Thursday, April 20, 2017

संघीय गठबन्धनका प्रदर्शनकारी र प्रहरीबीच दमकमा झडप


दमक  झापाको दमकमा प्रहरी र संघीय गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । संघीय गठबन्धनले स्थानीय तहको निर्वाचनको विरोधमा निकालेको लाठी जुलुसमा प्रहरीले लाठी खोस्न खोज्दा झडप भएको हो ।
दमक चोकबाट दिउँसो लाठी जुलुस निकाल्न लाग्दा प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेको थियो । तर सो क्रममा प्रहरी सफल हुन सकेन् । जुलुस अघि बढ्नेक्रममा सामान्य झडप भए पनि प्रहरी घेरा तोडेर प्रदर्शनकारीले जुलुस सुरु गरेका थिए । 


 जुलुस दमक नगरपालिकाको गेटमा कालो झण्डा राखेर बजार परिक्रमा गर्दै चोकतर्फ फर्कने क्रममा प्रहरीले पुनः पुशहाट नजिकै राजमार्गमा रोक्न खोजेको थियो । सोहिक्रममा पुनः झडप भयो । सो झडपमा गठबन्धनको आन्दोलनलाई दमकमा नेतृत्व गरिरहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको हातमा सामान्य चोट लागेको छ । 

झडपमा केही प्रहरी घाइते भएको जनाइएको छ । जुलुस पछि कोण सभालाई सम्बोधन गर्दै लिङ्देनले चुनव कुनैपनि हालतमा हुन नदिने भन्दै आन्दोलन थप सशक्त बनाउने बताएका छन् । उनले चार ठूला दललाई चुनाब गरेर देखाउन चुनौति समेत दिए ।  


२०७४,बैसाख ७

मधेसी मोर्चामा आवद्ध ६ दलबीच एकीकरण

मधेसी मोर्चामा आवद्ध ६ दलबीच आज एकीकरण भएको छ । राजधानीमा आज एक कार्यक्रमकाबीच महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झाको नेपाल सद्भावना पार्टीबीच एकीकरणको घोषणा गरिएको हो । 
 
शुरुमा ५ दलबीच एकीकरणको घोषणा भएपनि कार्यक्रमको अन्त्यतिर अनिल झा उपस्थित भएपछि नेपाल सद्भावना पार्टी पनि एकतामा सामेल भएको हो । कार्यक्रमकै बीच गएराती अबेर सम्पन्न मोर्चा आवद्ध शीर्ष नेताको बैठकले एकीकरणको प्रक्रियालाई अन्तिम रुप दिएपछि आज औपचारिक घोषणा भएको हो । कार्यक्रममा पार्टीको नाम, झण्डा, र चुनाव चिन्ह सार्वजनिक गरिएको छ । एकीकरणपछि पार्टीको नयाँ नाम राष्ट्रिय जनता पार्टी र चुनाव चिन्ह छाता राखिएको छ ।
 
 शीर्ष नेताहरुबीच भएको सहमति अनुसार पार्टीमा पालै पालो नेतृत्व गर्ने गरी ६ जनाको अध्यक्ष मण्डल बनाईएको छ । एकीकृत पार्टीको पहिलो अध्यक्ष तमलोपाका ठाकुरलाई बनाउने सहमति दलहरुबीच भएको छ । निर्वाचन आयोगमा दलको हालको हैसियत अनुसार अन्य नेताले पालैपालो अध्यक्षको जिम्मेवारी सम्हाल्ने सहमति भएको छ । 
 
 निर्वाचन अघि नै पार्टी एकीकरण गर्ने पहलस्वरुप संघीय समाजवादी फोरम बाहेकका मोर्चा आवद्ध दलहरुले गएराती अबेरसम्म छलफल गरेका थिए । पार्टीका भ्रातृसंगठनमा पनि केन्द्रीय पदाधिकारीकै संरचनाअनुसार संगठन बनाईने र एकता घोषणाको १ वर्षभित्र राष्ट्रिय महाधिवेशन गरिने बताइएको छ । 
 
 
२०७४, वैशाख ७


स्थानीय तहको चुनावलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनको कोसेढुंगाको रूपमा रहेको स्थानीय तहको चुनावलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । 
 
आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाबारे संसदको आजको बैठकलाई जानकारी गराउँदै गृहमन्त्री निधिले स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न निर्वाचन अगाडी र पछि पनि पूर्ण रूपमा सुरक्षा प्रदान गरिने बताउनुभयो ।
 
 प्रमुख प्रतिपक्षी एमालेले सप्तरी लगायत तराईका बिभिन्न जिल्लामा शान्ति सुरक्षा कमजोर रहेको भन्दै संसदको ध्यानाकर्षण गराएपछि सभामुख ओनसरी घर्तीले निर्वाचनसम्बन्धमा सरकारको तयारी र सुरक्षा व्यवस्थाबारे संसदलाई जानकारी दिन गृहमन्त्री निधिलाई रुलिङ गर्नुभएको थियो ।
 
 मुलुक निर्वाचनतर्फ उन्मुख भईरहेको अवस्थामा प्रहरी प्रशासनलाई सक्रिय बनाएको भन्दै मन्त्री निधिले सरकार आफ्नो दायित्वप्रति कटिवद्ध रहेको उल्लेख गर्नुभयो । मन्त्री निधिले मुलुकका विभिन्न स्थानमा भएका आगलागीका पीडितलाई राहतका लागि २ करोड १८ लाख रकम निकास गरिएको जानकारी पनि संसदलाई गराउनुभएको छ ।
 
 यसैबीच, संसद बैठक आगामी १० गतेसम्मका लागि स्थगित भएको छ । सरकारले बिभिन्न विधेयक प्रस्तुत गर्नेक्रममा गणपुरक संख्या नपुगेपछि बैठक आगामी आइतवार अपरान्ह तीन बजेसम्मका लागि स्थगित भएको हो ।
 
२०७४, वैशाख ७


निर्वाचनसम्बन्धी सूचना प्रभावकारी रूपमा जनतासमक्ष पुर्‍याउन सभामुखको आग्रह

सभामुख ओनसरी घर्तीले स्थानीय तह निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी रूपमा जनतासमक्ष पुर्‍याउन सञ्चारकर्मी तथा सञ्चार गृहलाई आग्रह गर्नुभएको छ । 
 
‘लोकतन्त्रको आधार : सूचनाको अधिकार’ भन्ने नाराका साथ ललितपुरमा आज सुरु सूचनाको हकको प्रभावकारी प्रचलनका लागि आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सभामुख घर्तीले निर्वाचनमा सबै नागरिकलाई सहभागि गराउन निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी रुपमा प्रवाह गर्न आग्रह गर्नुभएको हो । 
 
 संवैधानिक व्यवस्थाका अतिरिक्त राज्यका काम कारबाही लोकतान्त्रिक पद्धतिअनुरूप खुल्ला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउने, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आमनागरिकको पहुँचलाई सहज बनाउने उद्देश्यले सूचनाको हकसम्बन्धी ऐन व्यवस्थापिका–संसद् मार्फत पारित गरी लागू गरेको सभामुख घर्तीको भनाई छ । 
 
सूचना आयोगले आयोजना गरेको सो सम्मेलनमा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले सूचना सहजै रूपमा सार्वजनिक गरे पनि तल्लो निकायले सूचना सार्वजनिक गर्न आनाकानी गर्दै आएको आरोप लगाउनुभयो ।
 
 नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले सूचनाको हकसम्बन्धी ऐन पत्रकारका लागि मात्र नभएर समग्र जनताका लागि भएको भन्दै त्यसको प्रयोग गरी सूचना लिनुपर्नेमा जोड दिनुभयो । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै आजै सकिनेछ ।
 
२०७४, वैशाख ७
 
 
 


निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने

मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ । निगमले गत चैत २५ गते अमेरिकी विमान कम्पनीसँग २१ अर्ब ९० करोडमा दुईवटा वाईड बडी जहाज’ खरिदका लागि सम्झौता गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले युरोपियन सङ्घलाई नेपालमा जग्गा खरिदका लागि अनुमति दिने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए ।  बैठकले महोत्तरीको बर्दिवास नगरपालिकास्थित मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लाग्ने जग्गा रजिस्ट्रेसन शुल्क मिनाहा गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले महिला बालबालिका दिवा सेवा स्याहार केन्द्रको म्याद थप गर्ने, खेलकुद मन्त्रीको विदेश भ्रमण स्वीकृति गर्ने, सेनाका प्रधानसेनापतिसहितको भ्रमण दललाई अमेरिका भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । विभिन्न ठाउँका वनको रुख काट्न अनुमति दिने, शिक्षा मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा आधारित प्रणाली लागू गर्ने निर्णय समेत बैठकले गरेको मन्त्री शर्माले जानकारी दिए ।

बैठकले नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जामा संग्रहालय र पार्क बनाउने तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थल रामेछापमा पार्क निर्माण गर्ने निर्णय गरेको छ ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफ्नो मन्त्रालयको प्रस्तावअनुसार तत्कालका लागि ती दुई स्थानमा पार्कको काम अघि बढाउन रु ५०/५० लाख छुट्याउने निर्णय मन्त्रिपरिषद्‌बाट भएको जानकारी दिए । रासस

२०७४, वैशाख ७ 


Friday, April 14, 2017

सदा शिक्षामा ब्रिटिस प्रशिक्षक आउने

दमक   झापाको दमक ११ मा रहेको सदा शिक्षा निकेतनमा यसै नयाँ शैक्षिक शत्र देखी ब्रिटिस प्रशिक्षक आउने भएका छन् । विद्यालयले आयोजना गरेको बार्षिक परीक्षाफल प्रकाशित कार्यक्रममा सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक सन्तोष दाहालले यस्तो जानकारी दिनु भयो ।
udgam sada
वहाँले आँफ्नो चाहाना विद्यार्थीहरुलाई विश्व स्तरको शिक्षा दिने भएकाले आगामी जेठ महिना देखी दुई जना व्रिटिस प्रशिक्षकले विद्यालयमा प्रशिक्षण दिने बातावरण मिलाएको बताउनु भयो । वहाँले विगतमा पनि विद्यालयले अन्तराष्ट्रिय स्तरको फेन्सी ड्रेस कम्पिटिसन गरेको र त्यसमा विद्यालयका विद्यार्थीहरु उत्कृष्ट भएको जनकारी दिनुभयो । विद्यालयले यसै शैक्षिक शत्र देखी मार्शल आर्ट, गायन, नृत्य लगायत विधाका थप कक्षा समेत सन्चालन गर्ने पनि वहाँले बताउनु भयो ।
कार्यक्रमा विद्यालयले विभिन्न विधामा प्रथम द्धितिय र तृतिय हुने विद्यार्थीका साथै सहभागी सबैलाई मेडल तथा प्रमाणपत्र वितरण समेत गरेको थियो । विद्यालयले स्थापना काल देखीनै सिसि टिभीको माध्यमबाट कक्षा कोठाको निगारी गर्ने पद्यति अपनाएको छ । कार्यक्रममा अभिभावकको तर्फबाट रुद्र खतिवडा र संचारकर्मी उत्तम रिजालले मन्तब्य राख्नु भएको थियो ।

२०७४, बैसाख १

आजदेखि उपत्यकामा सवारी हर्न निषेध

सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ । अनावश्यक हर्न निषेधित क्षेत्रका रुपमा काठमाडौंलाई स्थापित गर्ने रणनीति अनुरुप सरकारले आजदेखि हर्न बजाउन निषेध गरेको हो । नियमको कार्यान्वयनसंगै अनावश्यक ध्वनि नियन्त्रण हुने आशा गरिएको छ ।
no-horn-sign-board
काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी सवारीले हर्न बजाउन नपाउने काठमाडौं महानगरपालिकाले जनाएको छ । नियम विपरित हर्न बजाएमा सवारीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी र यातायात वयवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने महानगरपालिकाले जनाएको छ । यद्यपी यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकल लगायत आकस्मिक रुपमा चल्ने सवारीका हकमा लागु हुनेछैन ।
horn ..
२०७४, वैशाख १

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...