Friday, July 15, 2016

उपप्रधानमन्त्री गच्छदार बिहानै दाहाल निवासमा, अविश्वासको प्रस्तावमाथि समर्थन गर्न दाहालको आग्रह

 ३१ असार, २०७३ / नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ । नेपाली कांग्रेसले अध्यक्ष पुष्पकमल दाहाललाई भावी प्रधानमन्त्रीका रुपमा स्विकार गरेपछि सत्तासमिकरणको जोडघटाउन मिलाउन माओवादी केन्द्रको बैठक बसेको हो । राजधानीको लाजिम्पाटस्थित अध्यक्ष दाहाल निवासमा झण्डै २ घण्टा यता जारी बैठकमा सरकार बिरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा समर्थन जुटाउने सम्बन्धमा आगामी रणनीतिबारे छलफल भईरहेको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्रीलाई विश्वासको मत पुर्‍याउन नदिन कांग्रेस–माओवादी केन्द्रलाई २ सय ९८ मत आवश्यक छ । यस्तै बैठकमा आगामी आर्थिक बर्षको बजेट पारित गर्न दिने नदिने बिषयमा समेत छलफल भईरहेको ती नेताको भनाई छ । 

आफै सहभागी सरकारले ल्याएको बजेट पारित गर्न दिनु पर्ने भन्दै केही नेताले बजेटसँग सम्बन्धित केही विधेयकलाई रोक्न नहुने तर्क गरेका छन् ।

यसैबीच अध्यक्ष दाहालले आज सरकारका उपप्रधानमन्त्री समेत रहेका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गर्नुभएको छ । 


दाहाल निवासमा झण्डै ४५ मिनेट भएको भेटमा आफु नेतृत्वमा अब बन्ने सरकारमा सहभागी हुँदै अविश्वासको प्रस्तावमाथि समर्थन गर्न दाहालले आग्रह गर्नुभएको स्रोतको भनाई छ । 

सत्तारुढ दलहरुको बैठकमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम समयसम्म साथ दिने बताएका गच्छदारले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग पछिल्लो तीन दिनमा  दुई पटक छलफल गरिसक्नु भएको छ । 

नेपालको लगातार दोस्रो जित,भारतीय क्लब २० रनले पराजित

 ३१ असार, २०७३ /  ईङल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले दोश्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ । गएराती सम्पन्न दोश्रो अभ्यास खेलमा ईण्डियन जिमखानालाई २० रनले हराउदै दोश्रो अभ्यास खेल पनि आफ्नो पक्षमा पारेको हो । 

जितका लागी १ सय ६३ रनको चुनौती पच्छ्याएको ईयिडयन जिमखाना क्लबले २० ओभर पुरै खेल्दै सबै विकेट गुमाएर १ सय ४२ रनमात्र बनाउन सक्यो । 

उसका पुनेट मेहराले सर्बाधिक ४७ रन बनाएपनि टोलीको हार भने टार्न सकेन्न । नेपाली बलरसामु खुलेर खेल्न नसकेको ईण्डियन जिमखानालाई कम स्कोरमा रोक्ने क्रममा बिक्रम शोब, करण केसी, सागर पुन र शक्ति गौचनले समान २ विकेट लिए । पारस खड्काको नाममा १ विकेट रह्यो ।  यसअघि घरेलु मैदानमा जिमखानाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको नेपाली राष्ट्रिय टोलीले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतीमा १ सय ६२ रनको उच्च योगफल तयार पारेको थियो । 

ओपनर ज्ञानेन्द्र मल्लले ३८ रन बनाएको नेपाली ईनिङसमा सागर पुनले सर्बाधिक ५६ रन बनाए । पारस खड्काले १५ र राजेश पुलामी मगरले १३ रन बनाए । राजु रिजाल २४ रनमा नटआउट रहे ।  नेपाली टोलीले तेश्रो अभ्यासमा आज स्ट्यानमोर क्रिकेट क्लबसंग प्रतिस्पर्धा गर्नेछ । 

मुद्रास्फीति दर ७.५ प्रतिशत राख्ने राष्ट्र बैंकको लक्ष्य



३० असार, २०७३ / राष्ट्र बैंकले आगामी बर्ष उपभोक्ता  मुद्रास्फीति  दरलाई  ७ दशमलव ५  प्रतिशत राख्ने लक्ष्य लिएको छ ।

आज मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले आपूर्तीजन्य कारणले मुद्रस्फीतीमा चाप पर्न नदिन संवेदनशील वस्तुको स्टक कायम राख्ने, त्यस्ता वस्तुको आयात बढाउने तथा कालोबजारीमाथि कारवाही भए लक्षित मुद्रास्फीति कायम हुने जनाएको छ ।  मौद्रिक तथा बाह्य क्षेत्र व्यवस्थापन मार्फत् कम्तीमा ८ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम राखिने नीतिमा उल्लेख छ ।

 नेपाल  सरकारको  बजेट  वक्तव्यमा  उल्लिखित  ६ दशमलव ५  प्रतिशतको  आर्थिक  वृद्धि  हासिल  गर्न  सहयोग  पुग्ने  गरी आवश्यक तरलताको व्यवस्थापन गरिने केन्द्रीय बैंकले जनाएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरञ्जिबी नेपालले आगामी वर्षको मौद्रिक नीतिमा कर्जालाई उत्पादनशील क्षत्रेमा केन्द्रीत गर्ने बताउनुभयो । नीति अनुसार शेयर लगानी तथा रियल स्टेटको कर्जामा कडाइ गरिएको छ । शेयरको  धितोमा  प्रवाह  हुने  मार्जिन  प्रकृतिको  कर्जाको  सुरक्षण  वापत  सेयरको  मूल्याङ्कन  गर्दा  पछिल्लो  १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोको बढीमा ५० प्रतिशत रकमसम्म मात्र कर्जा प्रवाह गर्न सकिने व्यवस्था नीतिमा गरिएको छ । रियल  स्टेट  कर्जा  र  त्यसको  सुरक्षणबीचको  अनुपात हालको  ६०  प्रतिशतबाट बढीमा ५० प्रतिशत  कायम  गर्नुपर्ने  व्यवस्था  गरिएको  छ  ।
 आवासीय  रियल  स्टेट  कर्जाको हकमा  यस्तो  अनुपात  ६० प्रतिशतसम्म रहने व्यवस्था गरिएको छ । यसैगरी रााष्ट्रिय  स्तरको  थोक  कर्जा  प्रदान  गर्ने  लघुवित्त  संस्थाहरुले  २०७५  असार  मसान्तसम्म  न्यूनतम चुक्ता  पूँजी ६० करोड रुपैयाँ कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Tuesday, July 12, 2016

माअाेवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीका तीन विकल्प



असार २८, २०७३-  
  • अविश्वासको प्रस्ताव सामना
  • आँफैले विश्वासको मत लिने
  • पदबाट राजिनामा
सत्ताको प्रमख घटक माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली सामू अब प्रमुख ३ विकल्प छन् । पहिलो, व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्तावको सामना हो । ओली अहिले त्यसैको तयारीमा रहेको निकटस्थहरुले जानकारी दिएका छन् ।
संविधानको धारा २९८ को उपधारा १३ मा व्यवस्थापिका संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाई सदस्यले प्रधानमन्त्री उपर संसदको विश्वास छैन भनी लिखित रुपमा अविश्वास्वसको प्रस्ताव पेस गर्न सक्नेछन् भन्ने उल्लेख छ । 
दोस्रो विकल्प सोही धाराको उपधारा १२ बमोजिम विश्वासको मत लिने हो, जुन प्रस्ताव आँफै पेस गर्ने मुडमा ओली छैनन् । ‘बरु फेस गर्छु । राम्रो काम गर्दागर्दै माओवादीले समर्थन फिर्ता लिन्छ भन्दैमा संसदबाट भाग्ने कुरा आउँदैन’, प्रधानमन्त्रीले निकटस्थ मन्त्रीहरुलाई मंगलबार दिउँसो सिंहदरबारमा बोलाएर भनेका थिए । 
उपधारा १२ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि संसदको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासका मतका लागि संसदसमक्ष प्रस्ताव राख्न सक्ने उल्लेख छ ।
 
संविधानले दिएको तेस्रो विकल्प पदबाट राजिनामा हो । अविश्वासको प्रस्ताव फेस गर्ने तयारी भएकाले तेस्रो विकल्पमा उनी देखिँदैनन् । दोस्रो विकल्पको प्रावधान नयाँ संविधानले पहिलोपटक राखेको हो । यद्यपी प्रधानमन्त्री भने विपक्षी दलका सांसदहरुले संसदमा हस्ताक्षरसहित निवेदन दिएपछि त्यसलाई सामना गर्ने तयारीमा पुगेका हुन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने, आफ्ना तर्फका मन्त्रीहरु फिर्ता गर्ने माओवादी निर्णय पछि प्रधानमन्त्री कार्यालय संवैधानिक र कानुनी तयारीमा जुटेको छ । 
उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, निवर्तमान सभामुख एवं एमाले उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, कानुनमन्त्री अग्नी खरेल, महान्यायाधीवक्ता हरि फुयाँलसहित बसेर ओली अनौपचारिक छलफलमा गरिरहेका छन् । 


http://bit.ly/29MPYxs

दाहालको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेस सहमत-महरा

असार २८, २०७३- माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेसले सहमति जनाइसकेको दाबी गरेका छन् ।
केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय जानकारी गराउन माओवादी केन्द्र संसदीय दल सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महराले यस्तो दाबी गरेका हुन् ।
‘संविधान कार्यान्वयनको लागि पहिलो चरणमा माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ’, महराले भने,‘दोस्रो चरणमा कांग्रेसले नेतृत्व गर्नेछ ।’
महराले कांग्रेस र माओवादी केन्द्रका बीच सरकार गठनको बिषयमा भएको सहमति भोलिसम्म सार्वजनिक भइसक्ने बताए ।
‘हामी अहिले पनि राष्ट्रिय सहमतिको सरकारको पक्षमा दृढ छौं’, महराले भने,‘हामीले समर्थन फिर्ता लिएपछि अहिलेको सरकार स्वत अल्पमतमा परेको छ ।’
उनले माओवादी केन्द्र अध्यक्ष दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हिजो राति छलफल भएको जानकारी दिंदै छलफलका क्रममा प्रधानमन्त्री ओली राष्ट्रिय सहमतीय सरकारको पक्षमा नदेखिएकाले सरकारलाई समर्थन फिर्ता लिएको प्रष्ट पारे ।
उनले प्रधानमन्त्री ओलीले नै राष्ट्रिय सहमतीय सरकारको नेतृत्व गरुन भन्ने आफ्नो पार्टीको धारणा रहे पनि ओली यसको लागि तयार नदेखिएको आरोप लगाए ।
पत्रकार सम्मेलनको सुरुवामा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले सरकारलाई दिएको समर्थन फिर्ता लिने पार्टीको निर्णय जानकारी गराएकी थिइन ।


http://bit.ly/29MLTt5

Saturday, July 9, 2016

बार एसोसिएसनको मतगणना सुरु हुँदै

२५ असार , २०७३ / सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु हुँदैछ । राजधानीको रामशाहपथस्थित बार भवनमा मतगणना अहिले केहिवेरमा शुरु हुन लागेको हो । 
मतपरिणाम बेलुकीसम्म सार्वजनीक हुने प्रमुख निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिनुभयो । पाँच पदाधिकारीसहित १५ सदस्यिय  कार्यसमितिका लागि भएको निर्वाचनमा ५ सय ८० मध्ये ५ सय ४४ जनाले मतदान गरेका छन् ।
निर्वाचनमा बृहत् लोकतान्त्रिक, पेसागत तथा समावेशी समूह र प्रगतिशील, गणतान्त्रिक, देशभक्त एवं समावेशी कानुन व्यवसायी नामका समुहबीच प्रतिस्पर्धा हुदैछ । प्रगतिशील समूहबाट रामप्रसाद भण्डारी तथा लोकतान्त्रिक समुहबाट शैलेन्द्रकुमार दाहालले अध्यक्षमा उम्मेद्धवारी दिनुभएको छ ।

ब्यवस्थापिका संसदले आज विनियोजन विधेयक पारित गर्दै

२५ असार , २०७३ / ब्यवस्थापिका संसदले आज विनियोजन विधेयक पारित गर्दैछ । संसदको जारी बैठकमा अहिले विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिईरहेका छन् । 
श्रम तथा रोजगार, शिक्षा, खानेपानी तथा सरसफाई, अर्थ, भौतिक योजना, शहरी विकास, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति/उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्य सकिएपछि बिधेयक पारित गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
गत असार ६ गतेदेखि सुरु भएको विधेयकमाथिको छलफल गत मंगलवार सकिएको थियो । संसदमा आज राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव पनि पेश हुदैछ ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...