Saturday, November 7, 2015

तिहारमा फूलको अभाव नहुने

भारतबाट फूल आपूर्ति नभएपनि यसवर्ष तिहारमा फूलको अभाव


नहुने भएको छ । बजारमा फूलको माग नै कम भएकाले आन्तरिक उत्पादनले नै माग धान्ने फ्लोरिकल्चर एशोसियसन नेपालले छ ।
एशोसियसनका अध्यक्ष लोकनाथ गैरेले आन्तरिक उत्पादन नै पर्याप्त रहेका कारण तिहारमा अभावको अवस्था नहाउने बताए । भारतबाट पनि निकै थोरै परिमाणमा फूल आउने भएको छ ।
‘बैशाखको भूकम्पपछि घटेको फूलको माग अझै पुरानो अवस्थामा फर्केको छैन । दसैंमा पनि अघिल्लो वर्षजति फूल खपत भएन,’ गैरेले भने- ‘तिहारमा पनि पहिलेका वर्षमा जत्तिकै माग हुँदैन । त्यसैले आन्तरिक उत्पादनले नै बजारको माग थेग्छ ।’

नाकाबन्दीका कारण हरेक क्षेत्रमा भएको मूल्यवृद्धिका कारण अधिकांश उपभोक्ता फूलमा धेरै खर्च गर्ने मानसिकतामा देखिएका छैनन् । अघिल्ला तिहारमा धेरै फूल किन्ने उपभोक्ता पनि यसवर्षको बजारको असहज परिस्थतिका कारण सोखका सामग्रीमा खर्च गर्ने स्थितिमा नदेखिएको गैरेको पनि अनुभव छ ।
अघिल्ला वर्षहरुमा तिहारमा भारतबाट २ लाख सयपत्रीका माला नेपाल भित्रिने गरेको थियो । बजारका फूल पसलहरुबाट ४ लाख माला खपत हुने गरेको थियो । तर, यसवर्ष मागमा निकै कटौति हुने देखिएको छ ।
यसवर्ष कात्तिक अन्तिममा तिहार परेकाले अधिकांश स्थानमा सयपत्री, गोदावरी र मखमली फूल फूलिसकेको छ । त्यसैले मागअनुसार बजारमा फूलको आपूर्ति हुने फ्लोरिकल्चर एशोसियसनले जनाएको छ ।
तर, तेल अभावले फूलको ढुवानीमा किसानले समस्या भानेगिरहेका छन् । गाउँमा उत्पादित फूल बजार ल्याउन कृषकलाई गाडीको समस्या भएको छ । ‘मूल्यको विषयमा भने अहिले नै भन्न सकिँदैन । फूल धेरै खपत हुने दिन आपूर्ति कसरी हुन्छ भन्ने कुरमामा निर्भर हुन्छ,’ अध्यक्ष गैरेले भने-‘तेलको अभावका कारण गाउँ-गाउँका फूल ढुवानी गरेर बजारमा लाउन समस्या पर्न सक्छ । त्यसो भएमा आपूर्ति घट्दा मूल्य बढ्न सक्छ ।’

बजारमा फूलको आपूर्तिका आधारमा कुनै स्थानमा सस्तो भएको फूल अन्य ठाउँमा महंगो पनि पर्न सक्ने उनले बताए । 

बिहार चुनावमा मोदीलाई धक्का, नीतिश-लालु गठवन्धनलाई बहुमतको संकेत

२२ कात्तिक काठमाडौं / भारतको बिहार विधानसभा चुनावको मत गणना चलिरहेको छ । र, प्रारम्भिक मत परिणाम अनुसार भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलो धक्का खाने संकेत देखिएको छ ।
Bihar
नीतिशकुमार र लालु यादवको महागठवन्धनले १२५ सिटमा अग्रता लिएको छ । यहि अग्रता अन्तिमसम्म कायम रहे बिहारमा उनीहरुकै सरकार बन्नेछ । २४३ सिट भएको विधानसभामा सरकार बनाउन १२२ भए पुग्छ ।
बिजेपी गठवन्धन भने ९९ सिटमा अगाडी छ । सुरुवातमा बिजेपीले अग्रता लिएको थियो । प्रारम्भिक मतगणनामा अग्रता लिएसँगै बीजेपीका कार्यकर्ताले खुसीयाली मनाउन सुरु गरिसकेका थिए ।
तर, यो धेरैबेर टिकेन । तर, अहिले महागठवन्धन अगाडि गएको छ । र, उनीहरुका कार्यकर्ताले खुसीयाली मनाउन थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मतगणनाअघि भारतमा धेरैजसो ‘एक्जिट पोल’ले सत्तारुढ भाजपा गठबन्धनले बहुमत ल्याउने आँकलन गरेका थिए । केही सर्वेक्षणले चाँहि नीतिश-लालु गठबन्धनले बहुमत पाउने देखाएका छन् ।
बिहारमा १२ अक्टोबरकाट सुरु भएको पाँच चरणको चुनाव ५ नोभेम्बरमा सकिएको थियो । यो चुनावमा लामलुप्रसाद यादवका दुई भाइ छोरा समेत सहभागी छन् । महा दलित नेता जितन राम माझी दुईवटा सीटमा लडेका छन् ।
बिहारमा ६ करोड ६८ लाख अर्थात् ५६.८० प्रतिशतले मतदानमा भाग लिएका छन् । २७२ महिलासहित ३४ सय ५० उम्मेद्वार उठेका छन् ।
सम्पूर्ण क्षेत्रमा विद्युतीय मतदान भएकाले मतगणना केही घण्टामै सम्पन्न हुने छ ।

पेट्रोलियम पदार्थ लिन सत्ताइस ट्याङ्कर केरुङमा


२२ कार्तिक / चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ लिन पुगेको थप नेपाली ट्याङ्कर आज फर्किदैछन् । हिजो तिब्बतको केरुङ पुगेका ट्याङकर आज तेल भरेर फर्किने आयल निगमले जनाएको छ । नेपाल आयल निगमका २७ वटा ट्याङकर तेल लिन गएका छन् । केरुङ गएका ३४ खाली ट्याङ्करमध्ये सातवटाले पेट्रोलियम पदार्थ बोकी हिजो काठमाण्डु आएको र आज बाँकी ट्याङ्कर पेट्रोलियम पदार्थ भरेर आउने नेपाल आयलन निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । भारतीय नाकाबाट भने तेल आउने क्रम अवरुद्ध भएको छ । भारतले गप कडाई गरेपनि केहीदिन यता मालवाह गाडी मात्रै केही रुपमा आएका छन् ।

बिराट पेट्रोलियम पछि हट्यो, इन्धन आपूर्ति नगर्ने घोषणा,निगमसँगकाे सम्झाैता खारेज




२२ कात्तिक, काठमाडौं विराट पेट्रोलियमले नेपाल आयल निगमसँग भएको सम्झौता एकपक्षीय रुपमा खारेज गरेको छ। बिराटले एक विज्ञप्ति जारीगरी नेपाल आयल निगमसँग भएको सम्झौता खारेज गरेको जनाएको हो। विराटलाई इन्धन आपूर्ति ठेक्का र त्यसबापत २० करोड रुपैयाँ अग्रिम भुक्तानी दिने नेपाल आयल निगमको निर्णय बारे व्यवस्थापिका संसदका दुई बेग्ला बेग्लै समितिले छानविन अघि बढाएपछि विराटले सम्झौता एकपक्षीय रुपमा तोडेको हो। तर विराटले भने निगमबाट लिएको अग्रिम रकम शतप्रतिशत बैंक ग्यारेन्टीमा भएकाले त्यसबाट आयल निगम सुरक्षित रहेको दाबी गरेको छ। आफ्नो मनशाय स्पष्ट हुँदाहुँदै पनि देशमा भएको इन्धनको चरम अभावलाई कम गर्नलागि गरिएको कार्मलाई बद्नियतपुर्ण तरिकाले विरोधाभाष बनाइ सो काम गर्न नदिएको दाबी गरेको छ।  इन्धन आपूर्तिका लागि नेपाल आयल निगमले दिएको अनुमति विवादित बनेपछि बिराट पेट्रोलियम पछि हटेको छ । 
इन्धन ल्याउन बिराटलाई दिने र त्यस वापत २० करोड अगि्रम भुत्तानी दिने आयल निगमको निर्णय विवादित बनेको थियो । यसबारे संसदीय समितिले समेत छानविन थालिसकेको छ ।
आयल निगमको निर्णय विवादित बनेपछि बिराट पेट्रोलियमले सम्झौता भंग गरेको घोषणा गरेको छ । सार्वजनिक सूचना निकालेर उसले भनेको छ-हामी आयल निगमसँग भएको सम्झौता खारेज गरी यो कार्यबाट अलग भएका छौं ।’
संसदीय समितिले नै छानविन थालेपछि आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले नै बिराटलाई एकतर्फी रुपमा सम्झौता खारेज गर्न दबाव दिएको स्रोतले जनाएको छ ।
डिजेल प्रतिलिटर १ सय ७८ र पेट्रोल १ सय ९९ रुपैयाँमा दिने गरी बिराट पेट्रोलियमले गरेको प्रस्ताव कार्यकारी निर्देशक खड्काको दबावमा स्विकृत भएपछि विवाद चर्किएको थियो । खड्कामाथि अनियमित रुपमा बिराटलाई इन्धन आपूर्तिको अनुमति दिएको आरोप लाग्दै आएको छ ।
उनले संसदीय समितिमा नै उपस्थित भएर अभावका बेला कानून मिचेर भएपनि तेल ल्याउने बताएका थिए ।
बिराट पेट्रोलियमको घोषणापछि इन्धन आपूर्तिको घसम्झौता तोडिने आयल निगमका अधिकारीहरु बताउँछन् । तर, बिराट पेट्रोलियमले आफ्नै च्यानलबाट इन्धन आपूर्ति गर्ने प्रयास भने जारी रहने बताएको छ ।  

विराट पेट्रोले जारी गरेको विज्ञप्ति
birat petrolium

नेपाल र पाकिस्तान भिड्दै

२२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय टोलीले टेस्ट वरियतामा दोस्रो स्थानमा रहेको मुलुक पाकिस्तानको टोलीसँग आज प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानको राष्ट्रिय टोलीबाट खेल्दै आएका अनुभवि क्रिकेटरहरुसित भिड्ने यो मौका नेपालका लागि अभुतपूर्व हो ।

Nepal-and-Pakistanसंयुक्त अरब इमरेट्सको आवधावीस्थित शेख जायद रंगशालामा ५० ओभरको खेल सुरु हुँदैछ । ईंग्ल्याण्डसितको टेस्ट तथा एकदिवसीय श्रृंखलाका लागि पाकिस्तानी टोली यूएईमा छ । तीन म्याचको टेस्ट श्रृंखला पाकिस्तानले २-० ले कब्जा गरेको थियो । चार म्याचको एक दिवसीय श्रृंखला बुधबारदेखि सुरु हुनेछ ।
टेस्ट र एकदिवसीय श्रृंखलाको बीचमा नेपालले पाकिस्तानी टोलीसँग भिड्ने अवसर पाएको हो । यस म्याचलाई पाकिस्तानले ईंग्ल्याण्डसितको एकदिवसीयका लागि र नेपालले विश्व क्रिकेट लिगका लागि अभ्यास खेलका रुपमा लिएका छन् ।
एशियन क्रिकेट काउन्सिलले एशोसियट्स राष्ट्र नेपालका लागि टेस्ट वरियताको शक्तिशाली टिमविरुद्ध खेल्ने मौका जुराइदिएको हो ।
पाकिस्तानको राष्ट्रिय टिम नभनिए तापनि ईंग्ल्याण्डसितको श्रृंखलाका लागि टोलीमा परेका खेलाडीहरुले नै नेपालविरुद्ध खेल्नेछन् । पाकिस्तानको टोलीमा रहेका १६ सदस्यमध्ये अन्तिम ११ मा को-को हुन्छन् भन्ने चाहिँ खेल अघि मात्रै थाहा हुनेछ ।
आबुधावीको पिच विशेषगरी स्पिनरहरुलाई मद्दत गर्ने भएकाले नेपालले बलिङमा राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ । बसन्त रेग्मी र शक्ति गौचन नेपालका मुख्य हतियारका रुपमा रहने छन् । विश्व वरियताको दोस्रो स्थानमा रहेका पाकिस्तानी स्पिनर यासिर शाहलाई नेपाली ब्याट्सम्यानहरुले कसरी सामना गर्छन् भन्ने हेर्नलायक हुनेछ ।

नेपालका खेलाडी

महबुब आलम, बिक्रम सोब, नरेश बुढाऐर, महेश क्षेत्री, शक्ति गौचन, इरशाद अहमद, करण केसी, पारस खड्का, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, बसन्त रेग्मी, सागर पुन, सोमपाल कामी, सरद भेषवाकर

पाकिस्तानी खेलाडी

अहमद सेहजाद, अनवर अलि, अजहर अलि, बबर आजम, बिलाल आसिफ, मोहम्मद हाफिज, मोहम्मद इरफान, मोहम्मद रिजवान, राहत अलि, सरफराज अहमद, सोएब मलिक, वाहब रियाज, यासिर शाह, युनिस खन, जाफर गोहर, अमेर यामिन


एमाओवादीसँग एकता गर्ने वैद्य माओवादीको जोड


२२ कात्तिक, काठमाडौं /  मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले

एकीकृत नेकपा माओवादीसँगको एकतामा मुख्य जोड दिएको छ ।
पष्चबलआइतबार परि थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकतापछि एमाओवादीसँगै एकता गरी अघि बढ्नुपर्नेमा अधिकांश नेताहरुले जोड दिएका छन् ।
वैद्य माओवादीको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा बोल्ने अधिकांशले नेकपा एकीकृतसँगको एकतापछि माओविचार मान्ने पार्टीहरुसँगको एकतालाई पनि मूर्तरुप दिनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा सूर्य सुवेदी, मायाप्रसाद शर्मा, शावित्री काफ्ले, दिनेश शर्मा, दीलिप प्रजापति, मौसम लिम्बु, महेश्वर दाहाल लगायतले एमाओवादीलगायत माओविचार मान्ने दलहरुसँगको एकता प्रक्रियालाई मूर्त रुप दिन नेतृत्वलाई सुझाव दिएको बैठकमा सहभागी एक नेताले बताए ।
नेकपा एकीकृतसँगको एकता प्रक्रिया शुरु भइसकेकाले यतिमा मात्रै रोकिन नहुनेमा उनीहरुको जोड थियो ।

नेकपा एकीकृतसँगको एकता अधिवेशन आज


नेकपा-माओवादी र नेकपा एकीकृतको संयुक्त अधिवेशन 
आजदेखि शुरु हुने भएको छ । एकता अधिवेशनको तयारीका लागि शनिवार पोलिटब्युरो बैठक बसेको थियो । पोलिटब्युरो बैठकमा पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी केन्द्र वा नेकपा माओवादी एकीकृत राख्ने भन्नेबारे छलफल भए पनि निश्कर्ष ननिस्किएको माओवादीले जनाएको छ ।

संयोजक तय गरी आयोजक समिति बन्ने


नेकपा-माओवादीले संयुक्त एकता अधिवेशनबाट दुवै पार्टी केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाउने भएको छ ।
महाधिवेन आयोज समितिका लागि एकजना संयोजक तय गरी अरु महाधिवेशन आयोजक समिति बनाउने दुई पार्टीबीच छलफल भएको छ ।
१५१ सदस्यीय केन्द्रीय समिति रहेको नेकपा-माओवादीमा नेत्रविक्रम चन्द ‘विप्लव’ विभाजित भएपछि बैकल्पिक केन्द्रीय सदस्यलाई पनि बढुवा गर्दै १ सय २५ सदस्य केन्द्रीय समिति बनाइएको छ । एक पदीय संरचना रहेको नेकपा एकीकृतमा भने २९ सदस्य केन्द्रीय समिति छन् । दुबै पार्टीका केन्द्रीय सदस्य गाभेर १ सय ५४ सदस्य केन्द्रीय सदस्य बन्नेछ ।

संसद चल्न नदिने मधेसी मोर्चाको रणनीति

२२ कात्तिक, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले संसद पनि चल्न नदिने रणनीति बनाएको छ । प्रधानमन्त्री, सभामुख र राष्ट्रपति निर्वाचनपछि व्यवस्थापिका संसदको बैठक आइतबार विहान ११ बजे बोलाइएको छ । बैठकमा मधेसी मोर्चामा आवद्ध चार दलका सभासदहरु पनि सहभागी हुने भएका छन् ।

संविधान घोषणाका क्रममा बाहिरिएको मधेसी मोर्चा प्रधानमन्त्री निर्वाचनमा संसदमा फर्किएको थियो । तर, त्यसपछिका चुनावमा भाग लिएन । मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी पार्टीका संसदीय दलका नेता अशोक राईले सडक र सदनमा संघर्ष गर्ने आफूहरुको नीति भएको अनलाइनखबरलाई बताए । सदन अवरुद्ध हुन सक्ने संकेत गर्दै उनले भने(अधिकारका लागि हामी सडकमा संघर्षरत छौं । अब सदनलाई पनि प्रयोग गर्छौं ।’मोर्चामा आवद्ध तमसपाका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोली सदस्य रामेश्वर रायले पनि सडकमा आन्दोलन गरिरहेकाले सदनमा पनि गर्ने बताए । यद्यपि आइतबारको बैठकमा नै अवरुद्ध गर्ने नगर्नेबारे मोर्चाका नेताहरुले प्रष्ट पारेका छैनन् । राईले भने(‘हामी मधेस आन्दोलनबारे आफ्ना कुरा राख्छौं । सरकार र सदनको मुड हेर्छौ र त्यही निर्णय हुन्छ ।’

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि मधेसको समस्या समाधानका लागि एमाले नेतृत्वको सरकारलाई दबाव दिने तयारी गरेको छ । उसले आफ्नो नेतृत्वको अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक ल्याउन दबाव दिने तयारी गरेको छ । 

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...