विश्व ट्वान्टी–२० छनोट
क्रिकेटमा शनिबार नेपालले नामिबियाविरुद्धको खेलमा टस जितेर फिल्डिङ
रोजेको छ। पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली अमेरिकालाई जितेको
साहसका साथ आयरल्यान्डको बालफेस्ट स्थित सिभिल सर्भिस क्रिकेट क्लबको
मैदानमा उत्रिनेछ।
नेपालले अमेरिकालाई पराजित गरेर विश्व ट्वान्टी २० छनोटमा विजयी सुरुवात गरे पनि डिभिजन एकमा रहेको टोलीलाई दवाबमा राख्न ब्याटिङलाइन सुधार्नुपर्ने हुन्छ। प्रतियोगितामा आयरल्यान्डसँग पराजित भइसकेको नामिबियाको बलियो पक्ष कप्तान निकलास स्लट्ज हुन्। अन्तरार्ष्ट्रिय ट्वान्टी २० क्रिकेटमा उनको औसत रनरेट ४१ छ।
ट्वान्टी २० मा पहिलो पटक नेपाल र नामिबिया आमने सामने हुन लागेका हुन्। केही महिना अघि भएको डिभिजन टुमा नेपालले उसकै मैदानमा नामिबियालाइ ३ विकेटले हराएको थियो। अफ्रिकी टोली नामिबिया सो प्रतियोगिताको विजेता बन्दै डिभिजन एकमा उक्लिएको थियो।
No comments:
Post a Comment