Tuesday, July 14, 2015

म्यानपावर ब्यवसायी र सरकारबीचको वार्ता सहमति नजिक


Singhdarbar earthquake (9) २९ असार/  झण्डै एकसातादेखि आन्दोलनरत म्यानपावर ब्यवसायीको मागप्रति सरकार सकारात्मक देखिएको छ । श्रम मन्त्रालयमा मंगलवार भएको वार्तामा विगतका कमजोरीहरुलाई सच्याउँदै अघि बढ्नेमा दुवै पक्ष सकारात्मक देखिएको वार्तामा सहभागी वैदेशिक रोजगार ब्यवसायीहरुले बताए ।
आन्दोलन र वार्तालाई सँगसँगै लैजाने निश्कर्षका साथ ब्यवसायीहरु सरकारले बोलाएको वार्तामा सहभागी भएका हुन् ।
ब्यवसायीहरु वार्तामा बस्नुअघि श्रमराज्यमन्त्री टेकबहादुर गुरुङसँग छलफल गरेका थिए । मन्त्रीसँगको अनौपचारिक छलफलपछि औपचारिकरुपमै सरकार र ब्यवसायीबीच वार्ता भएको हो ।
वार्तामा वैदेशिक रोजगार ब्यवसायको सम्बन्धमा तत्कालिन अवस्था प्रशासनिक सुधार तथा दीर्घकालिन अवस्थामा विभिन्न मुलुकसँग पहुँच विस्तार र बजार प्रवर्द्धन गर्नेबारे छलफल भएको वार्तामा सहभागी ब्यवसायी रोज ओभरसिजका सञ्चालक रामप्रसाद बन्तुनाले जानकारी दिए ।
विभिन्न मुलुकहरुसँग सरकारले एमओयू गर्नुपर्ने, ब्यवसायीहरुको तर्फबाट कामदारलाई आर्थिक भार पार्ने बायोमेट्रिक प्रणाली स्थगित गर्नुपर्ने, भिसा प्रोसेसिङका रकम लिने भीएलएन नेपाल तत्काल बन्द गर्नुपर्ने विषयमा सरकारसमक्ष राखिएको प्रस्तावमा सरकार सकारात्मक देखिएको पनि बन्तुनाले बताए ।
वर्तमान अवस्थामा देखिएका वैदेशिक रोजगार ब्यवसायका समस्या एक कमिटी बनाएर समाधान गर्ने विषयमा पनि वार्तामा छलफल भएको छ ।
श्रम मन्त्रालयमा जारी वार्तामा सरकारको तर्फबाट मन्त्री गुरुङसहित मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठ तथा आभावर्ण श्रेष्ठको सहभागिता छ । ब्यवसायीको तर्फबाट नेपाल वैदेशिक रोजगार ब्यवसायी संघ, वैदेशिक रोजगारसँग आवद्ध विभिन्न संगठनका प्रतिनिधि गरी एक दर्जन बढीको सहभागिता छ ।

No comments:

Post a Comment

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...