सरकारले आगामी आर्थिक बर्षको लागि ८ खर्ब १९ अर्ब रुपैयाँको बजेट मंगलबार प्रस्तुत गरिरहेका छन्। भूकम्प पछिको पुननिर्माणका साथै स्थानीय निकायको निर्वाचन केन्द्रित आगामी बर्षको बजेटको स्रोत भने विदेशी सहायता र विदेशी ऋणमा भर परेको छ।
सरकारले एक खर्ब १० अर्ब रुपैंया विदेशी सहायता र ९५ अर्ब विदेशी ऋणबाट
स्रोत जुटाउने लक्ष्य बजेटमा राखेको छ। सरकारी स्रोत मार्फत ६ खर्ब १४ अर्ब
रुपैंया संकलन गर्ने लक्ष्य बजेटमा समावेश छ। सरकारी स्रोतअन्तर्गत आगामी
बर्षको आन्तरिक ऋण, राजस्व र यो बर्ष खर्च गरेर बाँकी रहेको तथा उठाइएको
आन्तरिक ऋण पर्छ।
No comments:
Post a Comment