Tuesday, June 30, 2015

इन्डोनेसियाको एक सैनिक जहाज सुमात्रा द्वीपमा दुर्घटना

१५ असार, काठमाडौं/   इन्डोनेसियाको मेडान सहरबाट उडेको एक सैनिक जहाज सुमात्रा द्वीपमा दुर्घटना भएको छ । इन्डोनेसिया एयर फोर्सको हर्कुलस सी-१३० जहाज सुमात्रा द्वीपको मानव बस्तीमा दुर्घटना भएको हो ।
हताहतिको पूरा विवरण आएको छैन । तर स्थानीय रेडियोहरुले जहाज घरमाथि खसेको बताएका छन् । इन्डोनेसियन टेलिभिजनहरुले दुर्घटनापछि विमानमा आगो लागेको दृष्य देखाइरहेका छन् ।
एयरफोर्सका प्रवक्ताले मेडान एयरपोर्टबाट उडेको केही मिनेटमै जहाज दुर्घटनामा परेको र उद्धारकार्य जारी रहेको जानकारी दिएका छन् । अरु विस्तृत विवरण आइसकेको छैन ।
सामाजिक सन्जालहरुमा पोष्ट भएका विमान दुर्घटनाका तस्वीर हेर्नुस्-
An Hercules 1 An Hercules
An Hercules

उपत्यकाभित्र नयाँ ठूला स्वास्थ्य शिक्षण संस्था खोल्ने अनुमति नदिन सुझाव

Rss Images 1435581017218 KS-KTM-High Level Medical Education Committee Submits Report to the PMस्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलले आगामी दिनमा उपत्यकाभित्र नयाँ ठूला स्वास्थ्य शिक्षण संस्था खोल्ने अनुमति नदिन सुझाएको छ। त्यस्ता कलेज साना सहर तथा नयाँ बस्तीतर्फ केन्द्रित गर्न कार्यदलको सिफारिस छ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति डा. केदारभक्त माथेमा संयोजकत्वको उक्त कार्यदलले ६ महिनापछि सोमबार प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको प्रतिवेदनमा स्वास्थ्य शिक्षाबारे समग्र नीतिगत सुझाव दिइएको छ।


कार्यदलको प्रतिवेदनमा मेडिकल कलेजलाई सयभन्दा बढी सिट संख्या दिन नहुने र पूर्वाधारलगायत सर्त पूरा नगर्ने कलेजको सम्बन्धन खोस्न सकिने नीति लिनसमेत सुझाइएको छ। सहज आयआर्जन र व्यवस्थापनका कारण धेरै स्वास्थ्य शिक्षण संस्था (मेडिकल, नर्सिङ र अन्य सामान्य चिकित्सक कलेज, प्रतिष्ठान) हरु काठमाडौं केन्द्रित हुन पुगेको ठहर गर्दै प्रतिवेदनमा यसैकारण बाहिरी सहर तथा ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याषउन कठिन भएको निष्कर्षसमेत निकालिएको छ।

केन्द्रीकृत प्रवृत्तिले देशको सन्तुलित विकासमा बाधासमेत पुगेकाले अबउप्रान्त उपत्यकाभित्र नयाँ ठूला स्वास्थ्य शिक्षण संस्था नखोल्ने, बरु तिनलाई साना सहर र नयाँ बस्तीमा लैजान प्रोत्साहन गर्ने नीति प्रस्ताव गरिएको संयोजक डा. माथेमाले जानकारी दिए।

माथेमा कार्यदलको सिफारिससँगै सम्बन्धनको पर्खाईमा रहेका चार मेडिकल कलेजले उपत्यकाभित्र नयाँ सम्बन्धन पाउने सम्भावना लगभग सकिएको छ।

त्रिवि र काठमाडौंलगायत विश्वविद्यालयमार्फत विभिन्न मेडिकल कलेजलाई सम्बन्धननिम्ति दबाब बढेपछि वरिष्ठ चिकित्सक डा. गोविन्द केसी नीति नबन्दासम्म सम्बन्धन दिन नहुने माग राख्दै पटकपटक सत्याग्रहमा बसेका थिए। सोही आधारमा पछिल्लोपटक पुस १८ गते सरकारले माथेमा संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो।

Monday, June 29, 2015

प्रमुख राजनीतिक दलहरुबीच मतभेद चर्केपछि प्रारम्भीक मस्यौदा संविधानसभामा पेश हुन सकेन

प्रमुख राजनीतिक दलहरुबीच मतभेद चर्केपछि संविधान मस्यौदा समितिले
आफ्नो पूर्व निर्णय अनुसार संविधानको प्रारम्भीक मस्यौदा संविधानसभामा पेश हुन सकेन।
समितिको आइतबारको निर्णय अनुसार सोमबार ३ बजे बस्ने संविधानसभाको बैठकमा विभिन्न राजनीतिक दल र समिति सदस्यहरुले पेश गरेको फरकमत सहितको प्रतिवेदन संविधानसभामा पठाउने तयारी रहेको थियो।
त्यसका लागि समिति सभापति कृष्णप्रसाद सिटौला र समिति सचिवालयले मस्यौदामा मिलाउनु पर्ने विषय आइतबार रातभरिमा मिलाएर सोमबार सभाध्यक्षलाई हस्तान्तरण गरे लगत्तै अपरान्ह बस्ने संविधानसभा बैठकमा पेश गर्ने तयारी थियो।
तर समितिका सभापति सिटौलाले १६ बुँदे सहमतिसँगै आइतबार साँझसम्म बालुवाटारमा चार दलका नेताहरुबीच भएको सहमति विपरित मस्यौदाको प्रस्तावनादेखि विभिन्न विषयमा आफ्नै ढंगले संशोधन गरी प्रतिवेदन तयार पारेपछि एमाओवादी कांग्रेससँग विच्किएको थियो।
जसका कारण सोमबार बिहानैदेखि मस्यौदामा सहमति विपरित राखेका विषय हटाएर विगतको सहमति अनुसार प्रतिवेदन बनाउन एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सभाध्यक्ष र सिटौलासँग विरोध जनाएका थिए।
त्यसपछि अपरान्ह ३ बजेको बैठक सभाध्यक्षले सात बजेसम्मका लागि स्थगित गरी सहमति गर्न समय दिँदा पनि सहमति जुट्न नसकेपछि पुनः ९ बजेका लागि पर सारेका थिए। तर राति १२ बजेसम्म पनि सहमति जुट्न नसकेपछि चारदलका नेतासहित सभाध्यक्ष सहितको बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम नेपालका उपेन्द्र यादव, मालेका सिपी मैनाली लगायतका नेताहरु प्रवेश गरी कि तत्काल बैठक डाक्न कि स्थगित गर्न दबाब दिएपछि सभाध्यक्षले मस्यौदा पेशको सट्टा राप्रपा नेपालका पूर्व सभासद पद्मसुन्दर लावतीको निधनमा शोक प्रस्ताव पारित गर्ने निर्णय गर्न तयार भएका थिए।
त्यसपछि मस्यौदा तयारी गर्न बसेको बैठक स्थगित गरी नेताहरु राती १२:४०बजे संविधानसभाको बैठकमा शोक प्रस्ताव पारित गर्न उपस्थित भएका थिए।
लावतीको  निधनमा शोक प्रस्ताव पारित गरेपछि सभाध्यक्षले संविधानसभाको बैठक असार १५ गते २ बजेसम्का लागि स्थगित गरेका थिए।
बैठकबाट बाहिरिँदैं मस्यौदा समितिका सभापति सिटौलाले बैठकमा विभिन्न दलसम्बद्ध सभासद्ले आआफ्नै खालका धारणा प्रस्तुत गरेपछि विवादित विषयमा सहमति हुन नसकेको जानकारी दिए।
सिटौलाले धेरै फरक मत आएकाले समय लागेको प्रतिक्रिया दिए। ‘सबैका फरक मत छन्। ती सबै फरक मत कुन चै आधिकारिक हो हेर्नलाई मात्र पनि समय लाग्यो,’उनले भने, बाहिर हल्ला भएजस्तो केही समस्या नभएको बताए। ‘मस्यौदा बाहिर तयार भएर आएको छैन। कसरी विवाद भयो, तयार भएर आएपनि हेर्नुहोला अनि आरोप लगाउनु होला’
एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले भने बहुलवादलगायत राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत स्थान सुनिश्चित गर्ने आदि विषयमा सहमति भएको जिकिर गरिन्।
नेतृ भण्डारीले नागरिकताको बारेमा कुरा नमिलेको बताइन्। उनले भनिन्, ‘यसअघि आमा र बाबु राख्ने कुरा भएको थियो अब आमा वा बाबु राख्ने सहमति भएको छ।’
यस्तै हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य हुने सहमति भएको भण्डारीले बताइन्। संक्रमणकालिन अवस्थामा संवैधानिक निकायका पदाधिकारीहरूको पुनर्नियुक्तिबारे अझै कुरा नमिलेको उनले बताइन्।
एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले विष्णुप्रसाद पौडेल सभापति रहेको संविधानसभा निक्र्याेल समिति र डा बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमतिले दिएको प्रतिवेदनका बुँदाविपरीत मस्यौदा समितिमा विषयवस्तु प्रवेश गरेकाले दलबीच सहमति हुन नसकेको धारणा राखे।
यस्तै एमाओवादीका नेता नारयणकाजी श्रेष्ठले बहुदलीय संसदीय लोकतान्त्रिक संसदीय प्रणालीलाई हटाएर पूरानैमा जाने सहमति भएको बताए।
यस्तै  स्थानीय निकायको निर्वाचन ६ महिना भित्र गर्ने भनिएपनि मिति तोकेर होइन चाडोभन्दा चाडो गर्नुपर्छ भन्ने राखिएको जानकारी दिए।
दलबीच खासगरी बहुलवाद, नागरिकता, प्रदेशसभाको विघटन, स्थानीय निकायको निर्वाचन, परिवारिक सम्पत्ति, सुरक्षा परिषद्मा प्रधानसेनापतिको समावेश, राष्ट्रिय पार्टीको मान्यता पाउन आवश्यक निश्चित मत प्रतिशत (थ्रेस होल्ड), जिल्लाको संरचना कस्तो हुनेलगायत विषयमा सामान्य मतभेद रहेकाले विषयले निकास नपाएपछि प्रतिवेदन अघि बढ्न नसकेको हो । 
संविधान जारी भएपछि संवैधानिक निकायका पदाधिकारीको पुनःनियुक्ति गर्ने कि नगर्ने भन्ने विषयले पनि संविधानको मस्यौदालाई अन्तिम रुप दिन असजिलो पारेको बुझिएको छ । 
मस्यौदा कार्यदलमा सभापति कृष्णप्रसाद सिटौला, काँग्रेसका रमेश लेखक, एमालेका भीमबहादुर रावल र अग्निप्रसाद खरेल, एमाओवादीका गिरिराजमणि पोखरेल र रामनारायण बिंडारी हुनुहुन्छ । आज अपराह्न ३ बजेका लागि डाकिएको संविधानसभाको बैठक पटक पटक समय सर्दै राति १२ः४५ बजे मात्र सञ्चालन भएको थियो ।

Sunday, June 28, 2015

मन्त्रीलाई फिर्ता बोलाउने निर्णय पार्टीले नलिएको खनालको स्पष्ट

१४ असार/ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मन्त्रीलाई फिर्ता

बोलाउने निर्णय पार्टीले नलिएको स्पष्ट पारेका छन । आज साँझ खनालले अहिले मन्त्री फिर्ता बोलाउने निर्णय कल्पना भन्दा बाहिरको कुरा भएको बताएका छन् । पार्टी अध्यक्षले मन्त्रीलाई बोलाएर सल्लाह, सुझाव र निर्देशन दिन सक्ने भन्दै पूर्व अध्यक्ष समेत रहेका खनालले सोही विषयलाई लिएर मन्त्री फिर्ता बोलाउन लाग्यो भन्न नहुने बताए । उनले एमालेले मन्त्री फिर्ता बोलाउने निर्णय नलिएको र अहिले मन्त्री फिर्ता बोलाउने बेला पनि नभएको तर्क गरे ।

ब्राजिल कोपा अमेरिका फुटबलबाट बाहिरीयो

१३ असार/   ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वारफाइनलबाटै
बाहिरिएको छ । चिलीमा जारी प्रतियोगिता अन्तर्गत आज बिहान सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पराग्वेसँग टाइब्रेकरमा पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको हो । टाइब्रेकरमा पराग्वेले ४–३ ले विजयी भयो । प्रतिस्पर्धात्मक खेलमा निर्धारीत र अतिरीक्त समयमा समेत खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिनु परेको थियो । निर्धारीत समयको खेलमा अग्रता भने ब्राजिलले लिएको थियो । पहिलो हाफको १५ औ मिनेटमा रोविन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।
तर दोश्रो हाफको २६ औं मिनेटमा पराग्वेले पेनाल्टीको अवसर प्राप्त गर्यो । पेनाल्टीमा डेरलिस गोन्जालेजले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकर तर्फ धकेलिएको थियो । अब फाइनल प्रवेशका लागि पराग्वेले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

जापान र इङ्गल्याण्ड महिला विश्वकप फुटबलको सेमिफाइनल प्रवेश

१३ असार/   जापान र इङ्गल्याण्ड महिला विश्वकप फुटबल प्रतियोगिताको
सेमिफाइनल प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत आज विहान भएको खेलमा जापानले अष्ट्रेलियालाई १–० ले पराजित गर्यो । प्रतिष्पर्धात्मक खेलमा जापानका लागि खेल सकिन ३ मिनेट बाँकी छँदा वाबुचीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेलको ओमन अफ द म्याच जापनकी उसुजी घोषित भइन् । त्यस्तै इंग्ल्याण्डले पनि आजै भएको खेलमा आयोजक राष्ट्र क्यानडालाई २–१ ले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।  खेल सुरु भएको १४ मिनेटमानै २–० को अग्रता लिएको इग्ल्याण्डले त्यसपछि भने केहि कमजोर खेल प्रदर्शन गरेको थियो । पहिलो हाफको ११ औं मिनेटमा टेलरले गोल गर्दै इङलिस टोलीलाई अग्रता दिलाइन, पहिलो गोलको ३ मिनेट पनि बित्न नपाउँदै
ब्रोन्जले इग्ल्याण्डको अग्रता दोब्बर पारिन् । पहिलो हाफको ४२ औं मिनेटमा क्यानडाकी  सिन्क्लेयरले गोल गर्दै  इग्ल्याण्डसँगको गोल दूरी केही कम गरेपनि त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन्  । पराजय भएसँगै आयोजक क्यानडाको घरेलु मैदानमा उपाधि उचाल्ने सपना चकनाचुर भएको छ । ईंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि आगामी बुधबार  जापानको सामना गर्नेछ ।

नियमविपरीत दजगजामा निर्माण गरेको ‘बाँध जस्तो सडक’ले थुनिँदा बाँकेको नेपाली भू–भाग डुबानमा

१३ असार,बाँके/   भारतले अन्तराष्ट्रिय नियमविपरीत दजगजामा निर्माण
     आफूले बनाएको सडकले नेपाली भूमि डुबेपछि भारतले केही ठाउँमा सडकको ५० देखि सय मिटरको फरकमा ह्यूम पाइप र कलभर्ट निर्माण गरिदिएको थियो तर ह्यूम पाइप र कलभर्ट पानी बग्ने जमिनको सतह भन्दामाथि बनाएपछि प्रभावित क्षेत्रका स्थानीयले सुरुमै विरोध जनाएका थिए । अहिले तिनै कलभर्टबाट पानी सहज रुपमा बग्न सकेको छैन। पानी थुनिँदा नेपाली भूमि तालमा परिणत भएको छ । पानीले स्थानीयका घर चारैतिरबाट घेरेको छ । नेपाली भूमि डुबानमा परेपछि पुगेको नेपाल प्रहरीको अनुरोधमा भारतीय सीमा सुरक्षा बल एसएसबीले दुईवटा साना कर्ल्भटबाट पानीको निकास खोले पनि अझै सहज रुपमा पानी बग्न सकेको छैन । भारतीय सडकका कारण नेपाली भूमि डुब्दा पनि जिल्लास्थित जिम्मेवार सरकारी निकायका  कोही पनि त्यहा पुगेका छैनन्।
गरेको ‘बाँध जस्तो सडक’ले पानीको निकास थुनिँदा बाँकेको नेपाली भू–भाग डुबानमा परेको छ । नेपाली भूमिबाट बगेर जाने रतैया नालाको निकास सडकले थुन्दा जिल्लाको हिरिमिनिया र साइगाउँ डुबानमा परेका हुन्। हिरमिनिया–१ स्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका आधा दर्जन घर डुबानमा परेका छन्। अन्य थुप्रै घरहरु डुबानको उच्च जोखिममा रहेका छन्। वर्षा अझै नरोकिएकाले डुबानको खतरा झनै बढेको छ। हिरमिनियाका डुबानपीडित राधेश्याम मौर्यले शुक्रबार बिहानदेखि निरन्तर वर्षा भइरहेकाले सडकले पानी थुनिँदा गाउँ डुबेको बताए । ‘सडकले निकास थुनेपछि नेपालको पानी यतै रोकियो,’ उनले भने, ‘भारतले पानी निकासका लागि कलभर्ट बनाए पनि नाम मात्रका छन्।’ नेपालगन्ज लगायत क्षेत्रबाट बगेर जाने रतैया नालाले निकास नपाउँदा बढी डुबान भएको हो । भारतले दसगजा छेउमा विगत एक वर्षदेखि उक्त सडक निर्माण गरेको हो। गत वर्ष पनि सडकले पानीको निकास थुनेपछि राधेश्यामसहित गाउँका दर्जनौँ व्यक्तिका घर डुबाएको थियो।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...