Thursday, June 18, 2015

पूर्व पश्चिम महेन्द्र राजमार्ग सुचारु

४ असार/ गएराति २ बजे बाढीले रातु  खोलको डाइभर्सन
बगाएपछि अवरुद्ध भएको पूर्व पश्चिम महेन्द्र राजमार्ग सुचारु भएको छ । रातु नदीमा निर्मित प्राबिधिक परीक्षण हुँन बाँकीनै रहेको पक्की पुलबाट गाडी पास गर्न दिइएपछि राजमार्ग सुचारु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डिएसपी रमेश पण्डितले जानकारी दिए । गत वर्ष रातु नदीमा आएको बाढीले पक्की पुल बगाएपछि डाइभर्सनबाट गाडी पास हुँदै आएका थिए । सो डाइभर्सन गए रातीको बाढीले बगाएपछि हजारौं यात्रु अलपत्र परका थिए । रातु नदीमा पक्की पुल बनेपनि प्राबिधिक परीक्षण हुन बाँकी रहेकाले गाडी सन्चालनमा आएका थिएनन् । तर राजमार्गनै अवरुद्ध भएपछि यात्रु ओरालेर गाडी पास गराइएको डिएसपी पण्डितले जानकारी दिएका छन् ।

Wednesday, June 17, 2015

कोपा अमेरिका फुटबलमा ब्राजिल पराजित

३  असार/  कोपा अमेरिका फुटबलमा ब्राजिल कोलम्बियासँग पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलमा ब्राजिल एक शुन्यले पराजित भएको हो ।
  समुह सी अन्तर्गतको खेलको ३६ औं मिनेटमा जेसन मुरिल्लोले गरेको गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोश्रो हाफमा गोलका केही मौका बनाएपनि गोल गर्न सकेन् । हारपछि समुह सी मा रहेको ब्राजिल भेनेजुएलासँग समान ३ अंक भएपनि अंक तालिकाको तेश्रो स्थानमा झरेको छ । ब्राजिलले पहिलो खेलमा पेरुलाई २–१ ले हराएको थियो । खेल सकिएपछि विपक्षी खेलाडीसँग झगडा गरेका ब्राजिलियन स्टार नेइमरले रेड कार्ड पाएका छन् । कोपा अमेरिकी फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा कोलम्बियन खेलाडीसँग खेल सकिएपछि झगडा गरेका नेइमरलाई रेफ्रीले रेड कार्ड दिएका हुन् । अब नेइमरले समुह चरणको अन्तिम खेल  खेल्न नपाउने भएका छन् । तनावपूर्ण भएको खेलमा नेइमरले खेल समयमा समेत पहेंलो कार्ड पाएका थिए ।

राज्यमन्त्री गुरुङ पछि नहट्ने

३ असार/  श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक
रोजगारमा जाने कामदारलाई न्युनतम शुल्कमा पठाउने निर्णयबाट आफू पछि नहट्ने बताएका छन् । यो निर्णय वैदेशिक रोजगारीमा जाने कामदारको हितमा भएकाले जस्तोसुकै मूल्य चुकाउन पनि आफू पछि नपर्ने उनले बताएका छन् । उनले भने ‘म जतिसुकै मूल्य चुकाएर भाएपनि यो सिस्टम लागु गराउँछु । तर संघर्ष चाहिँ गर्नुपर्छ ।’ नेपाल र विदेशका कमिसन एजेण्ट, अवैध हुण्डी व्यवसायी र कामदारबाट धेरै पैसा असुलेर रोजगारीमा पठाउने व्यवसायीले यो निर्णयको विरोध गरेको उनलकोे भनाई छ । विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री सुशिल कोइरालाले निर्णय तत्काल लागू नगर्न निर्देशन दिएको भन्ने समाचारमा सत्यता नभएको पनि उनले बताए । ‘प्रधानमन्त्री ज्यूले १ सय ९ वटै देशमा लागु गर्नुपर्छ भन्नुभएको छैन् । सातवटा देशमा पहिलेदेखी नै फ्रि भिसा फ्रि, टिकट भएकाले हामीले किन कार्यान्वयन नगर्ने ?’ भनी यो नियम लागु गर्न लागेको हु । विदेशीले विना पैसा कामदार लिने भनि भनेको तर नेपालमा मेनपावर संचालकले ठुलो मुल्य लिनेगरेको खुलासा हुँदाहुँदै म कसरी चुप लागेर बस्न सक्छु , गरिबका छोराछोरीले विना पैसा जान पाउँछन भने म यो नियम किन लागु गर्दिन भनि गुरुङ्गले भनेका छन् । खाडीका ६ र मलेसिया पछि अरु देशमा पनि न्युनतम शुल्कमा कामदार पठाउने प्रक्रिया अघि बढाइने पनि उनले बताए । श्रम तथा रोजगार मन्त्रालयको राज्यमन्त्रीस्तरीय बैठकले गएको जेठ २६ गते खाडीका ६ वटा देश र मलेसिया जाने कामदारलाई न्यूनतम शुल्कमा मात्रै रोजगारीका लागि पठाउने निर्णय गरेको थियो । तर यो निर्णयमा केही वैदेशिक रोजगार व्यवसायीले विरोध जनाएका छन् । यो निर्णयले राज्यमन्त्री गुरुङलाई मात्रै फाइदा पुग्ने भन्दै उनीहरुले प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण समेत गराएका छन् । तर मन्त्री गुरुङले भने कम शुल्कमा कामदार विदेश पठाउने निर्णय कार्यान्वयन गरेरै छाड्ने अडान राखेका छन् । मेनपावर संचालकले तलब अनुसार लागत आँफै तोक्ने र कामदारले तिरेको पैसाको विलभरपाई नदिइ विदेश पठाउने गरेका थिए ।

न्याम्स र वीर अस्पतालबीच पुनः विवाद सुरु

३ असार/  ट्रमा सेन्टर सञ्चालन प्रक्रियाबारे चिकित्सा विज्ञान राष्ट्रिय जेठ २१ को मन्त्रिपरिषद बैठकले ट्रमा सेन्टरका लागि २ सय ८८ जनाको दरबन्दी स्वीकृत गरी प्रतिष्ठान सक्षम नहुँदासम्म सरकारले नै कर्मचारी व्यवस्था गर्ने निर्णय लिएको छ । ट्रमा सञ्चालनमा सघाउने गरी भएको यस निर्णयले यसअघि ट्रमा वीरअन्तर्गत नै सञ्चालन गर्ने मन्त्रिपरिषदकै निर्णय सच्याएर न्याम्सअन्तर्गत राख्न सहज बनाएको अधिकारी बताउँछन्। सरकारले हस्तान्तरणपूर्व नै ट्रमालाई स्वास्थ्य मन्त्रालयअन्तर्गत लैजाने निर्णय लिएकोमा पुस ११ को मन्त्रिपरिषदले यसअघिको ‘ट्रमा सेन्टर विकास समिति’ गठन आदेश खारेज गरी पुनः वीर अस्पतालबाटै सञ्चालन गर्ने निर्णय लिएको थियो। ट्रमा सेन्टरमा रहेका पदाधिकारी स्वतः अवकाश हुने र ट्रमा विकास समितिको चलअचल सम्पत्ति, ऋण तथा दायित्व सम्पूर्ण न्याम्सको स्वमित्वमा सार्ने त्यतिबेलै निर्णय भएको थियो। यस्तो निर्णयसँगै न्याम्स पदाधिकारीले ट्रमाका दुई विभाग अर्थोपेडिक्स र न्युरो सर्जरीलाई सारेर तत्काल सञ्चालन गर्ने निर्णय गरेका थिए। ट्रमालाई एउटै आर्थिक र प्रशासनिक संरचनाअन्तर्गत वीरअन्तर्गत राखेर डेपुटी डाइरेक्टर नियुक्त गरी चलाउने सहमति भएको निर्देशक पण्डितले बताए ।
प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालबीच पुनः विवाद सुरु भएको छ । माघ तेस्रो साताबाट जेनतेन चलाइएको ट्रमा आ–आफ्नै मातहत चलाउन दुवै निकायका उच्च अधिकारीबीच खिचातानी चलिरहेको छ । यही बेला स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले ट्रमाका लागि छुट्टै दरबन्दी सृजना गरेपछि विवाद थप चर्कने भएको हो। यसअघि वीरअन्तर्गत नै रहने गरी छुट्टै डेपुटी डाइरेक्टर राखेर ट्रमा सेन्टर सञ्चालन गर्ने सहमति भए पनि पछिल्लोपटक न्याम्सअन्तर्गत रहनेगरी कामकारबाही अगाडि बढाइएको वीरका अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले जानकारी दिए । ‘उपकुलपति, मन्त्रीज्यूलगायतले सल्लाह नगरी माथिमाथिबाटै नयाँ निर्णय गराइसक्नुभएछ,’ पण्डितले भने, ‘वीरअन्तर्गत रहोस् र एकअर्काको परिपूरक रुपमा सञ्चालन होस् भन्ने थियो, अब नहुने भयो।’

पुनर्निर्माण पाँचदेखि सात वर्षभित्र

३ असार/    राष्ट्रिय योजना आयोगले भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण पाँचदेखि सात वर्षभित्र सम्पन्न गर्ने रणनीति बनाएको छ । भूकम्पीय क्षतिको पुनर्निर्माणको विस्तृत खाका तयार पार्दै आयोगले दीर्घकालीन काम सम्पन्न गर्न अधिकतम सात वर्ष लाग्ने बताएको हो। भत्किएका ऐतिहासिक सम्पदा र स्थायी घर आगामी सात वर्षसम्ममा बनिसक्ने आयोगको ठम्याईं छ । राष्ट्रिय योजना आयोगले तयार पारेको ’भूकम्पको क्षति पुनर्निर्माण रणनीतिक योजना २०१५’ को मस्यौदामा प्राथमिकताका क्षेत्र निर्धारण गरी काम अघि बढाइने उल्लेख छ । पुनर्निर्माण प्राथमिकताको पहिलो नम्बरमा आवास क्षेत्र रहेको छ भने क्रमश दोस्रो र तेस्रोमा ऐतिहासिक सम्पदा र सामाजिक क्षेत्र रहेका छन्। भत्किएका पाँच लाखभन्दा बढी घर बनाउने कामलाई मुख्य प्राथमिकतामा राखिएको छ । भूकम्पबाट भएको क्षतिको मूल्यांकन प्रतिवेदन (पीडीएनए) सार्वजनिक गरे लगत्तै योजना आयोगले पुनर्निर्माणका लागि रणनीतिक योजनाको मस्यौदा तयार पारेको हो।अस्थायी घर, टहरा बनाउन ६ महिनादेखि दुई वर्षसम्म लाग्नेछ। अस्थायी बसोबासको व्यवस्थासँगै स्थायी आवास बनाउने रणनीति बनाइएको हो। यसपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वका सम्पदा पुनर्निर्माणले पनि प्राथमिकता पाउनेछन्। मस्यौदालाई केही दिनमै अन्तिम रुप दिई दाता सम्मेलनमा पेस गरिने तयारी आयोगले गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रमणि अधिकारीले पाँचदेखि सात वर्षभित्रमा भूकम्पबाट भएका क्षतिको पुनर्निर्माण सम्पन्न गर्ने रणनीति बनाइएको जानकारी दिए ।

मलेसियामा एक नेपालीको मृत्यु

३ असार/ रोजगारीका सिलसिलामा मलेसियामा रहेका सप्तरीका उपेन्द्र दासको आज मृत्यु भएको छ । उनी सप्तरीको भारदह गाविस–५ निवासी रामेश्वर दासका छोरा हुन् । २६ वर्षीय उपेन्द्रको मृत्युको कारण भने खुल्न नसकोकोे मलेसिया मै रहेका उनका भाइ दीपेन्द्र दासले जानकारी दिए । दासका अनुसार कुन कम्पनीमा कार्यरत रहेको र कसरी मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । एक वर्ष अगाडि रोजगारीका सिलसिलामा उपेन्द्र मलेसिया गएका थिए । यसअघि मलेसियाको माइटेक कम्पनीमा कार्यरत सप्तरीको बरहीबिरपुर गाविस–९ निवासी २३ वर्षीय प्रभुकुमार यादवको राति अचानक पेट दुखेको र तत्कालै अस्पताल भर्ना गरे पनि उपचारकै क्रममा दुई दिन अगाडि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । यादव एक वर्ष अगाडि मलेसिया पुगेका थिए ।दुवै जनाको शव नेपाल ल्याउनका लागि उनीहरुको परिवारजनले नेपाल सरकारसँग आग्रहसमेत गरेका छन् ।

डाक्टर कोचर दम्पतीको पहिरोमा परि मृत्यु

२ असार/  पाल्पा-बुटवल सडक खण्ड अन्तर्गत पाल्पाको दोभाने गाविसस्थित माथिल्लो सिद्धबाबामा बुधबार गएको पहिरोमा दुई चिकित्सकको मृत्यु भएको छ । पाल्पाबाट बुटबल तर्फ गुडिरहेको लु १ च २७० नम्बरको भ्यान पहिरोले पुरिंदा लुम्बिनी मेडिकल कलेज तानसेनकी प्रोफेसर डा यशोदा कोचर र उनका श्रीमान् डा.तरुणदीप सिंह कोचरको मृत्यु भएको अञ्चल प्रहरी प्रमुख एसएसपी गणेश केसीले जानकारी दिए । यशोदा स्त्रीरोग विशेषज्ञ र एसटीडी आँखारोग विशेषज्ञ हुन् । दुवै भारतीय नागरिक हुन् ।  
                                                        
                               डा.तरुणदीप सिंह कोचर र प्रोफेसर डा यशोदा कोचर

दुर्घटनामा रौतहटका छाला रोग विशेषज्ञ डा. जर्नेल मिकरानी  र सिन्धुलीका प्रेरित देवकोटा घाइते भएका हुन् । उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । एसएसपी केसीका अनुसार उक्त सडक खण्ड मर्मतकोक्रममा रहेकाले एकतर्फी बनाइएको थियो । ‘बाटो साँघुरो भएकाले गाडी बिस्तारै हिंड्ने गरेको थियो,’ उनल ईकान्तिपुरसित भने, ‘त्यहिबेला सुख्खा पहिरो खसेर गाडी पुर्‍यो ।’ पहिरोले अबरुद्ध बाटो खुलाउने प्रयास गरिरहेको उनले जानकारी दिए ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...