Tuesday, December 15, 2015

‘नेपाली सेना विश्वकै सबैभन्दा समावेसी’

IMG 5584काठमाडाैं/ उपप्रधान एवं रक्षामन्त्री भीम रावलले नेपाली सेना विश्वकै सबैभन्दा बढी समावेशी भएको बताएका छन्। व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा रक्षामन्त्री रावलले नेपाली सेना भित्र सबै जातजातिलाई समावेश गराउन कानुनले नै व्यवस्था गरेको भन्दै यस्तो समावेशी सेना भारत, अमेरिका र बेलायतमासमेत नभएको दाबी गरे।

समिति सदस्यहरुले नेपाली सेना समावेशी नभएको भन्दै प्रश्न उठाएपछि रक्षामन्त्री रावलले नेपाली सेना विश्वकै समावेशी भएको दाबी गरेका हुन्। उनले सेना देखाउनको लागि मात्र नभएको तर्क गर्दै संविधानमा उल्लेख भए अनुसार सेनाले काम गर्ने बताए। 'यसको अर्थ अहिले नै सेना परिचालन गर्ने भन्ने होइन,' उनले भने,' अहिले नै सेना परिचालन गर्नुपर्छ भन्दा पनि संविधानको व्यवस्था अनुसार मुलुकलाई आवश्यक परे सेना परिचालन गर्न सकिन्छ भन्ने हो।'

यसअघि आफूले आवश्यक परे सेना परिचालन गर्न सकिन्छ भन्ने अभिव्यक्ति फरक सन्दर्भमा उल्लेख गरेको बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरीले नियन्त्रण गर्न नसकेको काम सेनाले गर्ने कानुन मै उल्लेख भएको उनको भनाइ थियो। रक्षामन्त्री रावलले नेपाली सेनाभित्र नाक र छालाको आधारमा कुनै विभेद नभएको उल्लेख गर्दै नेपाली सेना विश्वकै सबैभन्दा समावेशी भएको बारम्बार दोहोर्याएका थिए।

बैठकमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना समावेशी नभएको कुरा सत्य नभएको बताए। उनले सेनाभित्र ५८ दशमलव ४५ प्रतिशत क्षेत्री बाहुन, २६ दशमलव ९ प्रतिशत आदिवासी जनजाति, ६ दशमलव ९९ प्रतिशत मधेसी, ६ दशमलव ६० प्रतिशत दलित र ० दशमलव ४५ प्रतिशत अन्यको प्रतिनिधित्व रहेको बताए। प्रधान सेनापति क्षेत्रीले सेनाभित्र सबै जाति, क्षेत्र र लिंकको समावेशीकरण अन्य मुलुकमा नभएकोसमेत बताए। उनले सेनामा भर्ती हुन तोकिएको मापदण्ड पुरा गर्नुपर्ने भन्दा संविधान र कानुनले दिएको सिद्धान्त पालना गर्ने बताए। उनले सरकारले दिएको जिम्मा सेनाले पुरा गर्नेसमेत बताए।

बैठकमा सदस्यहरुले नेपाली सेना समावेशी नभएको, सेनामा भर्ती हुँदा पैसा खाएको भन्दै प्रश्न उठाएका थिए। जवाफमा सेनापति क्षेत्रीले सेनामा भर्ती हुन पैसा आवश्यक नपर्ने भन्दै भनसुन वा पैसा खुवाएर सेनामा भर्ती हुन्छ भन्ने नठान्न आग्रह गरे। समिति सदस्यहरुले सेनाले भूकम्पको बेलामा सेनाले निर्वाह गरेको भूमिकाको प्रशंषा गरेका थिए। समिति सदस्य अमेरशकुमार सिंहले अहिले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्री एउटै विचारधाराका भएकाले नेपाली सेनामा राजनीतिक घुस्नसक्ने बताएका थिए। उनले सेनामा मधेसीको संख्या निकै कम भएको भन्दै नेपाली सेनालाई समावेशी भन्न नमिल्ने बताए। नेपाली सेनालाई लोककल्याणकारी बनाउनुपर्ने भन्दै सिंहले नयाँ संविधान अनुसार ऐ बनाउनुपर्ने बताए।

राज्यव्यवस्था समितिको बैठकमा रक्षामन्त्रालय र नेपाली सेनाबारे खुलेर छलफल भयो । रक्षामन्त्री भीम रावल र प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई समिति सदस्यहरुले थुप्रै प्रश्न, सुझाव र आक्रोशमिश्रित चेतावनीसमेत दिए। समिति सदस्य रामेश्वर फुयालले सेनाका प्रत्येक गतिविधि पारदर्शी बनाउनुपर्ने बताए।
उनले पुराना हतियारले नयाँ काम गर्न नसकिने भन्दै सेनालाई अत्याधुनिक हतियार उपलब्ध गराउनुपर्ने बताए। सांसद प्रेम सुवालले भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा जनताको जिउ धन रक्षा गर्ने अविभारा लिएको नेपाली सेना चुप लागरे बस्न नहुने बताए। उनले दशगजाबाट नेपालमा ढुंगाबुढा हान्न सेना के हेरेर बसेको भन्दै प्रश्न गरे।

समिति सभापति दिलबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सुरक्षा नीति प्रस्ताव अघि बढाउन रक्षामन्त्रालयलाई निर्देशन दिएको छ।

Friday, December 11, 2015

संविधानको चाँबी कांग्रेससँग छ–खड्का

उत्तम रिजाल
२५ मंसिर,दमक/नेपाली कांग्रेसका पुुर्व सह–महामन्त्री पूुर्ण बहादुुर खड्काले संविधानको चाँबी कांग्रेससँग भएको बताएका छन् । शुुक्रबार झापाको दमकमा नेपाली कांग्रेस झापा क्षेत्र नं ७ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुुन् । उनले केपी ओली प्रधानमन्त्री भएपनि कांग्रेस विना संविधान पारित गर्ने दुुईतिहाइ बहुुमत नभएको भन्दै संविधान पारीत गर्ने चाबी कांगेससँग भएको बताए । उनले एक व्यक्तीलेग गरेको गल्तिले पार्टीको शिर नझुुक्ने र शिर निहुराएर हिड्नुु नपर्ने बताए । कार्यकर्ताहरुले प्रधानमन्त्रीमा शुशील कोइरालाले पुन उमेद्धारी दिएकाले आँफूहरुको शिर निहुरिएको बताइरहेको बेला पुर्व सह–महामन्त्री खड्काले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसले  दोस्रो संविधानसभाको निर्वाचनको बेला कम्युनिष्टहरुले आफ्नो बहुमत हुँदापनि अघिल्लो संविधानसभाबाट संविधान दिन सकेनन हामीलाई भोट दिनुस हामी सविधान दिन्छौ भनेका थियौ , संविधान दिएका छौ,गर्व गर्दै संविधान लिएर जनता संग जानुस भन्दै शिर ननिहुरीएको बरु शिर झन ठाडोे भएको दाबी गरे । उनले एक प्रशंगमा केपी ओलीलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टी सभापती तथा तात्कालिन प्रम शुशील कोइरालासँग सहमती भएको पनि बताए । आँफु र महामन्त्री कृष्ण सिटौलाले पटक–पटक सहमति नतोड्न भनेपनि नमानेको उल्लेख गरे । अघिल्लो रात साँढे नौ बजे सम्म आँफु प्रधानमन्त्री पदको भोको नभएको बताउने कोइराला भोलिपल्ट अचानक परिवर्तन भएकाले राष्ट्रपती,उप–राष्ट्रपती,सभामुख लगायतका मुलुकका मुख्य पदहरु गुमाउनु परेको भन्दै सभापती कोइरालाले आफ्नो साख आँफै गुमाएको बताए । उनले पधानमन्त्रीका लागी पुन उमेद्धारी दिए त्यसले तपाइको इज्वत माटोमा मिल्ले छ भनि पटक–पटक भनेको र सहमति विपरीत चुनाब हार्नकै लागी उमेद्धारी दिनेभए आँफुले राजिनामा दिने भनी भनेको र उमेद्धारी दिएसँगै आँफुले सह–महामन्त्रीबाट राजिनामा दिएका उल्लेख गरे । खड्काले आगामी महाधिबेशन एकताको महाधिबेशन हुने भन्दै कार्यकर्ताहरुलाई भिजन भएकाहरुको पक्षमा उभिन अवहान समेत गरे । कार्यक्रममा सभासद केशब कुमार बुढाथोकी,महेन्द्रा सुब्बा,जिल्ला सभापती उद्धव थापा,युवा नेता विश्वप्रकाश शर्मा,सहासमिती सदस्य राजन ढुङ्गाना,सुरेश सुब्बा लगायतले बोलेका थिए । 

तीन पत्रकार संमानित

सोही कार्यक्रममा लोकतन्त्र र पार्टीका समाचारका पक्षमा कलम चलाई जनतालाई सुसुचित गरेको भन्दै अर्जुनधारा राष्ट्रिय दैनिकका सम्पादक कृष्ण हुमागाई ,पुर्वसन्देश दैनिकका सम्पादक गन्जबहादुर दाहाल र झापा पोष्टका कार्यकारी सम्पादक विष्णु सुब्बालाई सम्पानपत्र सहित सम्मान गरिएको थियो । तीनै जनालाई कार्यक्रमका प्रमुख अतीथी तथा कांग्रेस नेता पुर्ण बहादुर खड्काले  सम्मान गरेका थिए । कार्यक्रम क्षेत्रिय सभापति शेरबहादुर भट्टराईको सभापतित्वमा भएको थियो ।  

Wednesday, December 9, 2015

रसुवागढी नाकामा सुक्खा बन्दरगाहा बनाउने प्रक्रिया सुरू

धुन्चे (रसुवा)- नेपाल–चीनबीचको व्यापार  व्यवसाय गर्ने उत्तरी रसुवागढी नाका क्षेत्रमा सुक्खा बन्दरगाहा बनाउन प्रक्रिया अगाडि बढेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको सुक्खा बन्दरगाहाको नियमनकारी प्रमुख संस्था नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रबन्धक हेमेन्द्र मोहन शाहीका अनुसार रसुवागढी नाकाको लागि चीन सरकारले सुक्खा बन्दरगाहा बनाईदिने सम्झौता भइसकेको कारण टिमुरे गाविसमा जमिनको रेखाङ्कन गर्ने काम सम्पन्न भएको छ ।

टिमुरे गाविसको घट्टेखोलाको तल्लो डिलदेखि तातोपानी नजिकसम्म सडकबाट नदीतर्फको पूरै भाग, भोटेकोशी नदी किनारको करिब दुई किलोमिटर तटीय क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण हुने र अधिग्रहण गरिने निजी जग्गाका धनीलाई क्षेत्रको जानकारीसमेत गराइसकिएको बताइएको छ ।

सुक्खा बन्दरगाहाले लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय वासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनीको क्षेत्रफल ओगट्ने बताउँदै प्रबन्धक शाहीले सो बन्दरगाहामा तीन सय मालमाहक कन्टेनर व्यवस्थित ढङ्गले पार्किङ गर्न मिल्ने जानकारी दिए।

स्थानीय वासिन्दाको स्वामित्वका जग्गा जमिन, जग्गा प्राप्ति ऐनबमोजिम र लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न सरकारी स्वामित्वका जग्गाका लागि निणयार्थ सरकार समक्ष अनुरोध गरिने निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी थापाले बताए। रासस

रसुवागढी नाकामा सुक्खा बन्दरगाहा बनाउने प्रक्रिया सुरू

 233  19 Google +0  1  0
(0 votes)
धुन्चे (रसुवा)-नेपाल–चीनबीचको व्यापार व्यवसाय गर्ने उत्तरी रसुवागढी नाका क्षेत्रमा सुक्खा बन्दरगाहा बनाउन प्रक्रिया अगाडि बढेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको सुक्खा बन्दरगाहाको नियमनकारी प्रमुख संस्था नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रबन्धक हेमेन्द्र मोहन शाहीका अनुसार रसुवागढी नाकाको लागि चीन सरकारले सुक्खा बन्दरगाहा बनाईदिने सम्झौता भइसकेको कारण टिमुरे गाविसमा जमिनको रेखाङ्कन गर्ने काम सम्पन्न भएको छ ।

- See more at: http://www.nagariknews.com/main-story/story/50127.html#sthash.VdahXqzt.dpuf

एमाले भेलाको निश्कर्ष : मधेसी नेता दिल्ली गएर सिल्ली भए

तत्काल नाकाबन्दी खोल्न आग्रह, अख्तियारको प्रतिवाद गर्ने

२०७२ मंसिर २३ गते १३:२० मा प्रकाशित
     
UML-Pressmeet-at-Chitwan
सुवास पण्डित
२३ मंसिर, चितवन । मधेसी मोर्चाका नेताहरुले घरायसी समस्या लिएर दिल्ली गई सिल्लीपन देखाएको नेकपा एमालेले ठहर गरेको छ । चितवनको सौराहामा आयोजित दुई दिनसम्म चलेको विशेष राष्ट्रिय भेलाले १६ बुँदे प्रस्ताव पारित गर्दै यस्तो निश्कर्ष निकालेको हो ।
राष्ट्रिय भेलाको निष्कर्षबारे जानकारी दिन बुधबार भरतपुरमा गरिएको पत्रकार सम्मेलनमा एमाले वरिष्ठ नेता झलनाथ खनालले भने, ‘घरभित्रको समस्या आफै मिलाउनुपर्नेमा मधेसी मोर्चाका साथीहरु दिल्ली गएर सिल्लीपन देखाए । आन्तरिक समस्या आपसमै बसेर समाधान गर्नुपर्छ ।’
उनले आन्तरिक समस्या लिएर दिल्ली धाउने क्रियाकलापले राष्ट्रियताको हित नहुने बताए ।
कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले सीमा क्षेत्रका सञ्चार माध्यमहरुले भ्रामक समाचार सम्प्रेषण गरेर आन्दोलनलाई भड्काएको आरोप लगाए । ‘एमएम रेडियोहरुबाट युद्धका गीत, उत्तेजक कुरा, गलत विश्लेषणबाट जनभावनालाई भड्काउने काम भएको छ,’ उनले भने ।
आन्दोलनका नाममा राष्ट्रिय एकतालाई विथोल्न खोजिएको आरोप लगाउँदै उनले राष्ट्रिय एकता, सार्वभौमसत्ता, देशको भौगोलिक अखण्डता, जातीय सदभाव बलियो बनाउन सरकारले पहल गर्नुपर्नेमा नेता नेपालले जोड दिए ।
एमालेले भेलाले के-के गर्‍यो ?
एमालेले नयाँ संविधानबारे मधेसमा भ्रम फैलाइएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको ठहर गरेको छ । भेलामा सहभागी नेता-कार्यकर्ताहरुलाई भ्रम चिर्न निर्देशन दिइएको छ ।
भेलाले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुननिर्माण एवम् राष्ट्रिय हितको रक्षा र राष्ट्रिय एकताका लागि सबै वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेको छ ।
भेलाले ‘संविधानको घोषणा ऐतिहासिक उपलब्धि : अबको अभिभारा राष्ट्रिय एकता सुदृढीकरण र समृद्धि’ भन्ने मूल नाराका साथ प्रस्तावित गरिएको तीन महिने विशेष कार्ययोजनालाई सर्वसम्मत रूपमा पारित गरेको छ । यस अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउने सङ्कल्प समेत भेलाले गरेको छ ।
वार्ताबाट समाधान खोज्न आह्वान
मधेसी मोर्चाका जायज मागहरूलाई संबोधन गर्न संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेकाले बन्द हड्ताल जारी राख्नु उचित नभएको भेलाबाट पारित प्रस्तावमा उल्लेख छ । वार्ताबाटै समस्याको समाधान गर्न खोज्न मोर्चालाई आह्वान गरिएको छ ।
‘यो भेला बन्द-हडताल र आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्ने दिशामा जिम्मेवार भूमिका खेल्न आन्दोलनरत मधेसी मोर्चालाई पुनः आह्वान गर्दछ,’ १६ बुँदे घोषणापत्रमा भनिएको छ, ‘सीमा नाकाजस्ता संवेदनशील स्थानमा धर्ना बस्ने र ढुंगामुढा गर्ने काम तत्काल रोक्न, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् नहुने कुरा सुनिश्चित गर्न र आन्दोलनका नाममा कुनै पनि हिंस्रक, अराजक र सामाजिक सदभाव बिथोल्ने खालका अभिव्यक्ति या गतिविधि हुन नदिन यो भेला सम्बद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ ।’
एमालेले नागरिकहरूको जिउधनको रक्षा, निर्बाध आवागमनको स्वतन्त्रता र आपूर्ति व्यवस्थालाई सहज तुल्याउन सरकारलाई आग्रह गरेको छ ।
आन्दोलनले लाखौं विद्यार्थीहरूको पढाइ अवरुद्ध भएको, नागरिकहरूको दैनिक जीवन संकटग्रस्त भएको, अर्थतन्त्रमा ठूलो क्षति पुगेको र सामाजिक सदभाव खल्बलिएको र राष्ट्रिय एकतामा प्रतिकूल प्रभाव पर्ने खालका गतिविधिहरू देखा पर्न थालेको भन्दै भेला चिन्ता व्यक्त गरेको छ ।
तीन महिनामा सीमांकन टुंगो
एमालेले आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई राहत, घाइतेहरूको निःशुल्क उपचार तथा बन्द हड्तालको मारमा परेका उद्योगी-व्यवसायी र पीडित नेपाली नागरिकलाई ठोस राहत उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । यसैगरी तराई-मधेसका दलित, अल्पसंख्यक, मुस्लिम, बिपन्न तथा पिछडिएका वर्गका लागि विशेष राहत प्याकेज ल्याउन पनि सरकारसँग माग गरेको छ ।
भेलाले समानुपातिक-समावेशी सहभागिता तथा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा संविधान संशोधनका निम्ति व्यवस्थापिका-संसदमा दर्ता भएको संशोधन विधेयकलाई अगाडि बढाउने निष्कर्षसमेत निकालेको छ । प्रदेश सीमांकनका सम्बन्धमा छलफल र राजनीतिक सहमतिका आधारमा संविधानमा व्यवस्था गर्ने, त्यसका लागि राजनीतिक समिति बनाएर तीन महिनामा टुंगो लगाउने घोषणापत्रमा उल्लेख छ ।
नाकाबन्दी खोल्न भारतको ध्यानाकर्षण
सीमाहरू पुनरावलोकन गर्दा जातीय सदभाव अभिवृद्धि हुने, राष्ट्रिय अखण्डता अझ सुदृढ हुने तथा विकास निर्माण र आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्यलाई सहयोग पुग्ने कुरा सुनिश्चित गर्नुपर्नेमा भेलाले जोड दिएको छ ।
भारतले गरेको नाकाबन्दी संयुक्त राष्ट्रसंघको बडापत्र, सार्क चार्टर र दुई देशबीचका सन्धि सम्झौताहरूको समेत प्रतिकूल भएको भन्दै तत्काल फिर्ता लिन एमालेले भारतको ध्यानाकर्षण गराएको छ । नाकाबन्दीले दुई देशबीचको युगौं पुरानो मित्रता र जनता-जनताबीचको सम्बन्धमा समेत नकारात्मक प्रभाव पारेको भेलाको ठहर छ ।
त्यसैगरी तराई-मधेसमा ब्याप्त गरिबी, अशिक्षा, बेरोजगारी, महिला हिंसा, जातीय विभेद, छुवाछुत र अन्य समस्याहरूको समाधान गर्न प्रभावकारी कदम चाल्न समेत सरकारसँग माग गरेको छ । भूमिहीन किसानलाई जमिन, सुकुम्बासीलाई आवास तथा तराई-मधेसका युवाहरूलाई रोजगारीको ठोस कार्यक्रम अगाडि सार्न सरकारको ध्यानाकर्षण गराएको छ ।
अख्तियारको प्रतिवाद
एमाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा हालै पार्टीका केही नेताहरू समेतलाई बयानका लागि पत्राचार गरिएको कुराप्रति गंभीर ध्यानाकर्षण भएको भन्दै त्यसको प्रतिवाद गर्ने जनाएको छ ।
मुलुक राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिरहेको र पार्टीले यस अभियानको अगुवाइ गरिरहेको विशेष परिस्थितिमा अख्तियारको पत्रले गम्भीर आशंका पैदा गरेको भेलाको ठहर छ ।
राज्यका कुनै पनि निकायद्वारा कानुनसम्मत् ढंगले गरिने अनुसन्धानलाई सघाउन पार्टी सदैव तयार रहेको, तर पूर्वाग्रही ढंगले र प्रतिशोध साँध्ने हिसाबले गरिने कुनै पनि गतिविधि भने अनुचित हुने एमालेले जनाएको छ ।
विकास निर्माणमा जोड
तराई-मधेसको विकासको महत्वपूर्ण आधार मानिएको काठमाडौं-तराई दू्रत मार्ग, हुलाकी राजमार्ग, निजगढ अन्तराष्ट्रिय विमानस्थल, भैरहवा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई तिव्रता दिन एमालेले सरकारलाई आग्रह गरेको छ । यसैगरी जनकपुरको विमानस्थल स्तरोन्नति, भेरी-बबई डाइभर्सन लगायत राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनाहरूमा पर्याप्त बजेट विनियोजन गर्न पनि एमालेले आग्रह गरेको छ ।
पूर्व-पश्चिम रेलमार्ग, सुनकोशी-कमला, कालीगण्डकी-तिनाउ डाइभर्सन, दाङ उपत्यकाको सिचाइ तथा खानेपानीको समस्या समाधान गर्ने गुहारखोला जलाशययुक्त बहुउद्देश्यीय आयोजनालगायत आयोजनाहरूलाई अगाडि बढाउन, कृषिको व्यवसायिकरण, औद्योगीकरण, व्यवस्थित सहरीकरण, वातावरणीय सुरक्षालगायत तराई-मधेसको समग्र विकासको ठोस अवधारणा अगाडि सार्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
एमाले गत असोज ३ गते घोषणा भएको संविधानको स्वागत गर्दै सोही संविधानबाट निर्वाचित राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई समेत दिएको छ ।

अनलाइनखबर
अनलाइनखबर

 अनलाइनखबर बाट

अरुले उम्मेदवारी दिन्छन भनेर म रोकिन्न: पौडेल

पर्वत / नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी
महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने बताएका छन्। पछिल्लो राजनीतिक घटनामा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा असफल भैसकेकाले पार्टी हाक्न सभापतिमा आफ्नो विकल्प नभएको बताए। नेपाल प्रेस युनियन पर्वतले बुधबार कुस्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले भने, 'सभापति र वरिष्ठ नेताले मलाई सभापतिमा समर्थन गर्नुपर्छ।' राष्ट्रिय राजनीतिमा कोइराला बिचार र अडान राख्न नसक्ने र देउवा कम्युनिष्टसँग बहकिएका कारण असफल भएको पौडेलको टिप्पणी छ।

'एउटा विचार र अडान राख्न नसक्ने,' उनले भने, 'अर्को बामपन्थीले जे भन्छन त्यसकै पछि बहकिने, त्यसैले दुबै नेता असफल भइसके।' १६ बुँदे सहमति पार्टीले मान्नु नै गलत रहेको भन्दै उनले सभापतिमा कोइराला र देउवाले उम्मेदवारी दिएपनि आफूले नछाड्ने दाबी गरे। 'म आफ्नो निर्णय गर्न आफै सक्षम छु,' उनले भने, 'कसले उम्मेदवारी दिन्छन भनेर मेरो उमेदवारी रोकिदैन।'

पौडेलले एकअर्को प्रसंगमा संविधान विश्वका संविधानमै राम्रो भएपनि मधेशी नेताहरुले इमोशनल ब्ल्याकमेलिङ गरेको आरोप लगाए। 'मधेशीले खोजे जस्तै पहिचान र सामाथ्र्य सहितको प्रदेश पाएका छन,' उनले भने,'तर नेताहरुले आफ्नो राजनैतिक आधार समाप्त भएको देखेर जनताको सेन्टिमेण्टमा खेलिरहेका छन्।'

उनले मधेशी जनतालाई बुझाउन नसक्दा नै अहिलेको समस्या आएको भन्दै अब कांग्रेसले नयाँ संविधानमा भएका प्रावधान बुझाउन मधेश जाने बताए। उनले मधेशवादी दलको आन्दोलनको मिलनबिन्दु नै कांग्रेस नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संसोधन प्रस्ताब रहेको पनि दाबी गरे ।

भारतीय नेताहरुले समेत नेपालको नयाँ संविधानका बारेमा बुझेर मधेशी नेताहरुलाई सम्झाएकोले मधेशी नेताहरु भारतबाट फर्केपछि आफै ठेगानमा आउने धारणा राखे ।

तराईका एफएम उत्तेजित भएः नेपाल

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले तराई क्षेत्रमा रहेका एफएमहरुले उत्तेजना फैलाएको आरोप लाएका छन्। 'आन्दोलनकारीका पक्षमा एकतर्फी प्रचार अभियान चलाएका छन्। एफएमहरुले उत्तेजक गीत बजाएर जनता भड्काउने काम गरेका छन्,' सौराहामा सम्पनन पार्टीको विशेष भेलाको बारेमा जानकारी दिन बुधबार बिहान भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले भने ।

सरकारले त्यस तर्फ ध्यान दिनु पर्ने उनको आग्रह छ । 'एफएमहरुले जातीय सद्भाव बढाउने र संविधानका सत्य कुराहरुका बारेमा जनतालाई सुचना दिन सक्छन् । सरकारले यसतर्फ एफएमहरुलाई परिचालित गर्नु पर्छ । युद्धका गीत सुनाउने बेला होइन यो,' नेपालले भने । सौराहा भेलाको बन्दसत्रमा बोल्दा मंगलबार साँझ नेता नेपालले आन्दोलन चर्किनुमा एफएमहरुको ठूलो भूमिका रहेको बताए का थिए ।

Tuesday, December 8, 2015

मोर्चा नेता हिन्दूवादी संस्थासँग अन्तरक्रिया गर्दै

तराइ मधेस स्टडी ग्रुपले मंगलबार अायाेजना गरेकाे अन्तरक्रियामा माेर्चा नेताहरु।

                         तराइ मधेस स्टडी ग्रुपले अायाेजना गरेकाे अन्तरक्रियामा माेर्चा नेताहरु।

 मधेसमा जारी आन्दोलन र सरकारसँगको वार्ता त्यसै छाडेर समाधान पहिल्याउने प्रयासमा चार दिन अघि नयाँ दिल्ली पुगेका मधेसी मोर्चाका नेताहरु आज राति काठमाडौं फर्किंदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीसँगको भेट निश्चित हुन नसकेपछि मोर्चा नेताहरु बुधबार राति नेपाल फर्किन लागेका हुन्। राति ९ बजे जेट एयरवेजबाट मोर्चा नेता स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

नेपाल फर्किनु अघि मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादब, महन्थ ठाकुर, राजेन्द्र महतो तथा महेन्द्र राय यादबले बुधबार दिउसो भाजपा नेता राम माधवसँग बैठक गर्दैछन्। मोर्चा नेताहरुले उनीसँगै दिउसोको भोजन समेत गर्ने कार्यक्रम तय भएको छ। मोर्चा नेताहरुले आजै बिहान राष्ट्रवादी कांग्रेस पार्टीका नेता एवं राज्यसभा सांसद तारिक अनवरसँग भेटघाट गरेका छन्।

आजै दिउसो ३ बजे मोर्चा नेताहरु हिन्दू स्वयंसेवक संघ (आरएसएस) को सहयोगी संस्था अन्तर्राष्ट्रिय सहयोग परिषदद्वारा आयोजित अन्तरक्रियामा सहभागी हुनेछन्। सो अन्तरक्रियामा मोर्चाका सबै नेताहरु सहभागी हुँदैछन्। आरएसएस हिन्दूत्वको ब्यानरमा हिन्दू राष्ट्रवादी मुद्दालाई अघि बढाउने संगठन हो। सन् १९२५ मा स्थापना भएको यो संस्थामा सत्तारुढ भारतीय जनता पार्टीका बरिष्ठ नेताहरु प्रत्यक्ष संलग्न छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आरएसएसबाट प्रधानमन्त्री बन्ने दोस्रो व्यक्ति हुन्।

चाँडो सहमति पहिल्याउन सल्लाह

यसअघि हिजो मंगलबार मोर्चा नेताहरुले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गरेका थिए। भेटका अवसरमा डोभलले मधेस आन्दोलनले दुई देशीय सुरक्षा र आपूर्तिमा प्रश्न उठाएको भन्दै सरकारसँग सम्वाद अघि बढाउन आग्रह गरेका थिए। झन्डै एक घन्टा लामो भेटवार्तामा मोर्चा नेताहरुले आन्दोलन किन गर्नु परेको भनेर डोभललाई बुझाउने प्रयास गरेका थिए। राज्यले मधेसीमाथि विभेद गरेको भन्दै हक र अधिकारको पक्षमा आन्दोलन भइरहेको नेताहरुले प्रस्ट्याएका थिए।

सल्लाहकार डोबल अघि मोर्चा नेताहरुले हिजै भारतीय विदेश सचिव एस जयशंकरसँग साउथ ब्लकमा भेटवार्ता गरेका थिए। नेपालमाथि गरिएको नाकाबन्दीलाई लिएर मोदी सरकारको चर्को आलोचना भएपछि भारतीय विदेश मन्त्रालयले मोर्चाका शीर्ष नेताहरुलाई नयाँ दिल्ली बोलाएको थियो। नयाँ दिल्लीमा रहँदा मोर्चा नेताहरुले नाकाबन्दी भारतले नगरेको बरु अधिकारको लडाइँ गरिरहेको भनेर भारतीय विपक्षी दलका नेताहरुलाई आश्वस्त पार्न खोजेका थिए।

मोर्चा नेताहरु नयाँ दिल्लीमै रहँदा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार माथिल्लो सदन राज्यसभामा बोल्ने क्रममा नाकाबन्दी भारतले गरेको बताएकी थिइन्।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...