Friday, July 22, 2016

इब्राहिमोभिक ९ नम्बर जर्सीमा देखिने



 ७ श्रावण,  २०७३  /   स्वीडेनका चर्चित स्ट्राइकर जाल्टन इब्राहिमोभिक म्यानचेष्टर युनाइटेडको ९ नम्बर जर्सीमा देखा पर्ने भएका छन्। जाल्टन यही जुलाईमा साताको दुई लाख स्टर्लिङ पाउन्ड पारिश्रमिक पाउने सर्तमा एक वर्षको लागि अनुबन्धित भएका थिए। 


३४ वर्षीय यी अनुभवी स्ट्राइकरलाई गत सिजन फ्रान्सका एन्थोनी मार्सेलले पहिरेको जर्सी प्रदान गरिएको हो। एन्थोनीलाई क्लबका स्टार खेलाडी रायन गिग्सले लगाउँदै आइरहेको ११ नम्बरको जर्सी प्रदान गरिएको छ। गत सिजन त्यो जर्सी अदनान जानुजाजले लगाउने गर्थे। यसपालि अदनानलाई १५ नम्बरको जर्सी प्रदान गरिएको छ। डच मेम्फिस डिपेमाथि ठूलो भरोस देखाएका प्रशिक्षक जोजे माउरिन्होले ७ नम्बरको चर्चित जर्सी उनैको साथ राख्ने निर्णय गरेका छन्।

यस्तै, क्लबमा नयाँ अनुबन्धित आइभोरी कोष्टका डिफेन्डर इरिक बेलीलाई ३ र आर्मेनियाका आक्रामक मिडफिल्डर हेनरिक्स मक्सिटार्यानलाई २२ नम्बरको जर्सी प्रदान गरिएको छ। बाहिरी क्लबबाट आउन सक्ने सम्भावित खेलाडीका कारण जर्सी नम्बर २ र ६ को विषयमा अहिले निर्णय गरिएको छैन। म्यानचेष्टरले युभेन्ट्सका पाउल पोग्बाको अनुबन्धलाई लिएर अझै आशा छोडेको छैन।

अर्थमन्त्रीको माओवादीलाई प्रश्न 'अस्ती समर्थन गरिएको विषय आज बिरोधको लायक कसरी भयो ?'

७ श्रावण , २०७३ /  अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयकको पक्षमा रहेका दल र सांसदहरु अहिले त्यसको बिरोधमा उभिनु आश्चर्यको विषय भएको बताएका छन् । 


आर्थिक विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं पौडेलले माओवादी केन्द्रप्रति लक्षित गर्दै त्यसो भनेका हुन् । उनले भने बिरोध वा समर्थन अन्तरवस्तुका आधारमा हुन्छ । अस्ती समर्थन गरेको विधेयक आज कसरी बिरोध गर्ने लायक बन्न पुग्या  राजनीतिक समिकरण बदलिनसक्छ तर विधेयकका विषय त बदलिएको छैन नि।

संसद बैठक जारी, आर्थिक बिधेयकमा छलफल हुँदै



७ श्रावण , २०७३ /  सत्तापक्ष र प्रतिपक्षबीच संसदको कार्यसचूीका विषयमा सहमति जुटेपछि व्यवस्थापिका संसदको बैठक जारी ।


स‌ंसदको लेखा समितिका अध्यक्ष जनार्दन शर्मा समितिको प्रतिवेदन पेश । 

आर्थिक विधेयक  पेश ,छलफल जारी

कांग्रेस नेता प्रकाश शरण महत  र माओवादी नेता कृष्ण बहादुर महराद्धारा विधेयकको चर्को विरोध । 


आर्थिक विधेयकमा मतदानको तयारी, अविश्वासको प्रस्ताव पेश हुने


आर्थिक विधेयक फेलु गराउने विपक्षी रणनीति




संसद बैठक सुरु, आर्थिक बिधेयक पेश हुने



७ श्रावण , २०७३ /  सत्तापक्ष र प्रतिपक्षबीच संसदको कार्यसचूीका विषयमा सहमति जुटेपछि व्यवस्थापिका संसदको बैठक सुरु । 


सभामुखले बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाइन्। उक्त पत्रमा बिधेयक प्रमाणिकरण सम्बन्धी जानकारी थियो । माओवादी मन्त्रीहरुले राजीनामा दिएपछि भएका मन्त्रिपरिषद् हेरफेर सूचना पढेर सुनाइन् । 

स‌ंसदको लेखा समितिका अध्यक्ष जनार्दन शर्मा समितिको प्रतिवेदन पेश । 

सुन्य समय हटाइएको छ । 


संसद बैठक जारी, आर्थिक बिधेयकमा छलफल जारी

आर्थिक विधेयकमा मतदानको तयारी, अविश्वासको प्रस्ताव पेश हुने

आर्थिक विधेयक 'फेल' गराउने विपक्षी रणनीति


केसी र सरकारपक्षबीच दुई चरणको वार्ता सकिएपनि प्रगती हुन सकेन

७ श्रावण , २०७३  /    स्वास्थ्य सेवा र शिक्षामा सुधारको माग राख्दै १३ दिनदेखि आमरण अनसनमा बसेका प्रा.डा. गोविन्द केसी र सरकारपक्षबीच दुई चरणको वार्ता सकिएपनि प्रगती भने केही हुन सकेको छैन । आज १२ बजेदेखि बसेको दोस्रो वार्तापनि चार घण्टा चलिसक्दासम्म उपलब्धी मुलक हुन सकेको छैन । 


स्रोतका अनुसार विज्ञहरुसँग थप सल्लाह गर्ने भन्दै सरकारी पक्षको आग्रहमा केही समयलाई वार्ता स्थगित गरिएको छ । साँझ फेरि वार्ता हुने सम्भावना कायमै छ । डा. केसीले उठाएका अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने माग संसदको कार्यक्षेत्र भित्र पर्ने भएकाले सरकारी पक्ष त्यस बुँदामा छलफल गर्न चाहेको छैन । त्यस बाहेकका बुँदामा छलफल भएपनि निष्कर्ष भने केही नआएको वार्तामा सहभागी केसी पक्षका एकजना चिकित्सकले बताए ।  

कार्यसूचीको विवाद मिल्यो, आश्रित विधेयक र अविश्वास प्रस्ताव पेश हुँदै

 ७ श्रावण, २०७३ / बजेटसँग सम्वन्धित विधेयक र प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव आजै सदनमा छलफल शुरु गर्ने गरी प्रमुख दलहरुवीच संसदको गतिरोध अन्त्य गर्न सहमति भएको छ । 


केहिबेरमा बस्ने बैठकमा आश्रित विधेयकको टुङ्गो लागेपछि अविश्वास प्रस्तावमाथिको छलफल अघि बढाउने सहमति भएको हो । दुई पक्षले आफ्नो अडान नछाडेपछि दलहरुले एकैदिन आश्रित विधेयक र अविश्वास प्रस्ताव अघि बढाउने सहमति गरेका हुन् । माओवादीले भने आश्रित विधेयकको विपक्षमा मतदान गर्ने स्रोतको भनाई छ । यसअघि नयाँ गठबन्धन बनाएका नेपाली कंग्रेस र माओवादी केन्द्र तथा मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता नलिने निर्णय गरेका थिए । सिंहदरवारमा बसेको तीन पक्षको बैठकले कंग्रेस नेता रामचन्द्र पौडेलले अघि सारेको सहमतिको प्रस्ताव अस्वीकार गर्दै अविश्वास प्रस्ताव कायम राख्ने निर्णय गरेको हो । बैठकपछि कंग्रेस नेता विमलेन्द्र निधिले अविश्वास प्रस्ताव कुनै हालतमा फिर्ता नलिने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारले वीर अस्पतालको भवन बनाउन ७ सय रोपनी जग्गा उपलव्ध गराउने

७ श्रावण, २०७३ /  सरकारले वीर अस्पतालको आधुनिक भवन बनाउन भक्तपुरको दुवाकोटमा ७ सय रोपनी जग्गा उपलव्ध गराउने भएको छ । मन्त्रीपरिषद्को आजको बैठकले वीर अस्पताल नयाँ स्थानमा बनाउन जग्गा दिने निर्णय गरेको हो । 

त्यस्तै, मुस्ताङको लोमाथाङ्कामा रहेको युरेनियम खानीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो । मन्त्रीपरिषद्ले राष्ट्रिय अनुसन्धान नीति कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ । स्वदेशी विज्ञापन तथा टेलिभिजनलाई प्रोत्साहन गर्नका लागी विदेशी च्यानल र विज्ञापनलाई क्लिन फिडको नियम लगाउने निर्णय भएको मन्त्री राईले जानकारी दिनुभयो ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...