Thursday, April 20, 2017

स्थानीय तहको चुनावलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनको कोसेढुंगाको रूपमा रहेको स्थानीय तहको चुनावलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । 
 
आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाबारे संसदको आजको बैठकलाई जानकारी गराउँदै गृहमन्त्री निधिले स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न निर्वाचन अगाडी र पछि पनि पूर्ण रूपमा सुरक्षा प्रदान गरिने बताउनुभयो ।
 
 प्रमुख प्रतिपक्षी एमालेले सप्तरी लगायत तराईका बिभिन्न जिल्लामा शान्ति सुरक्षा कमजोर रहेको भन्दै संसदको ध्यानाकर्षण गराएपछि सभामुख ओनसरी घर्तीले निर्वाचनसम्बन्धमा सरकारको तयारी र सुरक्षा व्यवस्थाबारे संसदलाई जानकारी दिन गृहमन्त्री निधिलाई रुलिङ गर्नुभएको थियो ।
 
 मुलुक निर्वाचनतर्फ उन्मुख भईरहेको अवस्थामा प्रहरी प्रशासनलाई सक्रिय बनाएको भन्दै मन्त्री निधिले सरकार आफ्नो दायित्वप्रति कटिवद्ध रहेको उल्लेख गर्नुभयो । मन्त्री निधिले मुलुकका विभिन्न स्थानमा भएका आगलागीका पीडितलाई राहतका लागि २ करोड १८ लाख रकम निकास गरिएको जानकारी पनि संसदलाई गराउनुभएको छ ।
 
 यसैबीच, संसद बैठक आगामी १० गतेसम्मका लागि स्थगित भएको छ । सरकारले बिभिन्न विधेयक प्रस्तुत गर्नेक्रममा गणपुरक संख्या नपुगेपछि बैठक आगामी आइतवार अपरान्ह तीन बजेसम्मका लागि स्थगित भएको हो ।
 
२०७४, वैशाख ७


निर्वाचनसम्बन्धी सूचना प्रभावकारी रूपमा जनतासमक्ष पुर्‍याउन सभामुखको आग्रह

सभामुख ओनसरी घर्तीले स्थानीय तह निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी रूपमा जनतासमक्ष पुर्‍याउन सञ्चारकर्मी तथा सञ्चार गृहलाई आग्रह गर्नुभएको छ । 
 
‘लोकतन्त्रको आधार : सूचनाको अधिकार’ भन्ने नाराका साथ ललितपुरमा आज सुरु सूचनाको हकको प्रभावकारी प्रचलनका लागि आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सभामुख घर्तीले निर्वाचनमा सबै नागरिकलाई सहभागि गराउन निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी रुपमा प्रवाह गर्न आग्रह गर्नुभएको हो । 
 
 संवैधानिक व्यवस्थाका अतिरिक्त राज्यका काम कारबाही लोकतान्त्रिक पद्धतिअनुरूप खुल्ला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउने, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आमनागरिकको पहुँचलाई सहज बनाउने उद्देश्यले सूचनाको हकसम्बन्धी ऐन व्यवस्थापिका–संसद् मार्फत पारित गरी लागू गरेको सभामुख घर्तीको भनाई छ । 
 
सूचना आयोगले आयोजना गरेको सो सम्मेलनमा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले सूचना सहजै रूपमा सार्वजनिक गरे पनि तल्लो निकायले सूचना सार्वजनिक गर्न आनाकानी गर्दै आएको आरोप लगाउनुभयो ।
 
 नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले सूचनाको हकसम्बन्धी ऐन पत्रकारका लागि मात्र नभएर समग्र जनताका लागि भएको भन्दै त्यसको प्रयोग गरी सूचना लिनुपर्नेमा जोड दिनुभयो । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै आजै सकिनेछ ।
 
२०७४, वैशाख ७
 
 
 


निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने

मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ । निगमले गत चैत २५ गते अमेरिकी विमान कम्पनीसँग २१ अर्ब ९० करोडमा दुईवटा वाईड बडी जहाज’ खरिदका लागि सम्झौता गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले युरोपियन सङ्घलाई नेपालमा जग्गा खरिदका लागि अनुमति दिने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए ।  बैठकले महोत्तरीको बर्दिवास नगरपालिकास्थित मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लाग्ने जग्गा रजिस्ट्रेसन शुल्क मिनाहा गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले महिला बालबालिका दिवा सेवा स्याहार केन्द्रको म्याद थप गर्ने, खेलकुद मन्त्रीको विदेश भ्रमण स्वीकृति गर्ने, सेनाका प्रधानसेनापतिसहितको भ्रमण दललाई अमेरिका भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । विभिन्न ठाउँका वनको रुख काट्न अनुमति दिने, शिक्षा मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा आधारित प्रणाली लागू गर्ने निर्णय समेत बैठकले गरेको मन्त्री शर्माले जानकारी दिए ।

बैठकले नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जामा संग्रहालय र पार्क बनाउने तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थल रामेछापमा पार्क निर्माण गर्ने निर्णय गरेको छ ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफ्नो मन्त्रालयको प्रस्तावअनुसार तत्कालका लागि ती दुई स्थानमा पार्कको काम अघि बढाउन रु ५०/५० लाख छुट्याउने निर्णय मन्त्रिपरिषद्‌बाट भएको जानकारी दिए । रासस

२०७४, वैशाख ७ 


Friday, April 14, 2017

सदा शिक्षामा ब्रिटिस प्रशिक्षक आउने

दमक   झापाको दमक ११ मा रहेको सदा शिक्षा निकेतनमा यसै नयाँ शैक्षिक शत्र देखी ब्रिटिस प्रशिक्षक आउने भएका छन् । विद्यालयले आयोजना गरेको बार्षिक परीक्षाफल प्रकाशित कार्यक्रममा सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक सन्तोष दाहालले यस्तो जानकारी दिनु भयो ।
udgam sada
वहाँले आँफ्नो चाहाना विद्यार्थीहरुलाई विश्व स्तरको शिक्षा दिने भएकाले आगामी जेठ महिना देखी दुई जना व्रिटिस प्रशिक्षकले विद्यालयमा प्रशिक्षण दिने बातावरण मिलाएको बताउनु भयो । वहाँले विगतमा पनि विद्यालयले अन्तराष्ट्रिय स्तरको फेन्सी ड्रेस कम्पिटिसन गरेको र त्यसमा विद्यालयका विद्यार्थीहरु उत्कृष्ट भएको जनकारी दिनुभयो । विद्यालयले यसै शैक्षिक शत्र देखी मार्शल आर्ट, गायन, नृत्य लगायत विधाका थप कक्षा समेत सन्चालन गर्ने पनि वहाँले बताउनु भयो ।
कार्यक्रमा विद्यालयले विभिन्न विधामा प्रथम द्धितिय र तृतिय हुने विद्यार्थीका साथै सहभागी सबैलाई मेडल तथा प्रमाणपत्र वितरण समेत गरेको थियो । विद्यालयले स्थापना काल देखीनै सिसि टिभीको माध्यमबाट कक्षा कोठाको निगारी गर्ने पद्यति अपनाएको छ । कार्यक्रममा अभिभावकको तर्फबाट रुद्र खतिवडा र संचारकर्मी उत्तम रिजालले मन्तब्य राख्नु भएको थियो ।

२०७४, बैसाख १

आजदेखि उपत्यकामा सवारी हर्न निषेध

सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ । अनावश्यक हर्न निषेधित क्षेत्रका रुपमा काठमाडौंलाई स्थापित गर्ने रणनीति अनुरुप सरकारले आजदेखि हर्न बजाउन निषेध गरेको हो । नियमको कार्यान्वयनसंगै अनावश्यक ध्वनि नियन्त्रण हुने आशा गरिएको छ ।
no-horn-sign-board
काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी सवारीले हर्न बजाउन नपाउने काठमाडौं महानगरपालिकाले जनाएको छ । नियम विपरित हर्न बजाएमा सवारीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी र यातायात वयवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने महानगरपालिकाले जनाएको छ । यद्यपी यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकल लगायत आकस्मिक रुपमा चल्ने सवारीका हकमा लागु हुनेछैन ।
horn ..
२०७४, वैशाख १

आजबाट नयाँ वर्ष २०७४ साल प्रारम्भ

नयाँ वर्ष २०७४ साल आजबाट प्रारम्भ भएको छ । नयाँ वर्षको पहिलो दिन स्वदेश तथा विदेशमा रहेका नेपालीबीच शुभकामना आदानप्रदान गरी हर्षोउल्लासका साथ मनाइँदैछ ।
happy-new-year-2074
गएराती मुलुकभर विभिन्न कार्यक्रम गरी नयाँ बर्षको स्वागत गरिएको छ । नयाँ वर्षको पुर्व सन्ध्यामा काठमाडौ, पोखरा, चितवन लगायत मुलुकका मुख्य मुख्य पर्यटकीय स्थलमा आन्तरीक पर्यटकको घुइँचो लागेको छ । आजका दिन गत वर्ष गरेका कामको मुल्याङकन गरी सफलता प्राप्त गर्न नयाँ योजना बनाउने परम्परा समेत रहेको छ । नयाँ वर्षको अवसरमा मीठोमीठो खाने, साथीभाई तथा आफन्त सँग भेटघाट गरी एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ ।
 
नयाँ वर्षको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताले शुमकामना दिँदै संविधानको सफल कार्यान्वयनमा जोड दिएका छन् । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको आगमनसँगै मुलुकमा नयाँ सोच, शैली र गन्तव्य सहित अघि बढ्नुपर्ने बेला भएको भन्दै वर्ष सुखद् र उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको शुभकामना सन्देशमा नयाँ वर्षले मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराउने विश्वास व्यक्त गर्नुभएको छ ।
 
संविधानको सफल कार्यान्वयन गर्ने दिशामा यो वर्ष महत्वपूर्ण जिम्मेवारी आएको प्रधानमन्त्रीको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली लगायतले नयाँ वर्षको शुभकामना दिँदै स्थानिय निर्वाचनमा सहभागि हुन अपिल गरेका छन् ।

२०७४ , वैशाख १

मुसहर समुदायका लागि निर्माण भएको एकीकृत नमुना बस्ती हस्तान्तरण

महोत्तरीको बर्दिबास २ मा मुसहर समुदायका लागि निर्माण भएको एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ ।  सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउन्डेशनले बनाएको ५३ वटा भवन आज एक समारोहकाबीच हस्तान्तरण गरिएको हो ।
musahar basti
हस्तान्तरण कार्यक्रममा मुख्य सचिव सोमलाल सुवेदी, महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कलाकार धुर्मुस, सुन्तलीका बुबा आमा लगायतको उपस्थितिमा भएको छ । फाउन्डेशनले ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर निर्माण गरेको छ । बस्तीका तीनवटा घर भने गैर मुसहरका लागि उपलब्ध गराइएको छ । फाउन्डेशनका अनुसार एक घर बनाउन करिब ८ लाख खर्च भएको छ ।

मानवता र सद्भावका लागि सहकार्यअन्तर्गत दलित समुदायका लागि नमुना बस्ती बनाइएको हो । बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि टयांकीसहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान गरिएको छ । बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, एउटा बाल उद्यान, बस्ती अवलोकनका लागि भ्यू टाबर निर्माण गरिएको छ । हरेक घर अगाडी बगैचा तयार गरिएको छ । बगैचामा अशोकका बिरुवा रोपिएका छन् । यसले बस्तीलाई हरियाली र वातावरणमैत्री बनाउनेछ ।


२०७४, वैशाख १

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...