निर्वाचन आयोगमा धर्ना दिन गएका बेला पक्राउ परेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई रिहा हुनुभएको छ । प्रहरीले
केहीबेरअघि भट्टराई सहित पक्राउ परेका सांसद गंगा चौधरी, क्रान्तिकारी
माओवादीका नेता सिपी गजुरेल, पुर्व–गृह राज्यमन्त्री रिजवान अन्सारी,
हिसिला यमी, परशुराम तामाङ लगायतलाई रिहा गरेको हो ।
रिहा भएलगत्तै
पत्रकार सम्मेलन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले हिरासतमा
आफुहरुमाथि दुव्र्यवहार भएको बताउनुभयो । सो क्रममा उहाँले लोकतन्त्रका
लागि लामो समय संघर्ष गरेपनि त्यसको अनुभुति गर्न नपाएको बताउनुभयो । चुनाव
चिन्ह नपाएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने भट्टराईको भनाई थियो ।
पक्राउ
गर्नुको कारणबारे प्रश्न गर्दै चुनाव चिन्ह नपाएसम्म बाहिर नजाने अडान
राखेपछि आफूहरुलाई प्रहरीले लछारपछार पारेको सांसद गंगा चौधरीले बताउनुभयो ।
त्यसअघि भट्टराईसहितका नेताले रिहा हुन अस्वीकार गर्दै हिरासतमै धर्ना
दिएका थिए ।
निर्वाचन आयोगको कार्यालय अगाडी धर्ना दिने क्रममा
पुर्व–प्रधानमन्त्री भट्टराई सहितका नेता कार्यकर्तालाई प्रहरीले
नियन्त्रणमा लिएर पुलिस क्लवमा राखेको थियो । यस्तै, पुलिस क्लव बाहिर
नाराबाजी गरिरहेका भट्टराई तथा पक्राउ परेका अन्य नेता आवद्ध दलका
समर्थकमाथि भने प्रहरीले लाठी चार्ज गर्दा केही घाइते भएका छन् ।
त्यसअघि,
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र क्रान्तिकारी माओवादीका
अध्यक्ष मोहन वैद्य हिरासतमा रहेकालाई भेट्न पुलिस क्लब पुग्नुभएको थियो ।
नयाँ शक्ति लगायतका पार्टीले स्थानीय तह निर्वाचनमा चुनाव चिन्ह माग गर्दै
आज निर्वाचन आयोगको कार्यालय घेराउ कार्यक्रम राखेका थिए ।
निर्वाचन
आयोगमा विधिवत दर्ता भएका पार्टीलाई चिन्ह नदिइएपछि ती दलले यसअघि
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई
ज्ञापनपत्र समेत बुझाएका थिए । उनीहरुले भोली ७५ वटै जिल्लाका निर्वाचन
कार्यालय अगाडी धर्ना दिने बताएका छन् ।
२० चैत्र, २०७३