउन आनाकानी नेपालगन्ज संवाददाता अर्जुन ओलीका अनुसार रुपैडिहामा लामो समयदेखि रोकिएका सबै पेट्रोलियम ट्यांकर छाड्न नेपाली अधिकारीले गरेको आग्रहलाई भारतीय पक्षले अस्वीकार गरेको छ। भारतको उच्च निकायले आइतबारदेखि नै नेपालगन्ज नाका खोल्ने आश्वासन दिए पनि रुपैडिहास्थित भारतीय सुरक्षा अधिकारीले कार्यान्वयन गरेनन्। दिनभर नेपाली पक्षले गरेको आग्रहलाई बेवास्ता गरेको एसएसबीले बेलुका ७ वटा पेट्रोलियम ट्यांकर मात्र छाडेको छ। यसमध्ये पाँचवटा डिजल ट्यांकर र २ वटा ग्यास बुलेट भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ। सोमबार बेलुकासम्म एसएसबीले अन्य १३ वटा मालवाहक ट्रक तथा कन्टेनर छाडेको छ। पेट्रोलियम ट्यांकरभन्दा मालवाहक साधन दोब्बर बढी छन्। एसएसबीले दिउँसो मात्र नेपाली अधिकारीलाई पेट्रोलियम ट्यांकर छाड्न माथिको आदेश आउनुपर्ने र अहिलेसम्म त्यस्तो कुनै आदेश नआएको जवाफ फर्काएको थियो।

Sunday, October 4, 2015

बिहारमा बीजेपीको पाहुना बन्दै महतोले भने- भारतले सहयोग नगरे मधेसले हार्छ

बिहारमा बीजेपीको पाहुना बन्दै महतोले भने- भारतले सहयोग नगरे मधेसले हार्छ 'मधेसले हार्नु भनेको भारतले हार्नु हो'

Rajendra-Mahato-With-BJP-Le
  • विहारमा बीजेपीका नेताहरुसँग सदभावना अध्यक्ष राजेन्द्र महतो । तस्वीर स्रोत : एक्सप्रेस फोटो/मुजामिल जलील
रक्सौल (भारत) । मध्यरात कटिसक्यो, तर रक्सौल जागै छ । नेपालतर्फको सडक अवरुद्ध गरिएको छ, तर यो भिड महेशकुमार अग्रवालको घर अगाडि जम्मा भएको किन होला ?
यहाँ बनाइएको रहेछ एउटा क्यान्टिन, जो आन्दोलनकारीलाई खाना खुवाउनका निम्ति रातभर जाग्छ । महिमा एक्सपोर्ट्सका सञ्चालक अग्रवाल यस सीमा शहरका एक चिरपरिचित व्यापारी हुन् । साथसाथै भारतीय जनता पार्टीका कार्यकर्ता पनि ।
उनको घरको खुल्ला गेटमा बलिरहेको बिजुलीको चमक मुनि नेपालमा नयाँ संविधानविरुद्ध जारी आन्दोलनलाई बिहारको चुनावमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे विवेचना भइरहेको छ ।
‘म यो मानवीय शिविरको रेखदेख गर्दैछु जहाँको हाम्रा मधेसी दाजूभाइहरुलाई भात खुवाउने गरिन्छ,’ अग्रवाल भन्छन्, ‘उहाँहरु बहुतै राम्रा मागहरु लिएर धर्नामा बसिरहनुभएको छ । उहाँहरुलाई हामीले सहयोग नगरे कसले गर्छ ?’ अग्रवाललाई भन्छन् ।
आफूहरुले प्रत्येक दिन औसत ६ हजार देखि ७ हजार आन्दोलनकारीलाई भात खुवाउने गरेको उनी बताउँछन् ।
अग्रवालको भनाइमा नेपालका आन्दोलनकारीसित उनीहरुको ‘रोटीबेटीको सम्वन्ध’ छ । उनलाई यो पनि थाहा छ, नेपालको आन्दोलनलाई साथ दिन सके बिहारको आगामी चुनावमा कसरी प्रभाव जमाउन सकिन्छ ।
‘यदि विजेपी सरकारले गलत कदम चाल्यो भने यसले चुनावमा पार्टीलाई असर गर्न सक्छ । तर, सही कदम चालेको खण्डमा फाइदा लिन पनि सकिन्छ । बोर्डरबाट ५० कलोमिटर वारपार रहेका जनताबीच व्यापारको मात्रै सम्वन्ध छैन, रगतको सम्वन्ध पनि छ,’ अग्रवाल भन्छन्, ‘बिहारका ४० प्रतिशत मतदाता मधेसी समुदायका छन् । त्यसैले केन्द्रीय सरकारले यो विषयलाई कसरी ह्याण्डल गर्छ भन्ने महत्वपूर्ण छ ।’
गुप्ताले भने, ‘यदि भारतीय सरकार लत्रियो र मधेसी दाजुभाइहरुलाई दबाव पर्‍यो भने हामी पनि सडकमा निस्कनेछौं । हामी नहरको पुल तोड्नेछौं, उनीहरुले के सक्छन्, गरुन् ।’
अहिलेसम्म भारतले कठोर अडान लिएर आन्दोलनकारीलाई संरक्षण दिएकोमा अग्रवालले आफ्नो भारत सरकारलाई धन्यवाद दिए । अग्रवाल अझै अगाडि बढेर भन्छन्, ‘नेपालमा पहाडीहरुलाई ठेगानमा राखेर मधेसीहरुलाई अगाडि बढाउनैपर्छ । उनीहरु सधैं चाइनाको नाम लिएर हामीलाई ब्ल्याकमेलिङ गर्छन् । हामी पनि हेरौं न, कसरी लिन्छन् चाइनाको सहयोग । ६७ प्रतिशतभन्दा बढी नेपालको व्यापार हाम्रै बोर्डरबाट हुन्छ । ८० प्रतिशत पेट्रोलियम पदार्थ पनि हामीले नै दिन्छौं । हाम्रो सरकारले गरेको नाकाबन्दीले उनीहरुको हैसियत उजागर गरेको छ ।’
यस क्षेत्रका बीजेपीका नेता तथा सांसद सञ्जय जैसवाल र विधायक डा. अजयकुमार सिंहले भने प्रत्यक्षरुपमा आन्दोलनमा भाग लिएका छैनन् । ‘कुटनीतिक कारणले आफूहरु धर्नामा बस्न नसक्ने’ उनीहरु बताउँछन् ।
भारतले सहयोग नगरे हामी हार्छौं : महतो
गत बुधबार अग्रवालको क्यान्टिनमा एक विशेष व्यक्ति खाना खाँदै थिए, नाकाबन्दीमा संलग्न सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो ।
‘भारत जे ठीक भन्छ, मधेसीका लागि त्यही ठीक हो,’ महतोले भने, ‘नेपाली बोल्ने पहाडी मानिसहरुको राष्ट्रियता भनेको भारतको विरोध गर्नु मात्रै हो । हामी मधेसीले मात्रै नेपालमा भारतविरोधी क्रियाकलापलाई कमजोर पार्न सक्छौं ।’
आन्दोलनलाई संकेत गर्दै उनी भन्छन्, यो भारतीयहरुको धर्ना होइन, यो हाम्रो धर्ना हो.. उनीहरुले हाम्रो मागहरु पूरा गरेर संविधान संसोधन गरे भने नाकाबन्दी एक सेकेन्डमै हट्छ ।’
महतोले मधेसको आन्दोलनलाई १६ सेप्टेम्बरदेखि भारतले साथ र सहयोग दिएकोमा आभार व्यक्त गरे । उनले भने, ‘यदि भारतको सहयोग घट्यो र अडान कमजोर भयो भने मधेसी आन्दोलन असफल हुन्छ र हाम्रो जीवन दासको जस्तो हुन्छ । मधेस आन्दोलन असफल हुनु भनेको भारत असफल हुनु हो ।’
‘नेपालीहरु मधेसीलाई दास बनाउन चाहन्छन्,’ रक्सौलको नागा रोडमा बस्ने सुरेशकुमार गुप्ता भन्छन्, ‘यदि भारत सरकारले हाम्रा मधेसी दाजुभाइ-दिदीबहिनीको साथ छोड्यो भने हामी सबै नेपालमा आन्दोलन गर्न जान्छौं ।’ गुप्ताले यसो भन्दा वरिपरि बसेर सुनिरहेका सबैले सहमतिस्वरुप टाउको हल्लाए ।
भारतीय नागरिक गुप्ताकी श्रीमती वीरगञ्जबाट १५ किलोमिटर टाढा रहेको डाकेला भवेरी (नेपाल) की हुन् भने बहिनीलाई पनि बीरगञ्जमै बिहे गरेर दिएका छन् । गुप्ताले भने, ‘यदि भारतीय सरकार लत्रियो र मधेसी दाजुभाइहरुलाई दबाव पर्‍यो भने हामी पनि सडकमा निस्कनेछौं । हामी नहरको पुल तोड्नेछौं, उनीहरुले के सक्छन्, गरुन् ।’
बाहिर गल्लीमा केही मानिसहरुको समुह जय मधेसको नारा लगाउदै पुलतिर कुद्यो । यहाँ देखिएका अनुहारहरु यति अन्तरघुलित छन् कि को मधेसी हुन् र को भारतीय सहजै छुट्याउन सकिँदैन । छुट्याउन सकिने एक मात्र चिज यहाँ छ, मोटरसाइकलको नम्बर प्लेटको रंग : जुन नेपालीका लागि रातो छ ।
(भारतीय पत्रिका दी इण्डियन एक्सप्रेसमा प्रकाशित फिचरको अनुदित सारांश)

आपूर्ति सुचारु पार्न भारतीय भन्सार प्रमुख सहमत, तेल प्राथमिकतामा

 काठमाडौं/  डेढ हप्तादेखि ठप्प रहेको विराटनगर भन्सार नाका पूर्ववत सञ्चालन गर्न दुई देशका भन्सार प्रमुखहरु, ट्रान्सपोर्टर र भन्सार एजेन्टहरु सैद्धान्तिक रुपमा सहमत भएका छन्।
विराटनगर भन्सारका प्रमुख कृष्ण बस्नेत तथा उनका भारतीय समकक्षी प्रनेस गुप्ता सहभागी बैठकले भारतीय क्षेत्रमा रोकिएका पेट्रोल ट्याङ्कर लगायत मालबाहक गाडी सकेसम्म छिटो नेपाल पठाउने निर्णय गरेको छ। बैठकले ४ बुँदे निर्णय गर्दै एक्कासि नाका खुल्दा हुने चाप व्यवस्थापन गर्न विराटनगर भन्सारमा हेल्प डेस्क स्थापना गर्ने निर्णय पनि गरेको छ।

भारतीय पक्ष आपूर्ति सहज पार्न सैद्धान्तिक रुपमा सहमत भए पनि आइतबार अपरान्हसम्म कुनै गाडी नेपाल भित्रिएका छैनन्। बैठकपछि पत्रकार सम्मेलन हुँदैछ त्यसपछि गाडी छोड्ने सम्भावना छु, नेपाली पक्षबाट बैठकमा सहभागी एक जना प्रतिनिधिले नागरिकन्युजसँग भने।

बैठकमा दुवै देशका ट्रान्सपोर्टर, भन्सार एजेन्ट सहभागी थिए। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङका प्रतिनिधि समेत बैठकमा थिए। यो बाहेक दुवै मुलुकका स्थानीय सुरक्षा प्रमुखहरु बैठकमा सहभागी थिए। भन्सार नाका पूर्वत सञ्चालन गर्ने निर्णय भए पनि मधेसी मोर्चाका कार्यकर्ताले जोगबनी नाकामा धर्ना जारी राखेका छन्। भन्सार नाकाको दुई नम्बर ढाटमा उनीहरु पाल टाँगेर बसिरहेका छन्।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...