Wednesday, July 15, 2015

नेपाल हङकङसँग ५ विकेटले पराजित,छनोट कठिन मोडमा



     ब्याटिङमा पुनः एकपल्ट कमजोर प्रदर्शन गरेपछि बुधबार नेपाल विश्व ट्वान्टी–२० छनोट क्रिकेटमा हङकङसँग ५ विकेटले पराजित भएको छ।
    नेपाल कठिन मोडमा
    यो हारले नेपालको अर्को वर्ष भारतमा हुने विश्वकप खेल्ने सम्भावना कठिन बनेको छ। समूह 'ए' रहेको नेपाल, नामिबिया र हङकङको समान ३ अंक छ। नेपालले चार खेल खेलिसकेको छ भने नामिबिया र हङकङले तीन खेल खेलेका छन्।


    आयरल्यान्ड र स्कटल्यान्डमा संयुक्त रूपमा भइरहेको छनोट क्रिकेटमा नेपालले अमेरिकालाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको थियो। वर्षाले खेल पुरा हुन नसकेपछि नेपालले नामिबियासँग समान १ अंक बाडेको थियो। तर सोमबार नेपालले आयरल्यान्डविरुद्धलज्जाजनक हारको सामना गर्दा ५३ रन बनाएको थियो, जुन खेलमा नेपाल ८ विकेटले पराजित भयो।

    बुधबार पनि नेपालको ब्याटिङ सुरुआतमै फितलो बन्यो। आयरल्यान्डस्थित सिभिल सर्भिस क्रिकेट क्लबको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल२० ओभरमा १ सय ९ रन जोड्दै अलआउट भयो। नेपालले दिएको लक्ष्यहङकङले ५ बल बाँकी रहँदा ५ विकेट गुमाई पूरा गरेको थियो। यसअघि ट्वान्टी–२०क्रिकेटमा हङकङलाई नेपालले पछि पारेको थियो।

    दुई वर्षअघि युएईमा नेपालले हङकङलाई ५ विकेटले पराजित गर्दै पहिलोपल्ट ऐतिहासिक रूपमा ट्वान्टी–२० विश्वकपलाई छनोट भएको थियो।

    बंगलादेशमा भएको विश्वकपमा नेपालले हङकङमाथि ८० रनको विजयी पाएको थियो, जुन ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा प्रभावशाली जितमध्ये एक हो।

    त्यही वर्ष श्रीलंकामा सम्पन्न हङकङविरुद्धको चार अन्तर्राष्ट्रिय खेलको शृंखला वर्षाका कारण बिथोलिएको थियो। एकमात्र खेल सम्भव हुँदा हङकङले नेपालविरुद्ध २ विकेटको विजय पाएको थियो।

    नेपालले बुधबार सुरुआतमै कमजोर देखियो। ओपनर सुवास खकुरेल २, कप्तान पारस खड्का १ र उपकप्तान ज्ञानेन्द्र मल्ल खाता खोल्न नसकेर आउट भएपछि नेपालले दबाबमा झेल्नुपरेको थियो। शरद भेषावकरले २७, राजेश पुलामीले २५, सोमपाल कामीले १६, वसन्त रेग्मीले ११ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर बनाएको हो। मध्यक्रमका शरद (२७) र राजेश (१४)ले छैटौं विकेटका लागि ४१ रनको साझेदारी गरे, जुन खेलमा नेपालको उच्च साझेदारी हो।

    दुई ओभरमै दुई विकेट गुमाएपछि नेपालको कमजोर सुरुआत भयो।

    जारी प्रतियोगितामा पहिलो खेल खेलेका सुवास दोस्रो ओभरमा आउट हुँदा नेपालले १० रन जोडेको थियो। उनी हङकङका हसिब अमजादबाट बोल्ड भए। १.५ ओभरमा ज्ञानेन्द्र अमजादकै सिकार बने। दुई बल खेलेका उपकप्तान ज्ञानेन्द्रलाई अमजादले जमी एटकिन्सनको हातबाट क्याचआउट गराए। नेपाली ब्याट्सम्यानका लागि टाउको दुखाइ बनेका अमजादले चौथो ओभरमा कप्तान पारसलाई पनि एलबिडब्लु आउट गराए। लगातार महŒवपूर्ण विकेट गुमाएपछि दबाबमा खेलेको टोलीलाई अनुभवी वसन्त, शरदसहित सोमपाल र राजेशले उकासेका थिए। १९ बलमा खेलेका वसन्तले १०औं ओभरमा आउट हुनुअघि २ चौका प्रहार गरेका थिए। उनी अजाज खानको बलमा एट्किन्सनबाट क्याचआउट भए।

    १६ ओभरको सुरुआतमै राजेश पुलामी आक्रामक रूपमा प्रस्तुत भए। उनले लगातार दुई छक्का प्रहार गर्दै हङकङका बलरलाई कमजोर दबाबमा ल्याएका थिए। ३४ बल खेलेकाराजेश इरफान अहमदको बलमा हासिब अमजादबाट क्याचआउट भए। १७औं ओभरको पहिलो बलमै प्रदीप ऐरी पहिलो बलमै निजाकत खानको बलमा एलबिडब्लु आउट भए। १९औं ओभरमा शरद तनविर अफजलको बलमा नदिम अहमदबाट क्याचआउट भए। १९ओभरमा नेपाललेसर्वाधिक २२ रन बटुलेको थियो। अन्तिम ओभरमा सोमपाल गुमाएको नेपालले ५ रनमात्र बनायो। सोमपाल र शक्ति गौचन (२) लाई गुमाएको थियो। १२ बल खेलेका सोमपालले एक छक्का हानेका थिए। शरदले २४ बलमा २ चौका र एक छक्का हानेका थिए।

    म्यान अफ द म्याच हङकङका हसिबले ४ र इरफानले २ विकेट लिएका थिए।

    जवाफमा १ सय १० रनको लक्ष्य लिएर आएको हङकङका ओपनर इरफान अहमदलाई सोमपालकामीले दोस्रो ओभरमा बोल्ड गरेर उत्कृष्टसुरुआत गरे। तर निजाकत खानले दुई चौका एक छक्काको मद्धतमा २५, अंशुमन राथले १९, बाबर हायतले अविजित १७र अजिज खानले २ चौकाको मद्धतमा अविजित १४ रन बनाउँदै हङकङलाई सफलता दिलाए। वसन्त रेग्मीले ४ ओभरमा ४ विकेट लिए। उनले ४ ओभरमा १६ रन खर्चेका थिए।

    नेपालले अब शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग खेल्नेछ। बुधबारै पपुवाले प्रतियोगिताको दाबेदारका रूपमा हेरिएको आयरल्यान्डलाई २ विकेटले हराएको छ। जर्सीले हङकङमाथि ९ विकेटले जित पाएको थियो।

    भारतमा हुने विश्वकप छनोटका लागि दुई समुहमा ७–७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। समूहका शीर्ष टोली स्वतः छनोट हुनेछ। दोस्रो हुनेले अर्को समूहको तेस्रो हुने टोलीसँग प्लेअफ खेल्नुपर्नेछ। प्लेअफमा जित्ने विश्वकप छनोट हुन्छन् भने पराजित हुने दुई टोलीले समूहमा चौथो स्थान हासिल गर्ने टोलीसँग अर्को एक प्लेअफ खेल्ने अवसर पाउनेछ।

    No comments:

    Post a Comment

    समाजसेवामा रमाउने उप्रेती

      दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...